काँग्रेस र लोसपा एमसीसीको पक्षमा, संसदलाई अनिवार्य उपस्थित हुन निर्देशन
आर्थिक परिवेश संवाददाता

काठमाडौं। नेपाली ककाँग्रेसले बिहीबार बस्ने प्रतिनिधि सभाको बैठकमा अनिवार्य उपस्थित हुन आफ्नो पार्टीबाट प्रतिनिधित्व गर्ने सांसदलाई निर्देशन दिएको छ । काँग्रेस संसदीय दलका सचेतक पुष्पा भुसाल गौतमका अनुसार पार्टीका सांसदलाई अनिवार्य उपस्थित हुन निर्देशन दिएको हो । काँग्रेस केन्द्रीय सदस्यसमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रतिनिधि सभाको फागुन ८ गतेको बैठकमा अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुमोदनका लागि प्रस्तुत गरेका थिए । यसैगरी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले संसद्मा पेस भएको अमेरिकी सहयोग परियोजना (एमसीसी)को पक्षमा रहने निर्णय गरेको छ । लोसपा नेपालको संसदीय दलको बुधबार बसेको बैठकले एमसीसी विकास परियोजना भएकाले यसको पक्षमा रहने निर्णय…

एमसिसीमा सहयोग नगरे गठबन्धन टुट्छः रामचन्द पौडेल
आर्थिक परिवेश संवाददाता

तनहुँ। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमसीसीमा पुष्पकमल दाहाल (प्रचण्ड) र माधवकुमार नेपालले सहयोग नगरे वर्तमान गठबन्धन टुट्ने बताएका छन् ।  प्रेस युनियन तनहुँले दमौलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । प्रस युनियनले गरेको पत्रकार सम्मेलनमा पौडेललेनेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)ले एमसिसी पारित गर्न सहयोग नगरे गठबन्धन कायमै राख्नुपर्छ भन्ने पक्षमा काङ्ग्रेस नरहेको बताउँदै सरकारले ल्याएको प्रस्तावको गठबन्धनका दलले सहयोग गर्नुपर्ने बताए । उनले गठबन्धनले साथ नदिए प्रमुख प्रतिपक्षी दलको सहयोगमा भए पनि एमसिसी पास गर्ने पक्षमा कांग्रेस रहेको स्पष्ट पारेका छन् । नेता पौडेलले एमसीसी असफल बनाएर गठबन्धन कायमै राख्छौँ भन्ने कुरा नगर्न…

एमसीसीमाथि आजदेखि छलफल हुने, छलफलपछि सम्झौता पारितको चरणमा जाने
आर्थिक परिवेश संवाददाता

काठमाडौँ । प्रतिनिधि सभामा पेस भएको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौताबारेमा बिहीबारदेखि सैद्धान्तिक छलफल प्रारम्भ हुने भएको छ । प्रतिनिधि सभा सचिवालयले सैद्धान्तिक छलफललाई सम्भावित कार्यसूचीमा समावेश गरिसकेकोले आजको बैठकबाट छलफल प्रारम्भ हुने भएको हो । कार्यसूचीलाई आजै बस्ने कार्यव्यवस्था परामर्श समितिले अन्तिम रूप दिनेछ । प्रमुख विपक्षी दल नेकपा (एमाले)को अवरोधबीच सैद्धान्तिक छलफल प्रारम्भ हुन लागेको हो । एमसीसीको सैद्धान्तिक छलफल प्रारम्भअघि महान्यायाधिवक्ता कार्यालयको प्रतिवेदन पेसको कार्यसूची रहेको छ । सरकारका तर्फबाट कानुन न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले प्रतिवेदन पेस गर्ने छन् । सैद्धान्तिक छलफलमा सम्झौताका सिद्धान्तमाथि बहस हुनेछ । जसमा सभामुखले तोकेको समयसम्म नाम टिपाउने सदस्यहरूले…

युक्रेनमा नागरिक उडानमा प्रतिबन्ध, राजधानीमै बिस्फोटका आवाज
आर्थिक परिवेश संवाददाता

एजेन्सी । युक्रेनको हवाई क्षेत्रमा नागरिक विमानको उडानहरूमा प्रतिबन्ध लगाइएको छ । ‘नागरिक उड्डयनका लागि सम्भावित खतराका कारण प्रतिबन्ध गरिएको नोटिस टु एयरमेन (नोटम)ले जनाएको छ । यसबारे विस्तृत विवरण आउन बाँकी छ । युक्रेनी अधिकारीहरुले यसबारे कुनै टिप्पणी गरेका छैनन् । तर, प्रमुख युक्रेनी विमानस्थलहरुमा आगमन र प्रस्थान निर्धारित समयअनुसार चलिरहेको बताइएको छ । यसैबीच, युक्रेनको राजधानी किभ नजिक पाँचदेखि ६ ओटा बिस्फोटका आवाज सुनिएको बताइएको छ ।

नेपालआजका अध्यक्ष गुरागाइँमाथि महिला हिंसाको आरोप
आर्थिक परिवेश संवाददाता

काठमाडौं । नेपालआज डटकम नामक अनलाइनका अध्यक्ष माधव गुरागाइँमाथि महिला हिसा गरेको आरोप लागेको छ । कार्यालयमै काम गरेका एक महिलाले महिला हिंसा गरेको उजुरी दिएपछि उनि निरुद्ध महिला हिसाको आरोप लागेको हो । यस विषयमा प्रेस काउन्सिल नेपालमा ती महिलाले म्यासेजको स्क्रिनसर्ट सहित उजुरी दिएपछि काउन्सिलले नेपाल प्रहरीलाई पत्राचार गरेको छ । महानगरीय प्रहरी परिसर, काठमाडौंमा केही दिनअघि एक महिलाले प्रमाणसहित गुरागाईंले मानसिक यातना तथा हिंसा गरेको उजुरी दर्ता गराएकी थिइन् । लगत्तै साइबर ब्युरोले गुरागाईलाई सम्पर्कमा आउन भनेको थियो । तर, गुरागाइँ आफूलाई कुनै पनि निकायले केही जानकारी नगराएको बताएका छन् । प्रेस काउन्सिल नेपालले प्रहरीमा गरेको पत्राचारबारे…