राष्ट्रपतिबाट संविधान दिवसका अवसरमा ६७० जना कैदीको कैद माफी मिनाहा
काठमाडौं, ३ असोज २०८० ।

राष्ट्रपति रामचन्द्र पौडेलबाट संविधान दिवसका अवसरमा मन्त्रिपरिषद्को सिफारिसमा कूल ६ सय ७० जना कैदीको भुक्तान हुन बाँकी कैद माफी मिनाहा भएको छ । उनले फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन र कारागार नियमावली, सर्वोच्च अदातलको रिट र ज्येष्ठ नागरिक ऐनका आधारमा उक्त कैदीको भुक्तान हुन बाँकी कैद माफी मिनाहा गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को गत भदौ २९ गतेको बैठकको सिफारिसअनुसार यही असोज ३ गतेदेखि लागू हुनेगरी माफी मिनाहा गर्नुभएको राष्ट्रपति कार्यालयले जारी विज्ञप्तिमा जनाइएको छ ।

आयोग उपाध्यक्षसँग यूएनडिआरआर एशिया प्रमुखको शिष्टाचार भेटवार्ता
काठमाडौं, २ असोज २०८० ।

राष्ट्रिय योजना आयोगका मा. उपाध्यक्ष मीनबहादुर श्रेष्ठसँग संयुक्त राष्ट्रसंघीय विपद् जोखिम न्यूनीकरण कार्यालय, एशिया प्यासिफिक क्षेत्रीय प्रतिनिधि (United Nations office for Disater Risk Reduction, Regional office for asia pacific) मार्को टोस्कानो रिभाल्टाले शिष्टाचार भेटवार्ता गरेका छन् । मंगलबार सिंहदरबार स्थित आयोगको कार्यालयमा उपाध्यक्ष श्रेष्ठसँग क्षेत्रीय प्रतिनिधि मार्कोले शिष्टाचार भेटवार्ता गरेका हुन् । भेटमा विपद् जोखिम न्युनिकरण गर्न अपनाउनु पर्ने संरचनात्मक तथा विधिगत उपायका विषयमा छलफल भएको थियो । उपाध्यक्ष श्रेष्ठले विपद् जोखिम न्युनिकरणमा निकै अघि बढेको बताए । भेटमा संयुक्त राष्ट्र संघको नेपाल स्थित आवासीय संयोजक हान्ना सिंगर हेम्डीको समेत उपस्थिति थियो ।

सेयर बजार दोहोरो अंकले बढ्यो, हाइड्रोमा लगानीकर्ताको आकर्षण
काठमाडौं, २ असोज २०८० ।

मंगलबार शेयर बजार परिसुचक नेप्से दोहोरो अंकले बढेको छ । आज नेप्से सुचक १६.२४ अंकको वृद्धिपछि नेप्से १९८५.४३ अंकमा कायम भएको छ । कारोबार रकम भने १ अर्ब १७ करोड ६६ लाख ८० हजार पुगेको छ । यसअघि सोमबार ८७ करोड ४ लाख र आइतबार २ अर्ब २ करोडको कारोबार भएको थियो । कुल १८२ कम्पनीको मूल्य बढ्दा ३६ को घट्यो भने १० कम्पनीको स्थिर रहृयो । आज शुभम पावरको शेयर मुल्य १० प्रतिशतले बढेको छ । त्यस्तै थ्रीस्टार हाइड्रो, मेन्छियम हाइड्रो, बलेफी हाइड्रो, अभियान लघुवित्त वित्तीय संस्था, पिपुल्स हाइड्रोपावर र राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनको मूल्य ९ प्रतिशतभन्दा बढीले…

संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री ‘प्रचण्ड’को सम्बोधन
काठमाडौं, २ असोज २०८० ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गरेका छन् । संयुक्त राष्ट्र संघको मुख्यालय न्यूयोर्कमा सञ्चालन भइरहेको सन् २०२३ को एसडीजी शिखर सम्मेलनमा विश्वका अतिकम विकसित देशहरुको समूहका अध्यक्ष नेपालका प्रधानमन्त्री ‘प्रचण्ड’ले सम्बोधन गरेका हुन् । नेपाली समयअनुसार सोमबार राति सम्बोधन गर्दै प्रचण्डले  दिगो विकासका लक्ष्यहरु हासिल गर्न र लिस्ट डिभलप्ड कन्ट्रीहरुको उत्थानका लागि विकसित मुलुकहरुले प्रतिवद्धता जनाए अनुसारको साथ र सहयोग गर्नुपर्ने बताए । प्रधानमन्त्री प्रचण्डले कोभिड १९ महामारी, जलवायु परिवर्तन र भूराजनीतिक तनावजस्ता विश्वव्यापी सङ्कटहरूले अतिकम विकसित देशहरुको प्रगतिलाई थप जोखिममा धकेलिरहेको उल्लेख गर्दै यसबाट उम्कन सहयोगको जरुरी रहेको बताए ।

हाथवेको आईपीओ मंगलबार बाँडफाँट हुने
काठमाडौं, १ असोज २०८० ।

हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले निष्कासन गरेको आईपीओ मंगलबार बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार असोज २ गते बिहान ९ बजे शेयर बाँडफाँड हुनेछ । कम्पनीले भदौ २१ देखि भदौ २५ गतेसम्म सर्वसाधारणलाई सर्वसाधारणलाई २४ लाख २७ हजार ७ सय ५० कित्ता शेयर निष्काशन गरेको थियो । प्रति कित्ता शेयर मूल्य ५० रुपैयाँ रहेको कम्पनीको आईपीओमा आवेदन दिंदा न्युनतम २० कित्ता र अधिकतम १ लाख कित्ताको लागि आवेदन दिनु पर्ने व्यवस्था थियो । शेयर बाँडफाँड हुँदा पनि न्युनतम २० कित्ताको दरले नै बाँडफाँड हुनेछ । कम्पनीले यस अघि नै वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन…