सरकार र शिक्षक बीचको वार्ता निष्कर्श बिहिन
काठमाडौं, ३ असोज २०८० ।

सरकार र शिक्षक महासंघबीचको वार्ता निष्कर्षविहीन भएको छ । बिहीबार साँझ सिंहदरबारस्थित गृह मन्त्रालय भएको सरकार र महासंघबीचको वार्ता कुनै टुँगोमा पुग्न नसकेको हो । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै कानूमन्त्री धनराज गुरुङले दुई पक्षबीचको वार्तामा सकारात्मक छलफल भएको बताए । उनले शिक्षकहरुका मागको बारेमा भोलि शुक्रबार बिहान फेरि बैठक बसेर सहमित जुटाउने बताए । सहमित जुटाएर सहजरुपमा सामुदायिक विद्यालयमा पठनपाठन शुचारु हुने उनको भनाई छ । यता, नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष विष्णु प्रसाद भण्डारीले बैठकमा सामान्य छलफल भएको बताए । उनले आन्दोलन जारी रहने जानकारी दिए ।

सेयर बजारमा उत्साह, ४४ अंकले बजार बढ्दा सबा ३ अर्बको कारोबार
काठमाडौं, ४ असोज २०८० ।

साताको अन्तिम दिन बिहिबार शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ । आज नेप्से सूचक ४४.३४ अंकले बढेर २ हजार २९.७८ को बिन्दुमा पुगेर बन्द भएको छ । आज कारोबारमा आएका २७८ कम्पनीका १ करोड १२ लाख ६४ हजार ३ सय ९ कित्ता खरिदा बिक्रीबाट ३ अर्ब २९ करोड ३९ लाखको कारोबार भएको छ । आज सन नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक २० करोड १८ लाखको कारोबार भएको छ भने सिटिजन्स लाइफ इन्स्योरेन्सको १३ करोड ९६ लाख, तथा शिवम सिमेन्टको १० करोड ५२ लाखको कारोबार भएको छ ।

आज संविधान दिवस, विविध कार्यक्रम गरी मनाइँदै
काठमाडौं, ३ असोज २०८० ।

संविधानसभाबाट संविधान जारी भएको ८ वर्ष पूरा भएको छ । संविधान जारी भएको अवसरमा आज विविध कार्यक्रम गरी संविधान दिवस मनाइँदैछ । आज देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, सङ्घसंस्थालगायतले विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाउँदैछन् । दिवसका अवसरमा बुधबार संविधान दिवस मूल समारोह समितिले राजधानीमा विशेष समारोहको आयोजना गरेको छ । आज बिहान टुँडिखेलमा आयोजना हुने ष मा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुनेछन् । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले २०७२ असोज ३ गते ‘नेपालको संविधान २०७२’ जारी भएको घोषणा गरेका थिए । नयाँ संविधान लागू भएको घोषणासँगै नेपालको अन्तरिम…

आजको विनिमयदर, कुन मुद्राको मुल्य कति ?
काठमाडौं, ३ असोज २०८० ।

नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । यस्तै, आज अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ ९४ पैसा र बिक्री दर १३३ रुपैयाँ ५४ पैसा रहेको छ । युरो एकको खरिद दर १४२ रुपैयाँ ३१ पैसा र बिक्री दर १४२ रुपैयाँ ९५ पैसा रहेको छ । यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६४ रुपैयाँ ९१ पैसा र बिक्री दर १६५ रुपैयाँ ६६ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ…

फेरि बढ्यो ब्रोइलर कुखुराको मासुको मुल्य
काठमाडौं, ३ असोज २०८० ।

ब्रोइलर कुखुराको मासुको मुल्य फेरि बढ्ने भएको छ । राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघको मंगलबारको बैठकले बुधबारदेखि लागू हुनेगरी जिउँदो ब्रोइलर कुखुराको बिक्री मूल्य बढाउने निर्णय गरेको छ । बैठकले जिउँदो ब्रोइलरको कोल्ड स्टोर खरिद मूल्य प्रतिकिलो १० रुपैयाँले बढाउने निर्णय गरेको हो । अब जिउँदो ब्रोइलर कुखुराको बिक्री मूल्य २८० रुपैयाँ कायम भएको छ । भदौ २५ मा कुखराको एक किलोको मूल्य २६० रुपैयाँ रहेको थियो । भदौ २७ मा फेरि प्रतिकिलो १० रुपैयाँले बढेर २७० रुपैयाँ पुगेको थियो । यसैगरी, ६ दिनपछि नै संघले ब्रोइलर कुखुराको मूल्य १० रुपैयाँ थप बढाएको हो । यसरी, जिउँदो कुखुराको मूल्य बढेसँगै…