दुरुपयोग भइरहेको एम्बुलेन्स प्रहरीले लियो नियन्त्रणमा
आर्थिक परिवेश संवाददाताखोटाङ । खोटाङमा बिरामी बोक्ने एम्बुलेन्सको दुरुपयोग भइरहेको पाइएको छ । नेपाल भारत सहयोग लेखिएको स१च १२४२ नम्बरको एम्बुलेन्सलाई बिरामी बोक्नुको सट्टा अन्य यात्रु बोक्नमा प्रयोग गरिएको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको छ । एम्बुलेन्सले बिरामीको सट्टा अन्य यात्रुलाई बोकेको सूचनाका आधारमा नियन्त्रणमा लिएर कारबाहीका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी उमेश लम्सालले बताए । भारतीय भूतपूर्व सैनिक संघको नाममा रहेको सो एम्बुलेन्स दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका प्रेमचन्द्र राईले मासिक १५ हजार भाडामा चलाउँदै आएका थिए । दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खास्थित प्रहरी चौकीले राईलाई मंगलबार एम्बुलेन्स सहित नियन्त्रणमा लिएको हो । यस बारेमा थप अनुसन्धान…
पशुपति धर्मशाला फिर्ता : आलेद्वारा मन्त्रीस्तरीय निर्णयबाट ‘बतास’ सँगको सम्झौता भंग
आर्थिक परिवेश संवाददातासांस्कृतिक एवं नेपाल–भारत द्विपक्षीय मान्यता तथा सहमतिविपरीत ‘तारे होटल’ सञ्चालन गर्न तत्कालीन सरकारले विवादास्पद व्यापारिक समूहलाई ठेक्कामा दिएको तिलगंगास्थित पशुपति धर्मशाला संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले फिर्ता लिएका छन् । मन्त्रीस्तरीय निर्णयबाट मन्त्री आलेले नेपाल–भारत मैत्री पशुपति धर्मशाला सञ्चालनको सम्झौता फिर्ता लिइएको बुधबार बताएका हुन् । ‘छानबिन समितिले गरेको सिफारिसका आधारमा धर्मशाला फिर्ता लिने निर्णय गरेका छौं’, मन्त्री आलेले भनेका छन्– ‘अब धर्मशाला बतास समूहले सञ्चालन गर्दैन ।’ धर्मशाला भाडामा दिँदा मिलेमतो भएको उल्लेख गर्दै पशुपति क्षेत्र विकास समितिका कोषाध्यक्ष नारायण सुवेदीको संयोजकत्वमा गठित छानबिन समितिले उक्त सम्झौता रद्द गरी धर्मशाला फिर्ता लिनुपर्ने निष्कर्षसहितको प्रतिवेदन केही दिनअघि मन्त्री…
२० देशमा राजदूत खालि : कूटनीतिक सम्बन्ध ठप्प
पत्रपत्रिकाबाटविभिन्न मुलुकमा रहेका नेपालका कूल ३० वटा राजदूतावासमध्ये २० वटा राजदूतावासमा लामो समयदेखि राजदूत पद रिक्त छ । कोभिड– १९ को महामारीका बेला अन्तर्राष्ट्रिय सहयोग र सद्भाव लिनुुपर्ने तथा द्विपक्षीय सम्बन्धलाई अझ बलियो बनाउनुपर्ने बेला राजदूत पद नै रिक्त रहनु राम्रो नभएको कुटनीतिज्ञहरूको भनाइ छ ।विश्वका १७१ मुलुकसँग द्विपक्षीय कूटनीतिक सम्बन्ध स्थापना गर्न नेपाल सफल भएको छ । असल सम्बन्ध स्थापित गर्ने अत्यावश्यक माध्यमका रूपमा रहेका राजदूतावास खालि रहँदा नाम मात्रको कूटनीतिक सम्बन्ध रहन जाने परराष्ट्रविद् मदनकुमार भट्टराई बताउँछन् । यसरी राजदूत पद खालि रहँदा नेपालको आफ्नो प्रतिनिधित्वमा विदेशमा सवाल उठ्न सक्ने उनको भनाइ छ । तीन देशका राजदूतको संसदीय…
माओवादी सर्कुलर : माघ २७ मा पदाधिकारी चयन र केन्द्रीय समितिको पूर्णता
आर्थिक परिवेश संवाददाताकाठमाडौं, ९ माघ । सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) ले केन्द्रीय पदाधिकारीहरुको चयन र बाँकी रहेका केन्द्रीय सदस्यहरुको मनोनयन माघ २७ मा गर्ने भएको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शनिबार अन्तर्पार्टी परिपत्र जारी गर्दै पार्टीपंक्तिमा सोको जानकारी गराएका हुन् । यसअघि मिति तोकेर पनि दुई पटक स्थगित केन्द्रीय समितिको बैठक माघ २७ देखि काठमाडौमा बस्ने र सोही बैठकले पदाधिकारी चयन, केन्द्रीय समितिको पूर्णता, समसामयिक राजनीतिलगायतका निर्णय गर्ने अध्यक्ष प्रचण्डले जनाएका छन् । आठौं राष्ट्रिय महाधिवेशन सकिएको डेढ महिनापछि केन्द्रीय समितिले पूर्णता र पार्टीले केन्द्रीय पदाधिकारी पाउने भएको छ । पुस ११–१८ मा राजधानीमा सम्पन्न आठौं राष्ट्रिय महाधिवेशनपछि अध्यक्ष…
उपत्यकामा जोरबिजोर : यी सवारीलाई लागू हुँदैन (सूचनासहित)
आर्थिक परिवेश संवाददाताकाठमाडौं, ८ माघ । शुक्रबार (७ माघ) राति बाह्र बजेदेखि अर्को सूचना नभएसम्मका लागि काठमाडौंं उपत्यकामा चल्ने सवारी साधनमा जोर–बिजोर प्रणाली लागू गरिएको छ । यीमध्ये कतिपय अत्यावश्यक सेवाका सवारी साधनमा भने जोर–बिजोर लागू नहुने काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले स्पष्ट पारेका छन् । जोर–बिजोर नम्बरका आधारमा सवारी साधन सञ्चालन गर्ने स्थानीय प्रशासनको निर्णयमा अन्यौल देखिएपछि दुई जिल्ल प्रशासनले शुक्रबार फेरि विज्ञप्ति निकालेर थप स्पष्ट पारेका हुन् । पछिल्ले सूचनाअनुसार औषधि एवं स्वास्थ्य सामग्री बोकेका सवारी साधन, एम्बुलेन्स, दमकल, शवबाहन, ग्यास र पेट्रोलियम पदार्थ बोकेका सवारी साधनमा पनि जोर–बिजोर प्रणाली लागू नहुने भएको छ । यसैगरी खाद्यान्न, दूग्धजन्य…

