लामाबगर नाका खोलीएको एक सातामै सुन तस्करी, दोलखामा चार किलो सुनसहित तीन जना पक्राउ
आर्थिक परिवेश संवाददाता

  दोलखा । दोलखाको सिंगटी बजार बाट प्रहरीले ४ किलो सुन सहित ३ जनालाई पक्राउ गरेको छ । सिंगटीबाट सुन सहित ३ जनालाई गए राती पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । तिब्बती सीमा लामावगर नाकाबाट तस्करीको सुन भित्र्याएको आशङ्का गरिएको प्रहरीले जनाएको छ । बिगु गाउँपालिकाका १ लामावगर तर्फको एउटा नाका चिन सरकारले गत साता मात्र खुलाएको थियो। उनीहरुलाई बुधबार राति समातिएको प्रहरीले जनाएको छ। उनीहरूले तिब्बती सीमा लामाबगर नाकाबाट तस्करीको सुन भित्र्याएको आशंका गरिएको छ। सो नाका चीन सरकारले गत साता मात्र खुलाएको थियो।

तीज बितेको एक सातापछि उपाध्यक्षको दबाबमा दर खाने कार्यक्रम
आर्थिक परिवेश संवाददाता

ओखलढुंगा । ओखलढुंगाको लिखु गाउँपालिकामा तीज बितेको एक सातापछि उपाध्यक्षको दबाबमा दर खाने कार्यक्रम भएको छ । गाउँपालिकाले विनियोजन गरेको रकमले असोज ६ गते दर खाने कार्यक्रम भएको हो । गाउँपालिकाले  महिला विशेष कार्यक्रम अन्तरगत हरेक वडामा रहेका आमा समूह सञ्जाल लक्षित गरेर २० हजार बजेट विनियोजन गरेको थियो । हरेक वडालाई २० हजार र गाउँपालिका केन्द्रमा पालिका स्तरीय कार्यक्रमका लागि २० हजार गरी २ लाख बजेट विनियोजन भएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत लीला राज श्रेष्ठले बताए । गाउँपालिकामा रहेका ९ वटा वडा मध्य ८ वटामा र गाउँपालिका केन्द्रमा भदौ २९ गते सम्ममा तिज विशेष कार्यक्रम सञ्चालन भएका भए पनि…

नेपाल चाइना चेम्बर र उसी सीसीपीआईटीबीच सहकार्य गर्ने सहमति
काठमाडौं, ९ असोज २०८० ।

नेपाल चीन उद्योग वाणिज्य संघ (नेपाल चाइना चेम्बर) र चाइना काउन्सिल फर द प्रमोसन अफ इन्टरनेसनल ट्रेड (सीसीपीआईटी) को उसी शाखाबीच पर्यटन तथा औद्योगिक क्षेत्रमा सहकार्य गर्ने सहमति भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)सँगै चीन भ्रमणमा रहेको नेपाल चाइना चेम्बरको प्रतिनिधिमण्डलले उसी–सीसीपीआईटीसँग सहकार्यको सम्झौता गरेको हो । चीनको पुरानो औद्योगिक सहर उसीलाई औद्योगिक हब मानिन्छ । नेपाल चाइना चेम्बरका निवर्तमान अध्यक्ष राजेशकाजी श्रेष्ठ र उसी सीसीपीआईटीका उपाध्यक्ष वाङ सिसोङले मंगलबार आयोजित एक समाराोहमा सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । उसी पूर्वी चीनको सांघाई नजिकैको सहर हो । जुन चीनको सबैभन्दा ठूलो ताजा पानीको तालहरू मध्ये एक, ताइहुको किनारमा अवस्थित छ…

इन्द्रजात्रा अवलोकनका लागि विदेशी पाहुना काठमाडौंमा
काठमाडौं, ९ असोज २०८० ।

काठमाडौं उपत्यकाको चिरारीसँग जोडिएको इन्द्रजात्रा अवलोकनका लागि स्वदेशी तथा विदेशी पाहुना काठमाडौँ आइसकेका छन् । ऐतिहासिक इन्द्रजात्रा आज वसन्तपुरमा इ वर्षको इन्द्रजात्रामा २० विदेशी पाहुनासहित भगेनी सम्बन्ध स्थापित भएका स्थानीय तहका प्रमुख सहभागी भएका छन् । चीन, अमेरिका र कोरियाका केही सहरका प्रमुख नेपाल आइसकेका कामपाको प्रवक्ता नवीन मानन्धरले जानकारी दिए । जात्राको गरिमालाई अन्तर्राष्ट्रियस्तरमा प्रवद्र्धन गर्ने उद्देश्यले महानगरले २०७६ सालदेखि भगिनी सम्बन्ध स्थापना भएका नगरपालिकाबाट पाहुना बोलाउन थालेको हो । भाद्र शुक्लपक्ष द्वादशीका दिन वसन्तपुरको हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजा सहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने इन्द्रजात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन छ…

मणिपाल शिक्षण अस्पतालका स्वास्थ्यकर्मीलाई कुटपिट गर्ने पक्राउ
कास्की, ९ असोज २०८० ।

जिल्ला प्रहरी कार्यालय कास्कीले मणिपाल शिक्षण अस्पतालमा उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई कुटपिट गर्ने व्यक्तिलाई पक्राउ गरेको छ । असोज ७ गते लमजुङ सुन्दरबजार नगरपालिका–६ की सुकमाँया दुरा श्वासप्रश्वास तथा ढाड दुख्ने समस्याको उपचारार्थ पोखरा–११ स्थित मणिपाल शिक्षण अस्पताल ल्याइएकोमा उपचारको क्रममा असोज ८ गते डाक्टरद्वारा मृत घोषणा गरिएकोमा मृतकका आफन्तहरूले डाक्टरको लापरवाहीको कारण मृत्यु भएको भन्दै आन्दोलन गरेका थिए । मृत्युको कारण खुलाउनुपर्ने माग राखी आन्दोलनका क्रममा उपचारमा संलग्न चिकित्सकलाई कुटपिट गरेको घटनामा पोखरा–५ मालेपाटनका ३४ वर्षीय विनय गुरुङलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । पक्राउ व्यक्तिलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६ अन्तर्गत हातपात, तालाबन्दी तथा तोडफोडजस्ता कार्य गर्न…