कांग्रेस महासमिति सदस्यको लेबी ३ हजार : खान पाइने, बस्ने काँ ?
आर्थिक परिवेश संवाददाता

काठमाडौं, २७ माघ । नेपाली कांग्रेसको महासमितिको बैठक यही फागुन ७ देखि १० फागुनसम्म चल्नेछ । त्यसको तयारीलाई निकै तीव्रता दिइएको र हालसम्म ८० प्रतिशत पूरा भइसकेको प्रचार विभाग विभाग प्रमुख मीनबहादुर विश्वकर्मा जानकारी दिए । उनका अनुसार हल बुकिङ, आवास र भोजनको काम पनि भइसकेको र हाल प्रचार प्रसारको काम भइरहेको जानकारी दिए । उनले महासमिति बैठकले अहिलेसम्म पार्टीले अबलम्बन गर्दै आइरहेको सैद्धान्तिक पक्षलाई निरन्तरता दिने बताए । महासमिति सदस्य चयनमा देखिएको विवाद समाधानको जिम्मा कांग्रेसको केन्द्रीय निर्वाचन आयोग लिएको बताए । आयोगले सबै कुराको अध्ययन गरेर प्रक्रियागत ढंगबाट टुंग्याउने र प्रक्रिया नपुगेकोलाई प्रक्रिया पुर्याउन बदर गर्ने भन्ने निर्देशन…

चे ग्वेभाराकी छोरी एलिडा नेपाल आउँदै
आर्थिक परिवेश संवाददाता

काठमाडौं, २७ माघ । विश्व चर्चित समाजवादी आन्दोलनका नेता चे ग्वेभारीकी छोरी एलिडा ग्वेभारा नेपाल आउँदैछिन् । उनी फागुन गते काठमाडौं आइपुग्ने जनाइएको छ । यही फागुन ३ देखि ६ गतेसम्म काठमाडौंमा आयोजना हुन लागेको ‘विश्व समाजवादी फोरम’मा सहभागी हुन एलिडा काठमाडौं आउन लागेकी हुन् । पुँजीवादीहरूको विश्व सम्मेलनको विकल्पमा विश्वभरका समाजवादीहरू काठमाडौंमा भेला हुँदैछन् । यो सम्मेलनमा विश्वभरबाट समाजवादी नेताहरू काठमाडौं आउँदैछन् । सोही कार्यक्रममा भाग लिन एलिडा पनि नेपाल आउने भएकी हुन् ।  

लमजुङ क्याम्पसमा नेविसंघ र अखिलका विद्यार्थीबीच कुटाकुट, चार जना घाइते
आर्थिक परिवेश संवाददाता

लमजुङ, २७ माघ । लमजुङको कृषि र पशु विज्ञान अध्ययन संस्थान (लमजुङ क्याम्पस) मा कांग्रेसनिकट नेविसंघ र नेकपा एमालेनिकट अनेरास्ववियुका विद्यार्थीबीच कुटाकुट भएको छ । शनिवार विहान सुन्दरबजार नगरपालिका–७ स्थित क्याम्पसको होस्टलमा दुई पक्षबीच कुटाकुट भएको हो । नेविसंघनिकट भनिएका विद्यार्थी अखिलमा लगिएको निहुँमा विवाद सुरू भएको थियो । नेविसंघनिकट विद्यार्थीले चौरमा बसिरहेका विद्यार्थीमाथि विना कारण आक्रमण गरेको अनेरास्ववियुको दाबी छ । घटनामा अनेरास्ववियुमा आबद्ध चार जना घाइते भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ । घाइतेहरुको अस्पतालमा उपचार भइरहेको छ भने घटनामा संलग्न कसैलाई प्रहरीले नियन्त्रणमा भने लिएको छैन । अनेरास्ववियु केन्द्रीय अध्यक्ष समीक बडाल र गण्डकी प्रदेश अध्यक्ष…

गोपीकृष्ण सिनेमा हल फागुन १ गतेदेखि बन्द हुने
आर्थिक परिवेश संवाददाता

काठमाडौं, २७ माघ । काठमाडौंको चाविहिलस्थित गोपीकृष्ण सिनेमा हल यही फागुन १ गतेदेखि बन्द हुने भएको छ । गोपीकृष्ण मुभिज प्रालिले एक विज्ञप्ति जारी गर्दै हल बन्द गर्ने निर्णय गरेको जानकारी दिएको छ । २८ वर्ष पुरानाे यस हल बन्द गर्ने निर्णय गरिएकाे प्रबन्ध निर्देशक नीरक पौडेलले जनाए चलचित्रकर्मी, हाल राप्रपा नेता उद्धव पौडेलको अगुवाइमा यो हल २०५२ सालमा स्थापना भएको थियो । पौडेलले यसलाई सिनेमाको निर्माण, प्रदर्शन र वितरण गरी तीनै विधामा गनेचुनेको व्यवसायिक घरानाका रूपमा स्थापित गरेका थिए । कोरोनाकालदेखि नै चलचित्र क्षेत्रमा आएको व्यावसायिक मन्दीका कारण यस प्रा.लि.ले व्यहोर्नुपरेको बढ्दो घाटा र राज्यको विद्यमान कर प्रणालीका कारण…

दिमाग तेजिलो बनाउन यी खानेकुराहरुको सेवन गर्नुहोस्
आर्थिक परिवेश संवाददाता

एजेन्सी, २७ कात्तिक, २०८१ । मस्तिष्कको विकासको लागि अन्य कुरा सँगसँगै खानेकुराको उत्तिकै महत्वपूर्ण भूमिका हुन्छ । जसको नियमित सेवनले स्मरण शक्तिको विकास गर्न सकिन्छ । यी कुराहरु हाम्रै भान्छामा पनि हुने गर्दछन् । तर हामी त्यसलाई वेवास्ता गर्दछौं । आज हामी स्मरणशक्ति वृद्धि गर्ने केही खानेकुराबारे चर्चा गर्दैछौं । १. गोलभेँडा : गोलभेडामा हुने लाइकोपिन तत्वले शरीरमा स्वतन्त्र रेडिकल्सको सुरक्षा गर्दछ र मस्तिष्क कोषको क्षयिकरण रोक्दछ । त्यसका साथै गोलभेँडामा प्रोटिन, भिटामिन, तथा विभिन्न खाले लवण जस्ता तत्व पाइन्छन् । २. ओखर : दिनहुँ ओखर सेवन गर्नाले स्मरण शक्तिको वृद्धिका लागि निकै सहयोग पुग्छ । यसमा ओमेगा थ्री फ्याट्टी…