एकीकृत समाजवादीका शिर्षनेता र मन्त्री एमसीसीको दुई पक्षमा

निकासखबर संवाददाता

काठमाडौं। सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी)का मन्त्रीहरू एमसीसीको पक्षमा रहेका छन् । पार्टीबाट मन्त्री भएका केही मन्त्रीहरुले त केही दिन अघि देखीनै आफूहरु एमसीसीको पक्षमा रहेको बताइ रेका थिए ।
पछिल्लो समय मन्त्रीहरु एमसीसीको पक्षमा रहँदा नेताहरू भने विपक्षमा देखिएका छन्। सरकारमा सहभागी भएका मन्त्रीहरू एमसीसी सदनबाट अनुमोदन गराउनु पर्ने पक्षमा रहँदै गर्दा शीर्ष नेताहरू एमसीसीको विपक्षमा उभिँदै कार्यकर्तालाई सडकमा उतारी रहेका छन्।

नेकपा एकीकृत समाजवादीबाट सरकारमा सहभागी मन्त्रीहरू किसान श्रेष्ठ, रामकुमारी झाँक्री र प्रेमबहादुर आले एमसीसीको पक्षमा रहेका छन् । तर, शीर्ष नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल एमसीसीको विपक्षमा ।

अध्यक्ष माधवकुमार नेपाल पक्ष वा विपक्षमा स्पष्ट रुपमा खुलेका छैनन् । तर, पार्टीको निर्देशनमा पार्टीनिकट जनवर्गीय संगठनका नेता कार्यकर्तामा एमसीसीविरुद्ध सडकमा उत्रिएका छन् ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!
मा प्रकाशित