स्वास्थ्य क्षेत्र राज्यको प्राथमिकतामा परेनः प्रा डा साह
आर्थिक परिवेश संवाददाताप्रा डा रामकेवल साह नेपालको चिकित्सा क्षेत्रमा नाम चलेको व्यक्तित्व हुन् । नेपाल मेडिकल कलेजमा हाडजोर्नी विभागको प्रमुख भएर २० वर्ष शिक्षण कार्य र लामो समय चिकित्सा अभ्यासमा क्रियाशील रहेका उनी हाल मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति रहेका छन् । उनले मुलुककै चिकित्सा क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्याएका छन् । विश्वका विभिन्न देशमा राम्रो अवसर पाउँदा पनि त्यसलाई छाडेर मुलुकको स्वास्थ्य क्षेत्रमा केही गर्नुपर्दछ भन्ने भावना राखेर स्वदेश फर्किएका उनीले जहिले पनि आम जनतामा कसरी स्वास्थ्यको आधारभूत पहुँच पुर्याउन सकिन्छ भन्नेमा नै आफूलाई क्रियाशील राख्दै आएका छन् । प्रस्तुत छ, नेपालको चिकित्सा क्षेत्रमा भएका विकसित विसङ्गति र राज्यको गैरजिम्मेवारपन तथा…
सरकारको मुख्य प्राथमिकता सुशासन र विकास होः प्रधानमन्त्री प्रचण्ड
आर्थिक परिवेश संवाददाताकाठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारको मुख्य प्राथमिकता सुशासन र विकास नै भएको बताएका छन् । बालुटारमा आज विकास हाइड्रोको विद्युतिय माध्यमबाट उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । उनले भने, ‘हामी सुशासन, सामाजिक न्याय र विकासका काममा केन्द्रित भएर लाग्ने छौं ।’उनले गोरखा जिल्लाको हाइड्रोको उद्घाटन विकासको शुरुवात भएको उल्लेख गर्दै स्थानीयलाई रोजगारको प्रत्याभूत गएको बताए । प्रधानमन्त्रीले विगतका दिनहरुमा राजनीतिक स्थिरता कायम गर्ने कुरा चुनौतिपूर्ण हुने गरेको बताउँदै यसपटक स्थायित्व दिनेमा आफूहरुको विश्वास रहेको बताए । उनले अगाडि भने, ‘यो वर्ष चुनावी वर्षका रुपमा बित्यो । बैशाखदेखि स्थानीय तहको निर्वाचन त्यसपछि प्रदेश र संघको निर्वाचन र…
’जनयुद्धमा गण्डकी’ नामक पुस्तक लोकापण
राजेन्द्र न्यौपानेगोरखा । ’जनयुद्धमा गण्डकी’ नामक पुस्तक लोकापर्ण भएको छ । पुस्तकका लेखक पत्रकार सागर पन्त र माओवादी नेता अकुर तिमिल्सिना रहेका छन् । पुस्तकको जनयुद्ध दिवसको अवसर पारेर माओवादी नेता तथा नेपाल सरकारका भौतिक योजना तथा पुर्वाधार मन्त्री नारायणकाजी श्रेष्ठ लोकार्पण गरेका हुन् । गण्डकी गाउँपालिकामा भएको कार्यक्रममा पुस्तक सार्वजनिक गरिएको हो । पुस्तकमा जनयुद्धमा गण्डकी गाउँपालिकाको भूमिका, गण्डकीबाट बलिदान गर्ने शहिदहरुको विवरण, प्रजातन्त्र स्थापना देखि हालसम्मका जनप्रतिनीधिहरुको विवरण, जिल्ला भरीका शहिदलहरुको विवरण समेटिएको छ । १८० पृष्ठको उक्त पुस्तकमा युद्धका क्रममा भएका वास्तविक घटनाका सँस्मरणहरु लेखिएका छन् । कार्यक्रममा गोरखा निर्वाचन क्षेत्र नम्बर १ का पूर्व साँसद हरीराज अधिकारी,…
धनकुटामा चार सय किलाे गाँजा जलाएर नष्ट
आर्थिक परिवेश संवाददाताधनकुटा । जिल्ला प्रहरी कार्यालय धनकुटाले ४ सय किलो अवैध लागुऔषध गाँजा जलाएर नष्ट गरेको छ । आइतबार जनप्रतिनिधी, स्थानीय र संचारकर्मीहरुकोे रोहवरमा प्रहरीले गाँजा जलाएर नष्ट गरेको हो । गत माघ २८ गते रातको समयमा ईलाका प्रहरी कार्यालय छिन्ताङबाट खटिएको प्रहरीको टोलीले गस्ती गर्दै जाने क्रममा गाँजा फेला पारेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएकाे छ । चेकजाँच गर्ने क्रममा सहिदभूमि गाँउपालिका वडा नं. ४ मा छिन्ताङबाट हिलेतर्फ जादै गरेको को १ ज ३११८ नम्बरको पिक अप गाडी रोक्न खोज्दा नरोकी गाडीको बत्ती समेत बन्द गरी भागे पश्चात उक्त गाडीलाई खानतलासी गर्ने क्रममा गाडीको पछाडी डाला भित्र १५ वटा प्लाष्टिकको…
बिर्तामोड महोत्सवको समय अवधि तीनदिन थपियो
आर्थिक परिवेश संवाददाताझापा । झापाको बिर्तामोडमा सञ्चालित अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सवको सयम अवधि तीन दिन थप गरिएको छ । उपभोक्ता र अबलोकनकर्ताको आग्रहलाई मध्यनजर गर्दै महोत्सव आयोजक समितिले मेलाको समय अवधि तीनदिन थप गर्ने निर्णण गरेको महोत्सव मूलआयोजक समिति संयोजक राजु न्यौपानेले बताए । गत फागुन ५ गतेदेखि सञ्चालित महोत्सव अब फागुन १८ गतेसम्म सञ्चालन हुने छ । महोत्सवमा सुप्रशिद्ध राष्ट्रिय कलाकारहरु दिपक बज्राचार्य, प्रमोद खरेल, गिरिस खतिवडा, रचना रिमाल र जी– बबको साङ्गितिक प्रस्तुति रहने महोत्सव समितिका सचिवकुशल खतिवडाले जानकारी दिए । आयोजक समितिका अनुसार फागुन १६ गते जी–बव र रचना रिमाल, १७गते दिपक बज्रचार्य तथा १८ गते प्रमोद खरेल र…

