एमसिसीमा सहयोग नगरे गठबन्धन टुट्छः रामचन्द पौडेल

निकासखबर संवाददाता

तनहुँ। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमसीसीमा पुष्पकमल दाहाल (प्रचण्ड) र माधवकुमार नेपालले सहयोग नगरे वर्तमान गठबन्धन टुट्ने बताएका छन् ।  प्रेस युनियन तनहुँले दमौलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।

प्रस युनियनले गरेको पत्रकार सम्मेलनमा पौडेललेनेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)ले एमसिसी पारित गर्न सहयोग नगरे गठबन्धन कायमै राख्नुपर्छ भन्ने पक्षमा काङ्ग्रेस नरहेको बताउँदै सरकारले ल्याएको प्रस्तावको गठबन्धनका दलले सहयोग गर्नुपर्ने बताए ।

उनले गठबन्धनले साथ नदिए प्रमुख प्रतिपक्षी दलको सहयोगमा भए पनि एमसिसी पास गर्ने पक्षमा कांग्रेस रहेको स्पष्ट पारेका छन् । नेता पौडेलले एमसीसी असफल बनाएर गठबन्धन कायमै राख्छौँ भन्ने कुरा नगर्न गठबन्धनका नेतालाई आग्रह गरे । उनले उस्तै परे चुनावमा पनि जान सकिने बताउँदै चुनाव घोषणा पनि हुन सक्ने संकेत गरेका थिए ।

एमसीसी अमेरिकी जनताको उपहार भएको बताउँदै वरिष्ठ नेता पौडेलले एमसिसीको विषयमा अनावश्यक भ्रम फैलाइएको आरोप लगाए। एमसीसी अमेरिकी साम्राज्यवाद नभएर विकास परियोजना रहेको बताउँदै उनले जनताका बीचमा भ्रम फैलाउने काम गरिए बताए ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!
मा प्रकाशित