माओवादी केन्द्र र एकीकृत समाजवादी एमसीसीको विपक्षमा उभिने

निकासखबर संवाददाता

काठमाडौं । नेकपा माओवादी केन्द्र र नेकपा समाजवादी एमसीसीको विपक्षमा उभिने भएका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित सम्मानित नेता झलनाथ खनालबीच बिहीबार बिहान भएको छलफलमा दुवै दलका सांसदहरुले एमसीसीको विपक्षमा एकताबद्ध भएर उभिने सहमति गरेका हुन् ।

प्रतिनिधि सभामा आजबाट एमसीसीमाथि सैद्धान्तिक छलफल हुँदैछ । संशोधनबिना एमसीसी अनुमोदन गर्न नहुने आफूहरुको अडान यथावत रहेको भन्दै दुबै दलले एमसीसीको विपक्षमा हने निर्णय गरेको नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले बताए । यो अवस्थामा संसदमा कसरी पेश हुने र मत विभाजन भए के गर्ने भन्नेबारेमा छलफल भएको उनको भनाइ छ । एमसीसीको विपक्षमा एकतावद्ध भएर उभिन सहमत भएको उनले बताए ।

माओवादी र एकीकृत समाजवादीमा एमसीसीको विपक्षमा उभिन शीर्ष नेताहरूमाथि चर्को दवाव छ । तर गठबन्धनमा रहेकाले प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पास गर्न सहयोग मागिरहेका छन् ।

माओवादी केन्द्र र एकीकृत समाजवादी एमसीीको विपक्षमा रहेको खण्डमा एमालेको सहयोग लिएर आफूहरु अगाडी बढ्ने काँग्रेस नेताहरुले सार्वजानिक रुपमा बताईरहेका छन् ।

मा प्रकाशित