१४ निर्माण व्यवसायीलाई कालाे सुचीमा राख्ने चेतावनी
आर्थिक परिवेश संवाददाताकाठमाडाैं । ठेक्का ओगटेर निर्धारित समयमा काम गर्न नसकेका १४ निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई सरकारले सात दिने स्पष्टीकरण सोधेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत सार्वजनिक खरिद अनुगमन कार्यालयले प्रतिबद्धताबमोजिम काम नगर्ने निर्माण व्यवसायीलाई सात दिनको समय तोकेर लिखित स्पष्टीकरण मागेको हो । अन्यथा कालोसूचीमा राख्ने कार्यालयको चेतावनी समेत दिएकाे छ । स्पष्टीकरण मागिएका निर्माण कम्पनीमा अहमद हुसेन कन्स्ट्रक्सन, गुप्ता निर्माण सेवा, केपी कन्स्ट्रक्सन, ओम शान्ति निर्माण सेवा, गीताञ्जली निर्माण सेवा, सिंह कन्स्ट्रक्सन, खुशी निर्माण जेभी, कमोद कन्स्ट्रक्सन, फैसल एन्ड अफजल कन्स्ट्रक्सन हुन् । त्यस्तै, सम्बुद्ध सप्लायर्स, चन्दन एन्ड हरिओम कन्स्ट्रक्सन सप्लायर्स, कार्की किचेन, सर्जिकेम डिस्ट्रिब्युटर्स, सुरज जनरल अर्डर सप्लायर्स…
राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनका लागि आचारसंहिता जारी
आर्थिक परिवेश संवाददाताकाठमाडाैं । निर्वाचन आयोगले राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनका लागि यही फागुन १७ गतेदेखि चैत ५ गतेसम्म कायम रहने गरी निर्वाचन आचारसंहिता, २०७९ जारी गर्ने निर्णय गरेको छ । आयोगको माघ १६ गतेको निर्णय अनुसार यही फागुन २५ गते राष्ट्रपतिको र आगामी चैत ३ गते उपराष्ट्रपतिको निर्वाचनका लागि आचारसंहिता जारी गर्न लागेकाे हाे । निर्वाचनका लागि निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी आयोगले आचारसंहिता जारी गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आज जारी गरेकाे प्रेस विज्ञप्तिमा जनाइएको छ । उक्त आचारसंहिता २०७९ भदौ १३ गतेको नेपाल राजपत्र खण्ड—७२, सङ्ख्या ३२ मा प्रकाशन भइसकेको छ ।…
मोदी इनर्जीले साधारण सेयरको निष्कासन तथा बिक्री खुला गर्ने
आर्थिक परिवेश संवाददाताकाठमाडाैं । मोदी इनर्जी लिमिटेडले साधारण सेयरको निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले यही फागुन २५ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ)को बिक्री खुला गर्ने भएको हो । कम्पनीले जारी पुँजी रु दुई अर्ब ९० करोडको २५ प्रतिशत अर्थात् रु ७२ करोड ५० लाख बराबरको प्रतिसेयर रु एक सय दरका ७२ लाख ५० हजार कित्ता साधारण सेयर निष्कासनको अनुमति पाएको छ । यसमा जारी पुँजीको १० प्रतिशत अर्थात् रु २९ करोडको रु एक सय अङ्कित दरका २९ लाख कित्ता सेयर आयोजना प्रभावित क्षेत्र पर्वतको कुश्मा नगरपालिका–३ र…
आफ्नै कार्यकालमा जनताको जीवनमा गुणात्मक परिवर्तन आउँछः प्रधानमन्त्री प्रचण्ड
आर्थिक परिवेश संवाददाताकाठमाडाैं । नेकपा मावादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डले माझी समुदायले फागुन महिनाको साहिँली अर्थात् तेस्रो मंगलबार मनाउने लदी पर्वको अवसरमा शुभकामना व्यक्त गरेका छन् । एक विज्ञप्ति मार्फत प्रधानमन्त्रीले शुत्भकामना ब्यक्त गरेका हुन् । विज्ञप्ति मार्फत प्रधानमन्त्री प्रचण्डले नेपालको आदिवासी जनजातिअन्तर्गत अल्पसंख्यक सीमान्तकृत जाति माझी समुदायले फागुन महिनाको साहिँली अर्थात् तेस्रो मंगलबार मनाउने लदी पर्वको अवसरमा सम्पूर्ण माझी समुदायसहित सबैमा शुभकामना व्यक्त गर्दै -नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताले भरिएको मुलुक हो । नेपालका प्रत्येक जातजाति र धर्मावलम्बीहरूका आ–आफ्नै सांस्कृतिक महत्व बोकेका मौलिक चाडपर्वहरू रहेका छन् । यी चाडपर्वहरूले नयाँ उमङ्ग र उत्साहका साथ एक आपसमा एकता तथा सद्भाव स्थापित गर्न महत्वपूर्ण…
संगठित हुदै प्रदेशका विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानः अनुदान आयोगको नितिमा समावेश गर्न माग
आर्थिक परिवेश संवाददाताविराटनगर । प्रदेश स्तरमा स्थापना भएका विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानहरु संगठित हुन थालेका छन । उनीहरुले पहिलो संयुक्त्त भेला आयोजना गरि अनुदान आयोगमा आफुहरुलाई समावेश गर्न माग गरेका छन । स्थापना भए पनि उद्देश्य र कार्यक्रम अनुसार पर्याप्ट बजेट उपलब् हुननसकेको र अनुदान आयोगको नीतिमा उपेक्षित हुनु परिरहेको भन्दै प्रदेश स्तरका विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानहरुको १४ फागुनमा बाग्मती प्रदेशको राजधानी हेटौडामा सम्पन्न संयुक्त्त भेला अयोाजना गरि विश्वविद्यालय अनुदान आयोगमा आफुहरुलाई समावेश गर्न माग गरेका हुन । प्रदेश १ मामोरङको बुढीगंगा गाउँपालिका हात्तीमुढा स्थित मनमोहन प्राबिधिक विश्वबिद्यालयका उपकुलपति डा सुभाषश्री पोखरेलका अनुसार संघिय सरकारको विश्विद्यालय अनुदान आयोगले अझै सम्म प्रदेशमा स्थापना…

