तीजको दिन पशुपतिमा ५ लाखले गरे दर्शन, १५ वर्षपछि पूर्वी ढोका खुल्दा दर्शनमा सहज
आर्थिक परिवेश संवाददाता

नेपाली नारीको महान् पर्व तीजका अवसरमा पशुपतिनाथ मन्दिरमा करिब पाँच लाख दर्शनार्थीले दर्शन, एवं पूजा आराधना गरेका छन् । बेलुकी ७ बजेसम्म करिब पाँच लाख भक्तजनले पशुपतिनाथ मन्दिरमा दर्शन गरेको कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले जानकारी दिए । पशुपति क्षेत्रमै आउने भक्तजन भने अझै बढी थिए । आएका धेरै भक्तजनले भने लाम बस्नुपर्ने भएकाले मूल मन्दिरभित्र प्रवेश नगरी परिसरबाटै गजुरको दर्शन गरेर फर्किएका छन् । बेलुकी आरती चलिरहेका बेला पनि पशुपति क्षेत्रमा भक्तजनको उत्तिकै भीड रहेको उनले सुनाए । भाद्र शुक्ल तृतीयका दिनमा आज देवादिदेव महादेवको पूजा आराधना गरी महिलाले हरितालिका (तीज) पर्व मनाएका हुन् । पर्वका अवसरमा आज…

ट्रकको ठक्करबाट प्रहरी सहायक निरीक्षकको मृत्यु
उदयपुर, २७ भदौ २०८० ।

उदयपुरमा बुधबार ट्रकको ठक्करबाट प्रहरी सहायक निरीक्षक श्रीकुमार बस्नेतको मृत्यु भएको छ । चौदण्डीगढी नगरपालिका–९ स्थित मदन भण्डारी लोकमार्ग खण्डको ज्यामिरेमा बुधबार दिउँसो १ः३० बजे बेलका नगरपालिका–२ भागलपुर प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक बस्नेतको ट्रकको ठक्करबाट मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार प्रहरी सहायक निरीक्षक बस्नेत जिल्ला प्रहरी कार्यालयको प्रत्येक महिनामा हुने नियमित छलफलमा भाग लिई आफ्नो प्रहरी चौकी भागलपुरतर्फ फर्किँदै थिए । सोही क्रममा चौदण्डीको बेल्टारबाट आउँदै गरेको ना ४ख ६१८३ नम्बरको ट्रकले उनी सवार मोटरसाइकललाई ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट गम्भीर घाइते बस्नेतलाई उपचारका लागि तत्काल जिल्ला अस्पताल उदयपुर ल्याइएको थियो। तर उपचार…

एभरेष्ट बैंकको लाभांश घोषणा
काठमाडौं, २७ भदौ २०८० ।

एभरेष्ट बैंकले लाभांश घोषणा गरेको छ । बैंकको भदौ २७ गते बुधबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट २०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत गरि १०.५३ प्रतिशत नगद गरि कुल २०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंक सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लाभांश लगानीकर्तामा वितरण हुनेछ ।

नेप्से सुचक ३९ अंकले बढ्यो
काठमाडौं, २७ भदौ २०८० ।

यस साताको अन्तिम तथा चौथो कारोबार दिन बुधबार सेयर बजार परिसुचक नेप्से सुचक बढेको छ । साताको शरुवाती दिन आइतबार र सोमबार गरी ५४ अंकले बढेको नेप्से मंगलबार १९ अंकले घटेको थियो । आज नेप्से सुचक ३९।.अंकले बढेर २ हजार २.०६ को बिन्दुमा बन्द भएको हो । आज २७५ कम्पनीको सेयर किनबेच हुँदा एक अर्ब ४९ करोड ५५ लाख २१ हजार ९ सय ५।७७ रुपैयाँको कारोबार भएको छ । आज सर्वाधिक कारोबार हुनेमा एनआईसी एसिया बैंक लिमिटेड रहेको छ । कम्पनीको ७ करोड ९३ लाख रुपैयाँ बढीको सेयर किनबेच भएको हो । त्यस्तै सोल्टी होटलको ६ करोड ७० लाख रुपैयाँ…

राजकीय सम्मान सहित सुवास नेम्वाङको अन्त्येष्टि, बिहीबार सार्वजनिक बिदा
काठमाडौं, २६ भदौ २०८० ।

संविधानसभा अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवाचन्द्र नेम्वाङको अन्त्येष्टि भदौ २८ गते बिहीबार हुने भएको छ । एमालेले एक विज्ञप्ति जारी गर्दै नेम्वाङको अन्त्येष्टि बिहीबार गर्ने निर्णय गरेको छ । सरकारले उनको अन्त्येष्टिका दिन सार्वजनिक बिदा दिने निर्णय गरिसकेको छ । गृह मन्त्रालयले नेम्वाङको अन्त्येष्टि बिहीबार गरिने भन्दै सो दिन सबै सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास तथा नियोगमा सार्वजनिक बिदा हुने जनाएको छ । सो दिन सरकारी कार्यालयमा राष्ट्रिय झण्डा आधार झुकाउने निर्णय पनि सरकारले गरेको छ । नेम्वाङको पशुपति आर्यघाटमा राजकीय सम्मान सहित अन्त्येष्टि गरिनेछ । नेम्वाङका दुई छोरा हाल विदेशमा रहेको छन् । पारिवारिक स्रोतका अनुसार बुधबार बेलुकीसम्म…