स्थापनाको १२ वर्ष : लगानी बोर्डले र्गयो ४२ परियोजनामा साढे १२ खर्ब लगानी
काठमाडौँ, २२ भदौ २०८०।

लगानी बोर्डले स्थापनाको १२ वर्षको अवधिमा १२ खर्ब ५० अर्ब रुपैयाँ बराबरको लगानी स्वीकृत गर्दा ५ खर्ब २५ अर्ब रुपैयाँ बराबरको लगानी परिचालन गरेको छ । ऊर्जा क्षेत्रका २८ र गैर ऊर्जा क्षेत्रका १४ परियोजना गरी कुल ४२ परियोजनामा १२ खर्ब ५० अर्ब रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको हो । शुक्रबार बोर्डको १२ वर्षिकोत्सवका अवसरमा प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले लगानी स्वीकृत गरेका आयोजनाको बारेमा जानकारी दिएका हुन् । यस अवधिमा लगानी बोर्डले स्वीकृत गरेका प्रतिदिन ६ हजार टन उत्पादन क्षमता रहेको होङ्सी शिवम् सिमेन्ट र ३ हजार टन प्रतिदिन उत्पादन क्षमताको हुवासिन सिमेन्ट सहित कुल ५ खर्ब २५ अर्ब…

सर्पदंशको उपचार पाउनै समस्या
भोजपुर, २२ भदौ २०८० ।

भोजपुरका दुर्गम भेगका स्थानीयलाई सर्पदंशको उपचार पाउन नै समस्या हुने गरेको छ । दुर्गम भेगका स्थानीयलाई सामान्य स्वास्थ्योपचार लिन घन्टौँ हिँड्नुपर्ने अवस्था रहेकाले उनीहरूले प्राथमिक उपचार पाउनै समस्या हुने गरेको हो । सर्पको डसाइको समयमा उपचार नपाउँदा कतिपयले अकालमा ज्यान गुमाउने गरेका छन् । कतिपयको अङ्गभङ्गसमेत हुने गरेको अवस्था छ । वर्षात्ले ग्रामीण भेगका अधिकांश सडक बन्द रहेकाले मानिसको दैनिक जनजीवन कष्टकर बनेको छ । सडक बन्द भएकाले एम्बुलेन्स तथा यातायात सेवा नहुँदा समयमा बाहिरका अस्पतालमा लैजान समस्या हुने गरेको छ । स्टेचर तथा डोकोमा बोकेर बिरामीलाई अस्पतालसम्म ल्याउनुपर्ने बाध्यता हुँदा उपचार नपाएर ज्यान जाने अवस्था छ । सर्पको डसाइको…

संघीय निजामती सेवा विधेयकमा ट्रेड युनियन अधिकार यथावत : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं, २२ भदौ २०८० ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय निजामती सेवा विधेयकमा ट्रेड युनियन अधिकारको व्यवस्था यथावत राखिएको जानकारी दिएका छन् । शुक्रबार निजामती सेवा दिवस २०८० को अवसरमा सिंहदरबार परिसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । सम्बोधनको क्रममा प्रधानमन्त्री प्रचण्डले विधेयकमा अहिलेको व्यवस्थालाई केही परिवर्तन नगरिएको प्रस्ट पारे । सङ्घीय निजामती सेवा विधेयक हिजो मात्रै मन्त्रिपरिषद् बैठकले संसद्मा पठाउने निर्णय गरेको भन्दै प्रधानमन्त्री प्रचण्डले राजनीतिक दलहरुबीच सहमतिबाट उक्त विधेयक यथाशक्य छिटो पारित हुने विश्वास समेत व्यक्त गरे । उक्त कार्यक्रममा ट्रेड युनियनको तर्फबाट उत्तम कटुवालले सम्बोधन गर्ने क्रममा ट्रेड युनियनको अधिकार कटौती गर्ने गरी विधेयक तयार पारिएको भन्दै विरोध जनाएका…

आज निजामती सेवा दिवस मनाइँदै
काठमाडौं, २२ भदौ २०८० ।

आज निजामती सेवा दिवस मनाइँदै छ । ‘व्यावसायिक र सृजनशील प्रशासन : विकास, समृद्धि र सुशासन’ भन्ने मूल नाराका साथ सरकारले शुक्रवार २० औँ निजामती सेवा दिवस मनाउन लागिएको हो । नेपालमा निजामती सेवा गठन भएको ६० वर्ष पूरा भए पनि विसं २०६२ भदौ २२ गतेबाट मात्र औपचारिकरूपमा यो दिवस मनाउन थालिएको हो । वि सं २०१३ भदौ २२ गते तत्कालीन प्रधानमन्त्री टङ्कप्रसाद आचार्यको नेतृत्वको सरकारले निजामती सेवा ऐन ल्याएको दिन पारेर हरेक वर्ष निजामती दिवस मनाउन थालिएको हो । हाल करिब ८३ हजार निजामती कर्मचारी कार्यरत छन् । दिवसको अवसर पारेर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज विभिन्न…

विष्णु माझीको तीज गीत ‘बलमा’
काठमाडौं, २० भदौ २०८० ।

नेपाली नारीहरुको महान चाड हरितालिका तीज नजिकिंदै छ । तीज आउन १० दिनमात्रै बाँकी रहँदा तीजका गीतहरु बजारमा सार्वजनिक भईरहका छ्न । यसैक्रममा मीठो स्वरकी धनी विष्णु माझीको गीत बुधबार सार्वजानिक भएको छ । माझीको गीत विना तीज खल्लो लाग्न सक्छ । धेरै महिला दिदी बहिनी साथै दर्शक श्रोता उनको गीतको पर्खाइमा हुन्छन् । यसपाली पनि उनको स्वर समावेश तीज गीत बलमा (पुतलीको भट्टी १९) बुधबार साँझ युट्युबमा सार्वजनिक भएको छ । सुन्दरमणि अधिकारीको शब्द र संगित रहेको यस गीत सपना म्युजिक इण्डष्ट्री नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । गीतलाई आशिष अविरलले एरेन्ज तथा मिक्सिङ गरेका हुन् ।