बिर्तामोड महोत्सवको समय अवधि तीनदिन थपियो

निकासखबर संवाददाता

झापा । झापाको बिर्तामोडमा सञ्चालित अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सवको सयम अवधि तीन दिन थप गरिएको छ । उपभोक्ता र अबलोकनकर्ताको आग्रहलाई मध्यनजर गर्दै महोत्सव आयोजक समितिले मेलाको समय अवधि तीनदिन थप गर्ने निर्णण गरेको महोत्सव मूलआयोजक समिति संयोजक राजु न्यौपानेले बताए ।

गत फागुन ५ गतेदेखि सञ्चालित महोत्सव अब फागुन १८ गतेसम्म सञ्चालन हुने छ । महोत्सवमा सुप्रशिद्ध राष्ट्रिय कलाकारहरु दिपक बज्राचार्य, प्रमोद खरेल, गिरिस खतिवडा, रचना रिमाल र जी– बबको साङ्गितिक प्रस्तुति रहने महोत्सव समितिका सचिवकुशल खतिवडाले जानकारी दिए ।

आयोजक समितिका अनुसार फागुन १६ गते जी–बव र रचना रिमाल, १७गते दिपक बज्रचार्य तथा १८ गते प्रमोद खरेल र गिरिस खतिवडाको प्रस्तुति रहने छ । महोत्सवको समय अवधि थपका लागि जिल्ला प्रशासन कार्यालय झापा र बिर्तामोड नगरपालिका सँग समन्वय गरिएको बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीले बताए ।

 

 

Facebook Notice for EU! You need to login to view and post FB Comments!
मा प्रकाशित