पार्टीलाई १० प्रतिशत पनि समय नदिनेलाई कारबाही : प्रचण्ड

निकासखबर संवाददाता

काठमाडौं, २९ माघ । नेकपा माओवादी केन्द्रले पार्टीले सञ्चालन गरेको चार महिने विशेष रुपान्तरण अभियानका क्रममा पार्टीको जिम्मेदवारी १० प्रतिशत पनि पुरा नगर्नेमाथि कारवाही गर्ने भएको छ । सोमबार पार्टी केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं पार्टी अध्यक्ष प्रचण्डले यस्तो घोषणा गरेका हुन् ।

उनले पार्टीको काममा १० प्रतिशत पनि नखट्ने नेताहरुलाई कारबाही गर्ने बताए । आगामी दुई दिनभित्र सबै प्रदेशका इन्चार्जहरुलाई रिपोर्ट दिन निर्देशन गर्दै रिपोर्ट आएपछि सोही रिपोर्टका आधारभा विधान अधिवेशनको अन्तिम दिन निर्णय गरेर अधि बढिने बताए । त्यसतै अभियानका क्रममा धेरै खटिने नेताहरुलाई विशेष सम्मान गरिने पनि उनले बताए ।

मा प्रकाशित