बिहिबार बसेको मन्त्रिपरिषद् बैठकका १५ निर्णय

काठमाडौं, २२ भदौ २०८० ।

भदौ २१ गते बिहिबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालयमा अस्थायी दरबन्दी सिर्जना गर्ने सहितका १५ निर्णय गरेको छ ।

२०८० भदौ २१ गतेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू

१. उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहत अधिकृतस्तरका जम्मा ३० पदको अस्थायी दरबन्दी स्वीकृत गर्ने ।

२. जनवादी गणतन्त्र चीनको बेइजिङमा मिति २०८० भदौ २६-२९ सम्म आयोजना हुने नेपाल चीन संयुक्त व्यापार कार्यदलको दोस्रो बैठकमा सहभागी हुनका लागि सचिव मधुकुमार मरासिनीको संयोजकत्वमा ५ सदस्यीय प्रतिनिधिमण्डल गठन गर्ने ।

३. पञ्चेश्वर विकास प्राधिकरणमा नेपालको तर्फबाट २०८१ जेठ २८ सम्मका लागि प्रमुख कार्यकारी अधिकृत पदमा सहसचिव श्री मधु प्रसाद भेटुवाल, कार्यकारी निर्देशक (प्रशासन रवित्त) पदमा सहसचिव श्री दीपक लामिछाने, कार्यकारी निर्देशक ९वातावरण० पदमा सहसचिव श्री रामगोपाल खर्बुजा र कार्यकारी निर्देशक ९कानून० पदमा सहसचिव श्री इन्दिरा दाहाल भट्टराईलाई खटाउने ।

४. न्याय सेवा आयोगको सिफारिसमा सहसचिव श्री फणीन्द्र गौतमलाई न्याय सेवाको राजपत्राङ्कित विशिष्ट श्रेणीमा बढुवा गरी सत्य निरुपण तथा मेलमिलाप आयोगको सचिव पदमा पदस्थापन गर्ने ।

५. न्याय सेवा आयोगको सिफारिसबमोजिम नेपाल न्याय सेवा, राजपत्राङ्कित विशिष्ट श्रेणीका देहायका कर्मचारीहरूलाई देहाय बमोजिम सरुवा गर्नेः-

१. प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव श्री उदयराज सापकोटालाई कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको सचिव पदमा,
२.नेपाल कानून आयोगका सचिव श्री लीलादेवी गड्तौला (निरौला) लाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सचिव पदमा र
३. सत्य निरुपण तथा मेलमिलाप आयोगका सचिव श्री तोयानाथ अधिकारीलाई नेपाल कानून आयोगको सचिव पदमा

६. खानेपानी मन्त्रालय अन्तर्गत सञ्चालित आयोजनाहरुमा आ।व। २०८०/८१ का लागि अधिकृतस्तरका २३९ अस्थायी दरबन्दी स्वीकृत गर्ने ।

७. चीनको बेइजिङ्गमा आगामी मिति २०८० असोज ८ देखि ९ सम्म आयोजना हुने Global Sustainable Transport Forum 2023  विषयक कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री श्री नन्दा चपाईलाई सहभागी हुन स्वीकृति प्रदान गर्ने।

८. माथिल्लो दरौंदी सि साना जलविद्युत आयोजनाको भौतिक पूर्वाधारहरू निर्माण गर्न गोरखा जिल्लाको राष्ट्रिय वन क्षेत्रको कूलजम्मा ४.९२४ हेक्टर जग्गा पच्चिस वर्षसम्म प्रयोग गर्न दिने तथा सो वन क्षेत्रमा रहेका रुखहरू हटाउन स्वीकृति दिने ।

९. तेजाव तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) नियमावली, २०८० स्वीकृत गर्ने ।

१०. चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदमा प्राडा. अञ्जनीकुमार झालाई नियुक्त गर्ने ।

११. संस्कृति, पर्यटन तथा नागरिक संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत आयोजनाहरूको उड्डयन मन्त्रालय लागि आ।व। २०८०/८१ का लागि अधिकृतस्तरका १० अस्थायी दरबन्दी स्वीकृत गर्ने ।

१२. सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको लागि कूल ३१ अधिकृतस्तरका अस्थायी दरबन्दी स्वीकृत गर्ने ।

१३. सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्तसम्बन्धी विधेयक, २०८० सङ्घीय संसदमा विधेयक पेश गर्ने ।

१४. निजामती सेवा दिवस, २०८० को अवसरमा निजामती सेवाका ४० जना कर्मचारीलाई पुरस्कार प्रदान गर्ने ।

१५. स्वास्थ्य क्षेत्रको लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण रणनीति, २०८० स्वीकृत गर्ने।

मा प्रकाशित