हाथवेको आईपीओ मंगलबार बाँडफाँट हुने

काठमाडौं, १ असोज २०८० ।

हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले निष्कासन गरेको आईपीओ मंगलबार बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार असोज २ गते बिहान ९ बजे शेयर बाँडफाँड हुनेछ ।

कम्पनीले भदौ २१ देखि भदौ २५ गतेसम्म सर्वसाधारणलाई सर्वसाधारणलाई २४ लाख २७ हजार ७ सय ५० कित्ता शेयर निष्काशन गरेको थियो । प्रति कित्ता शेयर मूल्य ५० रुपैयाँ रहेको कम्पनीको आईपीओमा आवेदन दिंदा न्युनतम २० कित्ता र अधिकतम १ लाख कित्ताको लागि आवेदन दिनु पर्ने व्यवस्था थियो । शेयर बाँडफाँड हुँदा पनि न्युनतम २० कित्ताको दरले नै बाँडफाँड हुनेछ ।

कम्पनीले यस अघि नै वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरि बाँडफाँड समेत गरिसकेको छ ।

कम्पनीले आफ्नो कुल पुंजीको १२.५० प्रतिशत शेयर सर्वसाधारणमा निष्काशन गरेको हो । कम्पनीको जारी पुंजी १ अर्ब १७ करोड रहेको छ । आईपीओ निष्काशनपछि कम्पनी चुक्ता पुंजी १ अर्ब १७ करोड पुग्ने छ ।

मा प्रकाशित