एमाले र माओवादी केन्द्रका शीर्ष नेताको बैठक जारी
आर्थिक परिवेश संवाददाता

काठमाडौं । एमाले र माओवादी केन्द्र का शीर्ष नेताको बैठक जारी छ । संघीय संसद् भवन नयाँ बानेश्वरमा एमाले र माओवादी केन्द्रका शीर्ष नेताबीच भेटवार्ता जारी छ । भेटवार्तामा एमाले अध्यक्ष केपी ओली, उपाध्यक्ष ईश्वर पोखरेल, विष्णु पौडेल, सुवासचन्द्र नेम्वाङ, विशाल भट्टराई तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नारायणकाजी श्रेष्ठ, देव गुरुङलगायत सहभागी छन् ।

बिहीबारको बानेश्वर दिनभर युद्धमैदान जस्तै ‘फटो फिचर’
आर्थिक परिवेश संवाददाता

काठमाडौं । बिहीबार दिनभर बानेश्वर क्षेत्र तनाव ग्रस्त रह्यो । एमसीसीको विपक्षमा प्रदर्शनमा उत्रिएका र सुरक्षाकर्मीबीचको झडपले नयाँ बानेश्वरले बानेश्वर क्षेत्र नतावग्रस्त रहेको थियो । बिहीबार दिउँसो बस्ने प्रतिनिधिसभाबाट एमसीसी पास गर्ने लागेको भन्दै प्रदर्शनमा उत्रिएका प्रदर्शनकारी र उनिहरुलाई रोक्न खोज्ने सुरक्षाकर्मीबीचको झडपले बानेश्वर क्षेत्रले ‘युद्ध मैैदान’को झल्को दिएको थियो । बानवरको पूर्व तिर नेपाल मजदुर किसान पार्टीले एमसीसीको विरुद्धमा शान्तिपुर्ण प्रदर्शन गरको थियो । यही प्रदर्शन पछि प्रदेश सांसद सृजना सैंजु आफै प्रदर्शनकारीले सभामा फोहार गेको फोहोर संकलन गरिरहेको दृश्यमा अधिकाँशको आँखा पुगेका थिए ।  यस्तै बानेश्वरको पश्चिम तिर विप्लव नेतृत्वको नेकपा सहित छ बाम घटकले पनि शान्तिपूर्ण विरोध…

एकीकृत समाजवादीका शिर्षनेता र मन्त्री एमसीसीको दुई पक्षमा
आर्थिक परिवेश संवाददाता

काठमाडौं। सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी)का मन्त्रीहरू एमसीसीको पक्षमा रहेका छन् । पार्टीबाट मन्त्री भएका केही मन्त्रीहरुले त केही दिन अघि देखीनै आफूहरु एमसीसीको पक्षमा रहेको बताइ रेका थिए । पछिल्लो समय मन्त्रीहरु एमसीसीको पक्षमा रहँदा नेताहरू भने विपक्षमा देखिएका छन्। सरकारमा सहभागी भएका मन्त्रीहरू एमसीसी सदनबाट अनुमोदन गराउनु पर्ने पक्षमा रहँदै गर्दा शीर्ष नेताहरू एमसीसीको विपक्षमा उभिँदै कार्यकर्तालाई सडकमा उतारी रहेका छन्। नेकपा एकीकृत समाजवादीबाट सरकारमा सहभागी मन्त्रीहरू किसान श्रेष्ठ, रामकुमारी झाँक्री र प्रेमबहादुर आले एमसीसीको पक्षमा रहेका छन् । तर, शीर्ष नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल एमसीसीको विपक्षमा । अध्यक्ष माधवकुमार नेपाल पक्ष वा विपक्षमा स्पष्ट रुपमा…

गाईघाटमा अमेरिकी राष्ट्रपतिको पुत्ला दहन
आर्थिक परिवेश संवाददाता

उदयपुर । उदयपुरको सदरमुकाममा रहेको त्रियुगा जनता बहुमुखी क्याम्पस मोतिगडाका विद्यार्थीहरूले बिहानैदेखि एमसीसीको विरोधमा प्रदर्शन गर्दै अमेरिकी राष्ट्रपतिको पुतला दहन गरेका छन् । प्रदर्शनकारीहरुले मुख्य सडक अवरुद्ध पार्दै एमसीसी खारेजीको माग राख्दै अमेरिकी राष्ट्रपतिको पुत्ला दहन गरेका हुन् । विद्यार्थी पोशाकमै सडकमा ओर्लिएका प्रदर्शनकारीहरु सयौंका संख्यामा रहका छन् । उनीहरुले गाईघाटको मुख्य सडकमा प्रदर्शन अहिले पनि जारी राखेका छन । त्रियुगा जनता बहुमुखी क्याम्पस मोतिगडाबाट प्रर्दशन गर्दै गाईघाट बजार परिक्रमापछि मेन चोकमा कोण सभापछि अमेरिकी राष्ट्रपतिको पुत्ला दहन गरेका थिए । पुत्ला दहनपछि विद्यार्थीहरूले जिल्ला प्रशासन कार्यालय उदयपुरमा ज्ञापन पत्र बुझाएका छन् । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)…

माओवादी केन्द्र र एकीकृत समाजवादी एमसीसीको विपक्षमा उभिने
आर्थिक परिवेश संवाददाता

काठमाडौं । नेकपा माओवादी केन्द्र र नेकपा समाजवादी एमसीसीको विपक्षमा उभिने भएका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित सम्मानित नेता झलनाथ खनालबीच बिहीबार बिहान भएको छलफलमा दुवै दलका सांसदहरुले एमसीसीको विपक्षमा एकताबद्ध भएर उभिने सहमति गरेका हुन् । प्रतिनिधि सभामा आजबाट एमसीसीमाथि सैद्धान्तिक छलफल हुँदैछ । संशोधनबिना एमसीसी अनुमोदन गर्न नहुने आफूहरुको अडान यथावत रहेको भन्दै दुबै दलले एमसीसीको विपक्षमा हने निर्णय गरेको नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले बताए । यो अवस्थामा संसदमा कसरी पेश हुने र मत विभाजन भए के गर्ने भन्नेबारेमा छलफल भएको उनको भनाइ छ ।…