प्रत्येक स्थानीय तहमा सुपथ मूल्य पसल सञ्चालन गर्न लेखा समितिको निर्देशन
आर्थिक परिवेश संवाददाता

प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले प्रत्येक स्थानीय तहमा सुपथ मूल्य पसल सञ्चालन गर्न निर्देशन दिएको छ । सोमबार बसेको समितिको बैठकले यस्तो निर्देशन दिएको हो । समितिले दिएको निर्देशनमा भनिएको छ, कालोबजारी र सिन्डिकेट तथा उच्च मूल्यवृद्धिबाट उपभोक्तालाई राहत दिन प्रत्येक स्थानीय निकायमा अनिवार्य कम्तीमा एउटा सुपथ मूल्य पसल सञ्चालन गर्नेगरी आवश्यक समन्वय गर्न र सोको सेवा प्रवाहको अवस्था अनुगमन मूल्यांकनका लागि आवश्यक संयन्त्र निर्माण गर्न नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देश गर्दछ । त्यसैगरी गैरकानुनी रुपमा पूँजी पलायनलाई तत्काल नियन्त्रण गर्न, आयात गर्दा गरिने न्यून विजकीकरणलाई तत्काल कानुनबमोजिम कारबाही गर्न समेत मन्त्रालयलाई निर्देशन गरिएको छ । उद्योग…

मंगलबार राष्ट्रिय शोक मनाउने सरकारको निर्णय
आर्थिक परिवेश संवाददाता

सरकारले असोज २३ गते मंगलबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले इजरायलमा १० जना नेपाली विद्यार्थीको मृत्यु भएको घटनालाई लिएर राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो । े मन्त्रिपरिषदको बैठकको निर्णय सुनाउँदै सरकारकी प्रवक्ता सूचना तथा सञ्‍चार प्रविधि मन्त्री रेखा शर्माले शोक मनाउने निर्णय गरेको जानकारी दिइन । त्यस्तै बैठकले इजरायलमा मृत्युभएका नेपालीका परिवारलाई राहत स्वरुप प्रति परिवार १० लाख रुपैयाँ दिने समेत निर्णय गरेको छ ।

दोहोरो अंकले घट्यो नेप्से सुचक, कारोबारमा पनि कमी
आर्थिक परिवेश संवाददाता

साताको दोस्रो दिन पनि सेयर बजार परिसुचक नेप्से घटेको छ । आइतबार ३६ अंकले घटेको नेप्से सुचक सोमबार १२।५८ अंकले घटेर १ हजार ९ सय ८।६६ विन्दु कायम भएको छ । आज सुचकसँगै कारोबार रकम पनि घटेको छ । यसदिन २८७ कम्पनीको १ अर्ब १७ करोड १ लाख ७२ हजार ७२२ रुपैयाँको सेयर कारोबार भएको थियो । आइतबार बजारमा १ अर्ब ८० करोड रुपैयाँ बराबर सेयर कारोबार भएको थियो । त्यसैगरी सोमबार ६६ कम्पनीको सेयर मूल्य बढेको छ भने १५८ कम्पनीको सेयर मूल्यमा गिरावट र १० वटाको सेयर मूल्य स्थिर छ ।

दशैंका लागि आजदेखि अग्रिम टिकट बुकिङ खुला
आर्थिक परिवेश संवाददाता

दशैंका लागि असोज २२ गतेबाट अग्रिम टिकट बुकिङ खुला भएको छ । शुक्रबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको सर्वपक्षीय छलफलपश्चात २२ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय गरेको थियो । शुक्रबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीचछलफल भएको थियो । अग्रिम टिकट बुकिङ खुल्ला गरिएसँगै यात्रुको चाप हुने स्थानहरूमा यात्रु सहायता कक्ष स्थापना गरिने यातायात व्यवस्था विभागले जनाएको छ । टिकट बिक्रीको अनुगमनलाई तीव्र पारिने र कालोबजारीमा टिकट बिक्री नहोस् भनेर विभागले टिकट बुकिङ खुल्ने दिनबाट नै कडा अनुगमन गर्ने भएको छ । साथै बिग्रिएको सडक तत्काल मर्मत गर्ने विभागले जनाएको…

प्रधानमन्त्री प्रचण्ड स्वदेश फिर्ता
काठमाडौं, १३ असोज २०८० ।

संयुक्त राष्ट्र संघको महासभा र चीनको औपचारिक भ्रमण सकेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फर्किएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा प्रधानमन्त्री दाहाललाई सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, मन्त्रीगण, सांसदहरु, सुरक्षा निकायका प्रमुख, विभिन्न राजनीतिक दलका नेता, नेपाल सरकारका उच्च अधिकारीले स्वागत गरे । प्रधानमन्त्रीको सम्मानमा नेपाली सेनाले विमानस्थलमा स्वागत सलामी अर्पण गरेको थियो । प्रधानमन्त्री दाहाल नेतृत्वको प्रतिनिधित्व मण्डललाई सिचुवान प्रान्तका उच्च अधिकारी, नेपालका लागि चिनियाँ राजदूतलगायतले बिदाइ गरेका थिए ।