इजरायलमा रहेका नेपाली ल्याउन निगमको जहाज राति साढे ११ बजे उड्दै
आर्थिक परिवेश संवाददाता

इजरायलमा रहेका नेपालीहरुलाई ल्याउन बुधबार राति जहाज त्यसतर्फ जाने भएको छ । दुबईको नियमित फ्लाइट सेड्युलमा रहेको नेपाल वायुसेवा निगमको वाइडबडी जहाज त्यहाँ यात्रु झारेर इजरायल जान लागेको हो । जहाज आज राती साढे ११ बजे उड्नेछ । परराष्ट्र मन्त्रालयका अनुसार हमासको आक्रमणबाट मृत्यु भएका १० नेपाली विद्यार्थीको शव पनि सोही जहाजमा ल्याइने छ । प्राप्त जानकारी अनुार हालसम्म ३ सय ५० जना नेपालीले इजरायलबाट नेपाल फर्किनका लागि नाम टिपाएका छन् ।

कार्यशैली सुधार्न कर्मचारीलाई ऊर्जामन्त्री बस्नेतको निर्देशन
निकासखबर संवाददाता | काठमाडौं, २४ भदाै, २०८० ।

ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले मन्त्रालय र मातहतका निकायका कर्मचारीलाई देश र जनताको हितलाई केन्द्रमा राखेर प्रभावकारीरुपमा काम गर्न निर्देशन दिएका छन् । साथै उनले सबै तहका कर्मचारीलाई आफ्नो कार्यशैली सुधार गर्न निर्देशन पनि दिएका हुन । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा कर्मचारीहरूलाई निर्देशन दिँदै मन्त्री बस्नेतले कुनै पनि निकायमा काम रोकिएको वा आमनागरिकले दुःख पाएको भन्ने गुनासो नआउने गरी काम गर्न आग्रह गरे । उनले पछिल्ला दिनमा ऊर्जा उद्यमी तथा सरोकारवालाले विद्युत् विकास विभागको काम प्रभावकारी नभएको गुनासो आएकाले त्यसलाई सम्बोधन गर्न, कमजोरी सुधार गर्न, संरचनागत वा कानुनी समस्या भए समाधानका निम्ति आफूसँग परामर्श गर्न कर्मचारीलाई निर्देशन दिए…

जगदम्बा स्टिल्सले ६ अर्ब २ करोडको आईपीओ निष्काशन गर्ने
आर्थिक परिवेश संवाददाता

जगदम्बा स्टिल्सले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशन अनुमतिको माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा २०० रुपैयाँ प्रिमियम थप गरी प्रति कित्ता ३०० रुपैंयामा सेयर निष्काशन गर्न लागेको हो । कम्पनीले कुल ६ अर्ब २ करोड १० लाख रुपैयाँ बराबरको २ करोड ७० हजार कित्ता सेयर निष्काशन गर्ने प्रस्ताव गरेको हो । कम्पनीले सेयर निष्काशनको लागि सिद्धार्थ क्यापिटललाई बिक्री प्रबन्धक चयन गरेको छ ।

साताको तेस्रो दिन पनि घट्यो नेप्से, परिसुचक १९ सयभन्दा तल
आर्थिक परिवेश संवाददाता

साताको तेस्रो दिन पनि सेयर बजार परिसुचक नेप्से घटेको छ । पहिलो दिन आइतबार ३६ अंकले घटेको नेप्से सोमबार साढे १२ अंक र आज मंगलबार १९.०६ अंकले घटेर १ हजार ८ सय ८९.५९ को बिन्दुमा आइपुगेको छ । आज १९३ कम्पनीको सेयर मुल्य घटेको छ भने ३१ को बढेको छ र ९ कम्पनी सेयर मुल्य स्थिर छ । नेपाल राष्ट्र बैंकले सेयर कर्जाको सीमा बढाएपछिको तेस्रो कारोबार दिन पनि सेयर बजार परिसुचक नेप्से घटेको छ । आज २८२ कम्पनीको १ अर्ब २८ करोड ३१ लाख ८२ हजार १४५ रुपैयाँ ३२ पैसाको सेयर कारोबार भएको थियो । सोमबार बजारमा १ अर्ब…

दिगो विकास लक्ष्य हासिल गर्न निजी क्षेत्रको महत्वपूर्ण भूमिका हुन्छ : चन्द्र ढकाल
आर्थिक परिवेश संवाददाता

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले दिगो विकास लक्ष्य हासिल गर्न निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । राष्ट्रिय योजना आयोग र संयुक्त राष्ट्र संघको सहकार्यमा एफएनसीसीआईले आयोजना गरेको सातौं दक्षिण तथा दक्षिण पश्चिम एसिया उपक्षेत्रीय मञ्चमा बोल्दै अध्यक्ष ढकालले दिगो विकास लक्ष्य हासिल गर्न राज्य र निजी क्षेत्र तथा अन्य विकास साझेदारबिच सहकार्य र नवप्रवर्तनको आवश्यकतामा जोड दिए । उनले गरिबी न्यूनीकरण, जलवायु परिवर्तनलगायतमा साझेदारीको खाँचो समेत औंल्याए । उनले निजी क्षेत्र वित्तीय योगदानकर्ता मात्र नभई आर्थिक वृद्धि, रोजगारी सृजना र प्राविधिक प्रगतिको संवाहक पनि भएको बताए । अध्यक्ष ढकालले रोजगारी सृजना, स्वास्थ्य सेवा र शिक्षामा लगानी,…