काँग्रेस र लोसपा एमसीसीको पक्षमा, संसदलाई अनिवार्य उपस्थित हुन निर्देशन

निकासखबर संवाददाता

काठमाडौं। नेपाली ककाँग्रेसले बिहीबार बस्ने प्रतिनिधि सभाको बैठकमा अनिवार्य उपस्थित हुन आफ्नो पार्टीबाट प्रतिनिधित्व गर्ने सांसदलाई निर्देशन दिएको छ । काँग्रेस संसदीय दलका सचेतक पुष्पा भुसाल गौतमका अनुसार पार्टीका सांसदलाई अनिवार्य उपस्थित हुन निर्देशन दिएको हो ।

काँग्रेस केन्द्रीय सदस्यसमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रतिनिधि सभाको फागुन ८ गतेको बैठकमा अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुमोदनका लागि प्रस्तुत गरेका थिए ।

यसैगरी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले संसद्मा पेस भएको अमेरिकी सहयोग परियोजना (एमसीसी)को पक्षमा रहने निर्णय गरेको छ । लोसपा नेपालको संसदीय दलको बुधबार बसेको बैठकले एमसीसी विकास परियोजना भएकाले यसको पक्षमा रहने निर्णय गरेको हो ।

बैठकले एमसीसीबारे आवश्यकताअनुसार थप निर्णय गर्नु परेमा त्यसको अधिकार अध्यक्ष महन्थ ठाकुरलाई प्रदान गरेको लोसपाका नेता डा. सुरेन्द्रकुमार झाले जानकारी दिए ।

लोकतान्त्रिक समाजवादी पार्टीका नेता एवं सांसद शरतसिंह भण्डारीले आफ्नो पार्टीले एमसीसीका पक्षमा मतदान गर्ने बताए । एमसीसी संसद्बाट अनुमोदन गर्नुपर्ने बताउँदै यस विषयमा चलाइएको भ्रम एमसीसी कार्यान्वयनमा गरिएपछि निवारण हुने उनको भनाइ छ ।

बिहीबार प्रतिनिधि सभाको बैठकमा सबै सांसदहरूलाई अनिवार्य उपस्थित हुन लोसपाले पनि निर्देशन दिएको छ । प्रतिनिधि सभामा लोसपाका १३ सांसद रहेका छन् ।

मा प्रकाशित