देउवा-ओली बालकोटमा, छलफलमा को-को छन् ?
आर्थिक परिवेश संवाददाता

काठमाडौं ।  प्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् ।  शुक्रबार साँझ बालकोट पुगेका देउवा र ओलीसहित दुई पार्टीका नेताहरुको बैठक बसिरहेको छ । कांग्रेस सभापति समेत रहेका देउवा पार्टी उपसभापति पूर्ण बहादुर खड्का, महामन्त्री गगन थापा र पार्टी नेता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई साथमा लिएर बालकोट पुगेका छन् । सत्ता सहयात्रीहरु नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीसँग दिनभर जसो छलफल गरेका प्रधानमन्त्री देउवा पार्टीको आन्तरिक छलफल सकिएपछि ओलीलाई भेट्न पुगेका बालकोट पुगेका हुन् । एमसीसीका कारण पछिल्लो केही दिन यता देशको राजनीति तरंगित भएको छ भने…

देशभित्र ‘एमसीसी’ विवादित हुँदा वैदेशिक सहायतामा पर्यो असर
आर्थिक परिवेश संवाददाता

काठमाडौं । देशभित्र ५० करोड डलरको अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) लाई लिएर राजनीतिक दलहरु विभाजित हुँदा त्यसको असर नेपाल भित्रने वैदेशिक सहायतामा परेको छ । देशका प्रमुख राजनीतिक दलहरु एमसीसी सहयोग लिने वा नलिने भन्नेमा लामो समयदेखि विवाद गरिरहँदा नेपाल भित्रने वैदेशिक सहायता प्रतिवद्धतामा ठूलो गिरावट आएको हो । अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष २०७८÷७९ को पहिलो ६ महिना (साउनदेखि पुससम्म) मा नेपालले मात्र १ खर्ब १० अर्ब ८५ करोड रुपैयाँ वैदेशिक सहायता प्रतिवद्धता प्राप्त गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा यस वर्षको सुरुवाती ६ महिनामा नेपालले प्राप्त गरेको वैदेशिक सहायता प्रतिवद्धता ४०.९…

एमसीसीविरुद्धको आन्दोलनमा गम्भीर घाइते भएका अवस्थीको स्वास्थ्य अवस्था सधारोन्मुख
आर्थिक परिवेश संवाददाता

काठमाडौं । एमसीसीविरुद्धको आन्दोलनमा गम्भीर घाइते भएका डडेलधुराका २७ वर्षीय हेमराज अवस्थीको स्वास्थ्य अवस्था सधारोन्मुख भएको अस्पतालले जनाएको छ । एमसीसीविरुद्धको आन्दोलनमा काठमाडौंको बिजुलीबजार क्षेत्रमा भएको प्रदर्शनका क्रममा उनि गम्भीर घाइते भएका थिए । बिहीबार बिजुलीबजार क्षेत्रमा भएको प्रदर्शनमा घाइते भएका उनी कसरी घाइते भए भन्ने अझै नखुलेको प्रहीले जनाएको छ । उनको टाउकोमा चोट लागेको थियो । सुरुमा उनलाई राष्ट्रिय ट्रमा सेन्टरमा लगिएको भएपनि त्यहा उपचार संभव नभए पछि शल्यक्रियाका लागि अन्नपूर्ण न्युरो अस्पताल रेफर गरिएको थियो । गए राति नै उनको अन्नपुर्ण न्युरो अस्पतालमा शल्यक्रिया गरिएको छ । शल्यक्रिया सफल भएको र उनलाई भेन्टिलेटरबाट आईसीयूमा सारिएको तथा स्वास्थ्य…

प्रतिनिधिसभा बैठक आइतबारसम्मका लागि स्थगित
आर्थिक परिवेश संवाददाता

काठमाडौं।  प्रतिनिधिसभा बैठक फागुन १५ गते आइतबारसम्मका लागि स्थगित भएको छ । संघीय संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले संसद् बैठक आइतबार दिउँसो १ बजे सम्मका लागि स्थगित भएको जानकारी दिए । अमेरिकी मेलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताबारे छलफल गर्नका लागि शुक्रबार दिउँसो १ बजे संसद् बोलाइएको थियो । सरकारका तर्फबाट कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूले सभामुख अग्निप्रसाद सापकोटाको कार्यालयमा गएर बैठक सार्न आग्रह गरेपछि संसद बैठक आइतबारसम्म स्थगित गरिएको हो । कानुनमन्त्री दिलेन्द्र बडूको आग्रहमा आज बस्ने भनिएको बैठक आइतबार दिउँसो १ बजे बस्ने गरी सारिएको  सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए । बिहीबारका लागि बोलाइएको बैठक सूचना टाँसेर शुक्रबारका लागि…

एमसीसीविरुद्ध ३४ दलको विरोध प्रर्दशन जारी, माइतिघरदेखि कोटेश्वरसम्म विरोधका कार्यक्रम
आर्थिक परिवेश संवाददाता

काठमाडौं । शक्रबार बिभिन्न ३४ वटा राजनीति दलहरुले  अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)विरुद्ध प्रदर्शन गर्न थालेका छन् । एमसीसीका विषयमा शुक्रबार बस्ने प्रतिनिधिसभा बैठकले छलफलपछि अनुमोदन गर्ने तयारी गरेपछि ती दलहरुले विरोधका कार्यक्रम राखेका हुन् । दलहरुले अधिकांश विरोध कार्यक्रम काठमाडौंको माइतिघरदेखि कोटेश्वरसम्म राखेका छन् । ठाउँको अभाव हुँदा एउटै स्थानमा पार्टीका कार्यक्रमहरु समेत जुधेका छन् ।  एमसीसीविरुद्ध विरोध प्रदर्शनको आयोजना गर्नेमा सत्तारुढ दलदेखि साना दलसम्म रहेका छन् । विरोध प्रदर्शन गर्नेहरुले आज बानेश्वरस्थित प्रतिनिधिसभा भवनलाई तीन तिरबाट घेर्ने तयारी गरेका छन् । शुक्रबार एमसीसी विरुद्ध प्रर्दशनको कार्यक्रम राख्नेमा नेकपा (माओवादी केन्द्र), नेपाल मजदुर किसान पार्टी (नेमकिपा), नेपालका लागि…