अमेरिकी राष्ट्रपति बाइडेनले संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्ने
आर्थिक परिवेश संवाददाताअमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी साता न्युयोर्कमा हुने संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्ने भएका छन् । वाइडेनले विश्वका अन्य नेतासँग अन्तर्राष्ट्रिय सुरक्षा ‘खतरा’बारे छलफल गर्ने ह्वाइट हाउसले जनाएको छ । संयुक्त राष्ट्रसङ्घको बैठकमा दुई दिने बसाइको पहिलो दिन सेप्टेम्बर १९ मा बाइडेनले महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको प्रेस सचिव करिन ज्याँ पियरेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उनले अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाका लागि खतराको सामना गर्न, विश्वव्यापी समृद्धिलाई अगाडि बढाउन र मानव अधिकारको रक्षा गर्न सहयोगका लागि विश्वका नेताहरूसँग पनि भेटवार्ता गर्ने बताए । गत वर्ष संयुक्त राष्ट्रसङ्घको महासभामा बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ‘निर्लज्जतापूर्वक’ संयुक्त राष्ट्रसङ्घको बडापत्रको उल्लङ्घन…
दोहोरो अंकले घट्यो सेयर बजार सुचक, १९१ कम्पनीको सेयर मूल्यमा गिरावट
काठमाडौ, २६ भदौ २०८० ।मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले घटेको छ । आइतबार र सोमबार गरी ५४ अंकले बढेको नेप्से आज १९.४२ अंकले घटेर १ हजार ९ सय ६७ ५७ बिन्दुमा बन्द भएको हो । आज २७६ कम्पनीको सेयर किनबेच हुँदा एक अर्ब १३ करोड ५० लाख ५७ हजार ५ सय १५.५१ रुपैयाँको कारोबार भएको छ । कुल १९१ कम्पनीको सेयर मूल्यमा कमी आउँदा ३३ कम्पनीको सेयर मुल्य बढेको छ भने ४ कम्पनीको सेयर भाउ स्थिर रहेको छ । आज शुभम पावरको सेयर मुल्य सर्वाधिक ९.९९ प्रतिशतले बढेको छ । त्यस्तै सामलिङ पावर लिमिटेडको शेयर मूल्य ७.५८ प्रतिशतले बढेको छ । आज…
एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन
काठमाडौ, २६ भदौ २०८० ।नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएको छ । हृदयघात भएपछि उनलाई राति पौने २ बजे त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पुर्याइएको थियो । अस्पतालमा पुर्याउने वित्तिकै चिकित्सकह?ले नेम्वाङको निधन भएको घोषणा गरेका थिए । संविधानसभा अध्यक्ष रहेका नेम्वाङ २०५६ सालयता इलामबाट लगातार चुनाव जितेर सांसद रहँदै आएका थिए । उनी हाल नेकपा एमाले संसदीय दलको उपनेता समेत थिए । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, एमाले अध्यक्ष केपी शर्मा ओली अहिले त्रिवि शिक्षण अस्पताल पुगेका छन ।
आयोग उपाध्यक्ष श्रेष्ठ र युएनएफपिए नेपाल प्रतिनिधिबीच भेटवार्ता
काठमाडौं, २५ भदौ २०८० ।राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ र संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (युएनएफपिए)को नेपाल प्रतिनिधि वोन योङ होङबीच भेटवार्ता भएको छ । सोमबार सिंहदरबारस्थित राष्ट्रिय योजना आयोगको कार्यालयमा उपाध्यक्ष डा. श्रेष्ठ र योङ होङबीच भेटवार्ता भएको हो । नेपाल प्रतिनिधि होङले राष्ट्रि योजना आयोगले बनाइरहेको १६ औँ योजनाको विषयमा चासो राखेकी थिइन । साथै यौन तथा प्रजनन स्वास्थ्य अधिकारको सुधारमा नेपाल सरकारले गर्ने प्रयासमा युएनएफपिएको सहयोग रहने बताइन् । उपाध्यक्ष श्रेष्ठले युएनएफपिएले हालसम्म पुर्याउदै आएको सहयोगको लागि धन्यबाद दिदै आगामी दिनमा पनि निरन्तर सहकार्य हुने बताए । होङले संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषका नेपाल प्रतिनिधिको जिम्मेवारी जुलाई ११, २०२२ देखि सम्हालेकी…
प्रधानमन्त्रीको निर्देशनसँगै डेडिकेटेड तथा ट्रंकलाइन बक्यौता विवाद तत्काललाई मत्थर
काठमाडौं, २५ भदौ २०८० ।डेडिकेटेड तथा ट्रंकलाइनको विवाद तत्कालको लागि मथ्थर भएको छ । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड फिडरमार्फत विद्युत उपभोग गरेर महशुल नतिरेको भन्दै तत्काल बक्यौता बुझाउन ताकेता गरेपछि ब्युतिएको विवाद प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनसँगै मत्थर हुने देखिएको हो । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालसहितको टोलीसँगको भेटमा प्रधानमन्त्री पुष्पकमल दाहालले समस्याको निक्र्योल नभएसम्म तत्कालका लागि लाइन नकाट्न प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई निर्देशन दिएका छन् । तिर्नु नपर्ने पैसा पनि विद्युत प्राधिकरणले माग गरिरहेको र अर्बौ रुपैयाँ बक्यौता देखाएर रकम नतिरे लाइन काटिदिने चेतावनी दिएको भन्दै उद्योगी व्यवसायीहरुले सोमबार प्रधानमन्त्रीलाई भेटेर गुनासो पोखेका थिए । उद्योगी व्यवसायीहरुको गुनासो सुनेपछि प्रधानमन्त्री…

