गोठगाउँमा मेडिकल कलेज चलाउन कोशी अस्पताल प्रयोग गर्ने गरी त्रिपक्षीय सम्झौता
आर्थिक परिवेश संवाददाताकाठमाडौं । मोरङको गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालयमा मेडिकल कलेज सञ्चालनका लागि कोशी अस्पताललाई प्रयोग गर्ने गरी सम्झौता भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र पूर्वाञ्चल विश्वविद्यालयबीच कलेजको प्रयोगात्मक अभ्यासका लागि कोशी अस्पताल प्रयोग गर्ने गरी त्रिपक्षीय सम्झौता भएको हो । मन्त्रीपरिषदले पूर्वाञ्चल विश्वविद्यालयलाई मेडिकल कलेज सञ्चालन गर्न स्वीकृति दिएपछि कोशी अस्पताललाई प्रयोग गरेर कलेज सञ्चालन गर्ने गरी त्रिपक्षीय सम्झौता गरिएको प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्माले जानकारी दिए । ‘कोशी अस्पताललाई प्रयोगात्मक अभ्यासका लागि प्रयोग गरेर पूर्वाञ्चल विश्वविद्यालयमा मेडिकल कलेज चलाउँने गरी सम्झौता भएको छ,’ डा.शर्माले भने, ‘अब चिकित्सा शिक्षा आयोगबाट बाँकी प्रकृया पुरा गरेर मेडिकल…
सेवा प्रवाहमा उल्लेख्य सुधार गर्न निर्देशन
आर्थिक परिवेश संवाददाताकाठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमन लाल मोदीले निजामती सेवा अस्पतालको निरीक्षण तथा अवलोकन गरेका छन् । सोमबार मन्त्री मोदीले अस्पताल पुगेर अस्पतालको भौतिक संरचना, सेवा प्रवाह, सरसफाईको अवस्थाबारे अवलोकन गरेका हुन् । अवलोकनका क्रममा मन्त्री मोदीले अस्पतालको सेवा प्रवाहमा उल्लेख्य सुधार गर्न निर्देशन दिए । मुख्यगरी अस्पतालले आकस्मिक सेवा प्रवाहमा सुधार गर्नुपर्ने मन्त्री मोदीको भनाई थियो । “यहाँको सुधार गर्नैपर्ने पक्ष भनेको आकस्मिक सेवा प्रवाह हो, आकस्मिक सेवा प्रवाहको सन्दर्भमा धेरै गुनासाहरु छन्” मन्त्री मोदीले भने, “आकस्मिक सेवा प्रवाहको सन्दर्भमा उल्लेख्य सुधार गर्न आवश्यक छ, त्यतातिर तपाईहरुको ध्यान जाओस् ।” मन्त्री मोदीले चिकित्सक र नर्सहरुको व्यवहार…
पर्यटन मन्त्रीले सार्वजानीकगरे आगामी समयमा गर्ने १० कामकाे सुची
आर्थिक परिवेश संवाददाताकाठमाडाैं । सँस्कृति पर्यटना तथा नागरिक उडड्यनमन्त्री सुदन किरातीले अब गर्ने १० कामको सुची सर्वजानिक गरेका छन् । पदबहार ग्रहण गरेको ४२ दिनमा सुधार गरेको ५ ओटा बुँदा सार्वजानिक गर्दै मन्त्री किरातीले अव गर्ने १० कामको सुची सार्वजानिक गरेका हुन् । साेमबार मन्त्रलयमा पत्रकारहरु संग भेटघाट गर्दै १० बुँदामा अव गर्ने कामहरुको सुचि सार्वजानिक गरेका हुन् । मन्त्री किरातीले पशुपती विश्वविद्यालय स्थापना, पशुपती सरसफाई ३ महिने अभियान, नेपाल नागरिक उडड्यन तथा प्राधिकरण क्षेत्रमा महिलाहरुमाथी हुने दुरव्यवहार सम्बन्धी उजुरी लिने स्थायी यूनिट निर्माण गर्ने तयारी रहेको जनाएका छन् । त्यस्तै सरसफाई सँस्थागत गर्न निर्देशिका तयार गरिने, सम्पदा क्षेत्रमा ९हप एण्ड हप अप०…
प्रदेश १ सरकारकाे सत्ता समिकरणमा फेरबदल हुँदैनः आङबाे
आर्थिक परिवेश संवाददाताविराटनगर । नेकपा माओवादी केन्द्र प्रदेश १ संसदीय दलका नेता इन्द्रबहादुर आङ्वोले प्रदेश १ मा सत्ता समीकरणको फेरबदल केही नहुने बताएका छन् । माथि जे जस्तो परिस्थिति निर्माण भएपनि, जेजे भए पनि प्रदेश १ सरकारकाे सत्ता समिकरणमा फेरबदल नहुने बताएका हुन् । नेकपा एमालेले संघीय सरकारलाई दिएको समर्थन फिर्ता लिएर मन्त्रीलाई फिर्ता बोलाएपनि माओवादीले प्रदेश १ सरकारलाई दिएको समर्थन फिर्ता नलिने बताउँदै उनले समर्थन फिर्ताको विषयमा पार्टीले अहिले नै केही नसोचेको बताए । आङ्वोले हिक्मत कार्कीको नेतृत्वको सरकारलाई माओवादीले दिएको समर्थन रहिरहने बताउँदै अहिले भइ रहेको सरकारले नै निरन्तरता पाउने बताए । उनले भने –‘अहिले प्रदेश १ को सत्ता समीकरण परिवर्तन…
एमालेका मन्त्रीहरुले बुझाए प्रधानमन्त्रीलाई राजीनामा
आर्थिक परिवेश संवाददाताकाठमाडौं । नेकपा एमालेका मन्त्रीहरुले प्रधानमन्त्री समक्ष राजीनामा बुझाएका छन् । पार्टी सरकारलाई दिएको समर्थन फिर्ता लिने र मन्त्रीहरु फिर्ता बोलाउने निर्णय गरेसँगै उप्रधानमन्त्री विष्णु पौडेल लगायत मन्त्रीहरुले प्रधानमन्त्री समक्ष राजीनामा बुझाएका हुन् । यसअघि एमाले पार्टी कार्यालय च्यासलमा बसेको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको थियो ।परराष्ट्रमन्त्री विमला राई पौडेललाई जेनेभा जान प्रधानमन्त्री प्रचण्डले रोक लगाएपछि आफ्नो अपमान भएको महशुस गर्दै एमाले सरकारबाट बाहिरिएको छ । एमाले सरकारबाट बाहिरिएर समर्थन फिर्ता लिएपछि अब प्रधानमन्त्रीले संसद्बाट ३० दिन भित्र विश्वासको मत लिनुपर्छ । प्रचण्डले अब विश्वासको मत प्राप्त गर्न नसकेमा संसद्मा सबैभन्दा बढी सदस्य रहेको दलको संसदीय दलको नेताका हैसियतले कांग्रेस सभापति…

