कपिलवस्तु बस दुर्घटना : मृतक १० जना कै सनाखत
आर्थिक परिवेश संवाददाता

काठमाडौं, ३ फागुन । कपिलवस्तुमा आज भएको बस दुर्घटनामा मृत्यु भएका १० जना कै सनाखत भएको छ । महेन्द्रनगरबाट काठमाडौंतर्फ जाँदै गरेको सुनौलो महाकाली यातायातको सुपप्र ०२–००१ ख ००९८ नम्बरको बस शिवराज नगरपालिका–१ सुरही पुल नजिकै दुर्घटनामा परेको थियो । दुर्घटनामा ७ पुरुष र ३ महिलासहित १० जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख एसपी नवरत्न पौडेलले जानकारी दिएका छन् । मृतकहरु सबैको सनाखत भएको प्रहरीले जनाएको छ । मृतकहरुमा रौतहट औराही–३ का ४६ वर्षीय नारायण बहादुर भण्डारी, कालिजंग गण गोरुसिंगेमा कार्यरत अर्जुनकुमार योगी, भारत उत्तर प्रदेशका सकिल मुसलमान, भीमदत्त नगरपालिका–१ कन्चनपुरका २७ वर्षीय राहुलराम कामी, भीमदत्त–४ कन्चनपुरका २४…

प्रचण्डद्वारा मस्यौदा विधान पेस
आर्थिक परिवेश संवाददाता

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रत्यक्ष निर्वाचनमार्फत सबै कमिटीहरु निर्माण गर्ने प्रस्ताव गरेका छन् । मंगलबारदेखि प्रज्ञा भवनमा सुरु भएको माओवादी केन्द्रको विधान अधिवेशनमा अध्यक्ष प्रचण्डले मस्यौदा विधानबारे सामान्य ब्रिफिङ र मस्यौदा प्रस्ताव पेस गरेका थिए । सो क्रममा प्रचण्डले प्रत्यक्ष निर्वाचनमार्फत नै स्थानीय तहदेखि केन्द्रीय कमिटीसम्म चयन गर्ने विषय उठ्दै आएकाले यसबारे अहिलेको परिस्थितिमा प्रत्यक्ष निर्वाचित कमिटी नै हितकर हुनसक्ने प्रचण्डले धारणा राखेका थिए । यस्तै केन्द्रीय समिति निर्वाचित गरिसकेपछि पनि केही निश्चित प्रतिशत कोटा राख्ने कुरा पनि बैठकमा भएको र भएको र सोअनुसार १० प्रतिशत सहवरणको प्रावधान राख्ने अध्यक्ष प्रचण्डले प्रस्ताव राखेका थिए । अधिवेशनमा करिब…

पार्टीलाई १० प्रतिशत पनि समय नदिनेलाई कारबाही : प्रचण्ड
आर्थिक परिवेश संवाददाता

काठमाडौं, २९ माघ । नेकपा माओवादी केन्द्रले पार्टीले सञ्चालन गरेको चार महिने विशेष रुपान्तरण अभियानका क्रममा पार्टीको जिम्मेदवारी १० प्रतिशत पनि पुरा नगर्नेमाथि कारवाही गर्ने भएको छ । सोमबार पार्टी केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं पार्टी अध्यक्ष प्रचण्डले यस्तो घोषणा गरेका हुन् । उनले पार्टीको काममा १० प्रतिशत पनि नखट्ने नेताहरुलाई कारबाही गर्ने बताए । आगामी दुई दिनभित्र सबै प्रदेशका इन्चार्जहरुलाई रिपोर्ट दिन निर्देशन गर्दै रिपोर्ट आएपछि सोही रिपोर्टका आधारभा विधान अधिवेशनको अन्तिम दिन निर्णय गरेर अधि बढिने बताए । त्यसतै अभियानका क्रममा धेरै खटिने नेताहरुलाई विशेष सम्मान गरिने पनि उनले बताए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सरकारको पूर्ण समर्थन छ : प्रधानमन्त्री प्रचण्ड
आर्थिक परिवेश संवाददाता

काठमाडौं, २८ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको भ्रष्टाचार नियन्त्रणका लागि अख्तियार दुरुपयोग अनुसन्धानका आयोगले चालेका कदमहरुमा नेपाल सरकारको पूर्ण समर्थन रहेको बताएका छन् । सरकारले ठूला भ्रष्टाचारका घटनालाई छानबिन तथा अनुसन्धानको दायरामा ल्याइरहेको भन्दै विभिन्न कालखण्डमा भएका सबै साना–ठूला भ्रष्टाचारजन्य घटनाउपर स्वतन्त्र छानबिन र अनुसन्धान गर्ने सन्दर्भमा आयोगलाई सरकारको पूर्ण समर्थन र सहयोग रहने प्रतिवद्धता व्यक्त गरे । आइतबार अख्तियार दुरुपयोग अनुसन्धानका आयोगको ३३ औं स्थापना दिवसको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । उनले सरकारी जग्गा हडप्‍ने, व्यक्तिगत नाममा कायम गर्नेहरूलाई छानविन अनुसन्धान गरिरहेको भन्दै क्रिप्टोकरेन्सी कारोवारी, हुन्डी कारोवारी, सुन तस्कर र सहकारी…

बलिउड अभिनेता मिथुन चक्रवर्ती अस्पताल भर्ना
आर्थिक परिवेश संवाददाता

काठमाडौँ, २७ माघ । बलिउडका दिग्गज अभिनेता मिथुन चक्रवर्ती अस्पताल भर्ना भएका छन् । छातीमा समस्या देखिएपछि शनिवार उनलाई कोलकत्तास्थित एक निजी अस्पतालमा आपतकालिन इकाइमा भर्ना गरिएको भारतीय मिडियाले जनाएका छन् । यद्यपि उनलाई के भएको हो भनेर अस्पतालले कुनै जानकारी गराएको छैन । ७३ वर्षीय चक्रवर्तीको स्वास्थ्यस्थितिबारे परिवारले पनि कुनै प्रतिक्रिया दिएको छैन । अभिनेता अस्पतालमा भर्ना भएको खबर आएदेखि नै उनका फ्यानहरूले उनको स्वास्थ्य लाभको कामना गरिरहेका छन् । हालै मिथुन चक्रवर्तीलाई सिनेमा उद्योगमा उनको योगदानको लागि देशको प्रतिष्ठित पद्मभूषण पुरस्कारबाट सम्मानित गरिएको थियो।