खुमलटारमा माओवादी नेताहरू छलफलमा, सरकारका विषयमा निर्णय गर्ने
आर्थिक परिवेश संवाददाताकाठमाडौं । गठबन्धनमा आवद्ध नेकपा (माओवादी केन्द्र)सहितका दल सरकारमा बस्ने वा नबस्नेबारे निर्णय लिन छलफलमा जुटिरहेका छन्। ललितपुरको खुमलटारस्थित प्रचण्ड निवासमा अहिले माओवादी केन्द्रका नेताहरूबीच सरकारमा बस्ने या नबस्नेबारेमा छलफल भइरहेको छ । छलफलमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका माओवादीका नेता सहभागी रहेका छन् । खुमलटारमा भइरहेको छलफलमा सरकारमा बस्ने या नबस्ने भन्ने विषयमा छलफल भइरहेको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । तर, अन्तिम टुंगोमा भने नेकपा (एकीकृत समाजवादी)का नेताहरुबीचको छलफलपछि पुगिने बताइएको छ । यसका लागि माओवादी नेताहरूले एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाललाई कुरेर बसेका छन् । उपत्यका बाहिर रहेका अध्यक्ष नेपाल काठमाडौं फर्किंदै छन्…
माइतिघरदेखि बानेश्वरसम्म ठूलो संख्यामा प्रहरी तैनाथ
आर्थिक परिवेश संवाददाताकाठमाडौं । बिभिन्न राजनीतिक दलका कार्यकर्ताले अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) विरुद्ध प्रर्दशन गर्ने भएपछि सरकारले काठमाडौंको माइतिघरदेखि बानेश्वरसम्मको सडकमा ठूलो संख्यामा प्रहरी तैनाथ गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा एमसीसी सम्झौता अनुमोदन गर्ने विषयमा छलफल हुने भएपछि बिभिन्न दलले विरोधको कार्यक्रमहरु राखेका छन् । विरोध कार्यक्रम बानेश्वरस्थित संसद भवन वरपर केन्द्रित गरेपछि ती स्थानमा ठूलो संख्यामा प्रहरी खटाइएको हो । एमसीसीलाई लिएर सत्तारुढ दलहरुबीच मतभेद रहेको छ । सत्तारुढ दलमध्यो नेपाली कांग्रेस एमसीसी अनुमोदन गर्ने पक्षमा रहेका छ । अन्य दल नेकपा (माओवादी केन्द्र), नेकपा एस (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, नेपाल र राष्ट्रिय जनमोर्चा एमससीसी संशोधन…
चन्द्रागिरीमा माइक्रो बसमा मोटरसाइकल ठोकिदा एक जनाको मृत्यु
आर्थिक परिवेश संवाददाताकाठमाडौं । काठमाण्डौको चन्द्रगिरी नगरपालिका–७ स्थित सडक छेउमा रोकी राखेको माइक्रो बसमा बिहीबार राति मोटरसाइकल ठोकिदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक २६ बर्षीय आकाश रानाभाट रहेका छन् । गम्भीर घाइते भएका उनको उपचारको क्रममा कलंकी स्थित शहिद मेमोरियल अस्पतालमा राती साढे ११ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । चेकपोष्टबाट चन्द्रागिरी जाँदै गरेको प्रदेश ३, ०२, ०११ प २९१९ नम्बरको मोटरसाइकल अनियन्त्रीत भई सडक छेउमा रोकी राखेको बा २ ख ७०४९ नम्बरको माइक्रो बसमा ठोकिएको थियो । दुर्घटनामा संलग्न मोटरसाइकल र माइक्रो बसका चालकलाई थानकोट प्रहरीले नियन्त्रणमा लिएको छ ।
कांग्रेस–एमाले नेताहरुबीच बालुवाटारमा छलफल सुरु
आर्थिक परिवेश संवाददाताकाठमाडौं । प्रधानमन्त्री निवास नेपाली कांग्रेस र एमालेका शीर्ष नेताहरुबीचको छलफल सुरु भएको छ । बिहीबार राति एमाले नेताहरु छलफलका लागि बालुवाटार पुगे पछि छलफल सुरु भएको हो । बिहीबार दिउँसो संसद भवन नयाँ बानेश्वरमा भएको छलफलका क्रममा साँझ फेरि कुराकानी गर्ने सहमति नेताहरुबीच भएको थियो । संसद बैठक अवरुद्ध भएपछि प्रधानमन्त्री देउवाले छलफललाई तिव्रता दिएका छन् । दिउँसो एमाले अध्यक्ष ओली र देउवाले पार्टीका नेताहरुसँगै संयुक्त रुपमा छलफल गरेका थिए भने एक्ला एक्लै वार्ता पनि गरेका थिए । त्यसपछि ओलीले पार्टीका नेताहरुसँग छलफल गरेर पुन बेलुका बस्ने बताएका थिए । देउवासँगको भेटवार्ता अघि एमालेले माओवादी केन्द्रसँग पनि छलफल गरेको…
कुकुरको टोकाइबाट घाईते महिलाको मृत्यु
आर्थिक परिवेश संवाददाताखोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपामा कुकुरको टोकाइबाट ६७ वर्षीय वृद्धाको मृत्यु भएको छ । रेबिजका कारण वृद्धाको मृत्यु भएपछि गाउँमा त्रास फैलिएको हो । काठमाडौंमा उपचारका क्रममा ६ फागुनमा बिरामीको मृत्यु भएपछि परिवार तथा छरछिमेकका आफन्त गाउँमा त्रास फैलिएको छ । वृद्धालाई हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीबाट डुल्दै आएको कुकुरले ५ माघमा दाहिने हातमा टोकेको थियो । कुकुरले टोकेको ७र८ घण्टापछि जिल्ला अस्पताल दिक्तेलमा पुर्याएर एन्टी रेबिज भ्याक्सिन लगाउँदा पनि बिरामीलाई बचाउन नसकिएको आफन्त सोनाम राईले बताए । एन्टी रेबिज भ्याक्सिनको तीन वटै मात्रा पुरा गरे पनि टोकेको २०र२२ दिनपछि घाउमा अधिक दुखाई सुरु भएको थियो । टोकेको…

