स्थापनाको १२ वर्ष : लगानी बोर्डले र्गयो ४२ परियोजनामा साढे १२ खर्ब लगानी

काठमाडौँ, २२ भदौ २०८०।

लगानी बोर्डले स्थापनाको १२ वर्षको अवधिमा १२ खर्ब ५० अर्ब रुपैयाँ बराबरको लगानी स्वीकृत गर्दा ५ खर्ब २५ अर्ब रुपैयाँ बराबरको लगानी परिचालन गरेको छ । ऊर्जा क्षेत्रका २८ र गैर ऊर्जा क्षेत्रका १४ परियोजना गरी कुल ४२ परियोजनामा १२ खर्ब ५० अर्ब रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको हो ।

शुक्रबार बोर्डको १२ वर्षिकोत्सवका अवसरमा प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले लगानी स्वीकृत गरेका आयोजनाको बारेमा जानकारी दिएका हुन् । यस अवधिमा लगानी बोर्डले स्वीकृत गरेका प्रतिदिन ६ हजार टन उत्पादन क्षमता रहेको होङ्सी शिवम् सिमेन्ट र ३ हजार टन प्रतिदिन उत्पादन क्षमताको हुवासिन सिमेन्ट सहित कुल ५ खर्ब २५ अर्ब रुपैयाँ बराबरको लगानी परिचालन भएको हो ।

यस्तै धरानमा वेस्ट टु इनर्जी परियोजना निर्माण सम्पन्न भई सञ्चालनमा आएको छ भने ९०० मेगावाटको अरुण–३ जलविद्युत् परियोजना, २१६ मेगावाटको माथिल्लो त्रिशुली लगायतका परियोजना कार्यान्वयनका क्रममा छन् ।

९०० मेगावाटको माथिल्लो कर्णाली जलविद्युत परियोजना तथा ६६९ मेगावाटको तल्लो अ?ण जलविद्युत परियोजना विकास सम्झौता सम्पन्न भई वित्तीय व्यवस्थापनको क्रममा रहेका बोर्डले जनाएको छ । ४५० मेगावाटको सेती नदी –६ सहित राष्ट्रिय गौरवको ७५० मेगावाटको पश्चिम सेती जलविद्युत् परियोजना अध्ययन तथा विकासका लागि एनएचपीसी लिमिटेडसँग समझदारी भई विस्तृत परियोजना प्रतिवेदन ९डीपीआर० को तयार हुँदैछ ।

यसका साथै ३२७ मेगावाटको अपर मस्र्याङ्दी – २ जलविद्युत परियोजनाको डीपीआर मूल्यांकन भैरहेको छ भने पीडीएको तयारी समेत भएको बोर्डले जनाएको छ । नेपालमा पहिलो पुस्ताको विदेशी लगानीकर्ताको रूपमा परिचित डाबर नेपालले उत्पादन वृद्धि र विविधीकरणका लागि ९ अर्ब ६८ करोड ?पैयाँ बराबरको पुनर्लगानी गर्ने भएको छ ।

लगानी बोर्डको ५५ औं बैठकबाट चीन नेपालमैत्री औद्योगिक पार्क परियोजनाको पीडीएका लागि वार्ता समिति गठन भइ वार्ता समितिले कार्य थालनी गरिसकेको भट्टले जानकारी दिए ।

मा प्रकाशित