१४.२ केजीभन्दा बढी तौलको ग्यास सिलिण्डर प्रयोग नगर्न निगमको आग्रह

काठमाडौं, ४ असोज २०८० ।

नेपाल आयल निगमले १४.२ केजी बढी क्षमताका सिलिण्डर प्रयोग नगर्न आग्रह गरेको छ । यस्ता सिलिण्डर प्रयोग गर्नु गैरकानुनी भएको भन्दै आमउपभोक्तालाई निगमले एक सुचनामार्फत अनुरोध गरेको छ ।

त्यस्तै ग्यास भरी बिक्री वितरण गरेमा कारवाही गर्ने चेतावनी समेत निगमले दिएको छ । ग्यास उद्योगहरुले १४.२ केजी क्षमताभन्दा बढी ५० केजी र ४५० केजी क्षमताका सिलिण्डरमा एलपी ग्यास बिक्री वितरण गरेको पाइएको भन्दै निगमले उक्त विक्री वितरण कार्य तुरुन्त बन्द गर्न भनेको हो ।

निर्धारित तौलभन्दा बढी क्षमताका सिलिण्डरमा ग्यास भरी विक्री वितरण गरेको पाइएमा एलपी ग्यास विनियमावली, २०६५ (संशोधनसहित) बमोजिम कारबाही हुने निगमले जनाएको छ ।

मा प्रकाशित