चीनमा प्रधानमन्त्री प्रचण्डलाई भव्य स्वागत
काठमाडौं, ६ असोज २०८० ।

जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार हाङ्जाउ विमानस्थलमा ओर्लिएका छन् । प्रधानमन्त्री प्रचण्डलाई चिनले विशेष महत्व दिंदै भव्य स्वागत गरेको छ । प्रधानमन्त्री प्रचण्डलाई चीनको खेलकुद सामान्य प्रशासन मन्त्री तथा चिनियाँ ओलम्पिक कमिटीका अध्यक्ष गाओ जिदानले हाङ्झाउ विमानस्थलमा स्वागत गरे । संयुक्त राष्ट्र संघको महासभा सहभागी भएर उनी सोझै अमेरिकाबाट सोझै हाङजाउमा पुगेका हुन् । उनी आजै १९ औं एसियाली खेलकुदको उद्घाटन समारोहमा सहभागी हुनेछन् ।

१५ लाखभन्दा बढीको नक्कली नोटसहित २ जना पक्राउ
इटहरी, ५ असोज २०८० ।

सुनसरीको इटहरी उपमहानगरपालिकाबाट १५ लाख रुपैयाँभन्दा बढीको नक्कली नेपाली नोटसहित पक्राउ परेका दुई जनालाई शुक्रबार सार्वजनिक गरिएको छ । पक्राउ पर्नेमा सङ्खुवासभा पाँचखपन नगरपालिका–५ का विवेक राई र सोही जिल्ला मकालु गाउँपालिका–६ का अजय राई रहेको सुनसरीका प्रहरी उपरीक्षक विपिन रेग्मीले जानकारी दिए । पक्राउ परेकाको साथबाट प्रहरीले एक हजार दरका १५ लाख ८७ हजार ?पैयाँ नक्कली नोटसहित तीन थान मोबाइल बरामद गरेको उनले जानकारी दिए ।पक्राउ परेका दुई जनाले काठमाडौँबाट नक्कली नोट छपाई गरी पूर्वी बजारमा ल्याएको प्रहरीको भनाइ छ । पक्राउ परेको नक्कली नोट जाँचका लागि फरेन्सीक ल्याबमा पठाइएको प्रहरी उपरीक्षक रेग्मीले जानकारी दिए । इटहरी बजारमा नक्कली…

सिटिजन्स बैंकको साधारण सभा असोज २६ मा
काठमाडौं, ५ असोज २०८० ।

सिटिजन्स बैंकको सत्रौँ वार्षिक साधारण सभा असोज २६ गते हुने भएको छ । आज बसेको सञ्चालक समितिको बैठकले राजधानीको कालिकास्थानमा साधारणसभा गर्ने निर्णय गरेको हो । बैंकका वित्तीय विवरणहरु माथि छलफल लगायत सञ्चालक समितिबाट प्रस्ताव गरे अनुसार ५.७९ प्रतिशतका दरले हुन आउने रु ८२,२१,६१,६५२।९६ बराबरको नगद लाभांश (लाभांश कर समेत) वितरण गर्न स्वीकृत गर्ने जस्ता विषयहरु साधारण सभाका प्रस्तावहरु रहेको बैंकले जनाएको छ । सिटिजन्स बैंक इन्टरनेसनलले देशैभरी फैलिएका आफ्ना १८८ वटा शाखा, १४८ वटा एटिएम र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १६ लाख ४८ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

१४.२ केजीभन्दा बढी तौलको ग्यास सिलिण्डर प्रयोग नगर्न निगमको आग्रह
काठमाडौं, ४ असोज २०८० ।

नेपाल आयल निगमले १४.२ केजी बढी क्षमताका सिलिण्डर प्रयोग नगर्न आग्रह गरेको छ । यस्ता सिलिण्डर प्रयोग गर्नु गैरकानुनी भएको भन्दै आमउपभोक्तालाई निगमले एक सुचनामार्फत अनुरोध गरेको छ । त्यस्तै ग्यास भरी बिक्री वितरण गरेमा कारवाही गर्ने चेतावनी समेत निगमले दिएको छ । ग्यास उद्योगहरुले १४.२ केजी क्षमताभन्दा बढी ५० केजी र ४५० केजी क्षमताका सिलिण्डरमा एलपी ग्यास बिक्री वितरण गरेको पाइएको भन्दै निगमले उक्त विक्री वितरण कार्य तुरुन्त बन्द गर्न भनेको हो । निर्धारित तौलभन्दा बढी क्षमताका सिलिण्डरमा ग्यास भरी विक्री वितरण गरेको पाइएमा एलपी ग्यास विनियमावली, २०६५ (संशोधनसहित) बमोजिम कारबाही हुने निगमले जनाएको छ ।

मलंगवामा अनिश्चितकालीन कफ्र्यू
सर्लाही, ४ असोज २०८० ।

सर्लाही सदरमुकाम मलंगवामा अनिश्चितकालीन कफ्र्यू जारी गरिएको छ । गणेशको मूर्ति सेलाउने क्रममा दुई समुदायबीच झडप भएपछि स्थिति नियन्त्रण लिन बिहीबार राति १० बजेदेखि लागू हुने गरी कफ्र्यू प्रहरीले जारी गरेको हो । आज मिति २०८०।०६।०४ गते बिहीबार राति १०:०० बजेदेखि अर्को आदेश वा व्यवस्था नहुन्जेलसम्मका लागि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) (१) (३)  बमोजिम कफ्र्यू आदेश जारी गरिएको छ, प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जारी गरेको आदेशमा उल्लेख छ । सुचनामा पूर्वमा झिम नदी, दक्षिणमा नेपाल भारत सीमा क्षेत्र, उत्तरमा प्रहरी पोस्ट र बाबा पेट्रोल पम्पसम्म कफ्र्यु आदेश जारी गरिएको छ । सो क्षेत्रभित्र कसैले आवतजावत…