प्रदेश १ सरकारकाे सत्ता समिकरणमा फेरबदल हुँदैनः आङबाे

निकासखबर संवाददाता

विराटनगर । नेकपा माओवादी केन्द्र प्रदेश १  संसदीय दलका नेता इन्द्रबहादुर आङ्वोले प्रदेश १ मा सत्ता समीकरणको फेरबदल केही नहुने बताएका  छन् । माथि जे जस्तो परिस्थिति निर्माण भएपनि, जेजे भए पनि  प्रदेश १ सरकारकाे सत्ता समिकरणमा फेरबदल नहुने बताएका हुन् ।

नेकपा एमालेले संघीय सरकारलाई दिएको समर्थन फिर्ता लिएर मन्त्रीलाई फिर्ता बोलाएपनि माओवादीले प्रदेश १ सरकारलाई दिएको समर्थन फिर्ता नलिने बताउँदै  उनले समर्थन फिर्ताको विषयमा पार्टीले  अहिले नै केही नसोचेको बताए । आङ्वोले हिक्मत कार्कीको नेतृत्वको सरकारलाई माओवादीले दिएको समर्थन रहिरहने बताउँदै अहिले भइ रहेको  सरकारले नै निरन्तरता पाउने बताए ।  उनले भने –‘अहिले प्रदेश १ को सत्ता समीकरण परिवर्तन हुँदैन । माओवादीले प्रदेश १ को सरकार परिवर्तनका बारेमा थप सोचेको छैन ।’

प्रदेश १ मा माओवादी, जनता समाजवादी र राप्रपाको समर्थनमा एमाले नेतृत्वको सरकार रहेको छ । ९३ सीट रहेको प्रदेशसभामा एमालेको ४०, माओवादीको १३, राप्रपाको ६ र जसपाको १ सिटसहितको समर्थनमा एमाले नेतृत्वको सरकार बनेको छ ।

सरकारमा माओवादीका २, राप्रपाका १ र जसपाका १ जना मन्त्री रहेका  छन् ।

मा प्रकाशित