नेप्से सुचक ३९ अंकले बढ्यो

काठमाडौं, २७ भदौ २०८० ।

यस साताको अन्तिम तथा चौथो कारोबार दिन बुधबार सेयर बजार परिसुचक नेप्से सुचक बढेको छ । साताको शरुवाती दिन आइतबार र सोमबार गरी ५४ अंकले बढेको नेप्से मंगलबार १९ अंकले घटेको थियो । आज नेप्से सुचक ३९।.अंकले बढेर २ हजार २.०६ को बिन्दुमा बन्द भएको हो ।

आज २७५ कम्पनीको सेयर किनबेच हुँदा एक अर्ब ४९ करोड ५५ लाख २१ हजार ९ सय ५।७७ रुपैयाँको कारोबार भएको छ । आज सर्वाधिक कारोबार हुनेमा एनआईसी एसिया बैंक लिमिटेड रहेको छ । कम्पनीको ७ करोड ९३ लाख रुपैयाँ बढीको सेयर किनबेच भएको हो । त्यस्तै सोल्टी होटलको ६ करोड ७० लाख रुपैयाँ बढीको सेयर किनबेच भएको छ ।

आज वरुण हाइड्रोपावरको सेयर मुल्य सकारात्मक सर्किट लागेको छ । कम्पनीको सेयर मुल्य सर्वाधिक १० प्रतिशतले बढेको छ । त्यस्तै शुभम पावरको शेयर मूल्य ९।९९ प्रतिशतले बढेको छ । आज थ्रीस्टार हाइड्रोपावर लिमिटेडको सेयर भाउ भने उच्च अंकले घटेको छ । यसको सेयर मूल्य आज ८ प्रतिशतले गिरावट आएको हो ।

मा प्रकाशित