अब सरकारी तथ्याङ्क व्यवस्थापन एउटै सफ्टवेयरबाट: मन्त्री शर्मा
आर्थिक परिवेश संवाददाताकाठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारी तथ्याङ्कलाई थप सुरक्षित बनाउन नेपालभरका सबै स्थानीय तहको तथ्याङ्क व्यवस्थापन एउटै सफ्टवेयरबाट गर्ने तयारी भइरहेको बताएकी छन् । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहसँग आज सिंहदरवारस्थित मन्त्रालयमा भएको भेटका क्रममा सरकारका प्रवक्ता शर्माले भनिन्, “फरक फरक डाटा सेन्टर हुँदा सरकारी तथ्याङ्क असुरक्षित देखिएकोले सरकारले आफ्नै सफ्वेयरबाट गर्ने तयारी गरेको छ ।” मन्त्री शर्माले सडकका पोलमा अव्यवस्थित रुपमा रहेका तारलाई व्यवस्थित गर्नका लागि मन्त्रालयले दूरसञ्चार ऐन नै परिमार्जन गरी एउटै तारबाट सेवा लिन सक्ने व्यवस्था मिलाउने तयारी गरिरहेको बताइन् । अब पोलमा छरिएर रहेका तारहरुलाई व्यवस्थित गर्न एउटै तारबाट लिन मिल्ने गरी कानूनी प्रावधान ल्याइँदै छ,…
रित्तिँदै गाउँ, भरिँदै बजार
पूर्ण विकेतनहुँ, १८ फागुन, २०७९ । “यो गाउँमा कुनै कार्जे पर्दा १२ पाथी चामलको भात पकाउनै पथ्र्यो । त्यसरी नपकाए पुग्थेन”, व्यास नगरपालिका–८ कोटथोकका ६८ वर्षीय रामसिं गुरुङले विगत सम्झँदै भने, “तर अहिले ती सबै एकादेशको कथा जस्ता भए । सत्तरी घर रहेको गाउँ अहिले सातमा झ¥यो । हेर्दा हेर्दै गाउँ रित्तियो ।” भारतीय सेनाका पूर्वसैनिकको बाहुल्यता रहेको उक्त गाउँमा त्यस समयका ठूला र आकर्षक घर अहिले पहिरो र झाडीले पुरिँदा कहिलेकाहीँ मन भक्कानिने गुरुङले बताए । उनका दुई छोरा चितवनको शारदानगरमा घरजम गरेर बसेका छन् । पुख्र्यौंली जग्गा, जमिनको मायाले गर्दा ६३ वर्षीया श्रीमती मनसरासहित उनी भने गाउँमै बसेका छन्…
जनयुद्धका सहिदलाई राष्ट्रिय सहिद घोषणा गर्छौंः प्रधानमन्त्री दाहाल
आर्थिक परिवेश संवाददाताकाठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धका सहिदलाई राष्ट्रिय सहिद घोषणा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज जनयुद्धका सहिद तथा बेपत्ता योद्धाका परिवारसँगको अन्तक्र्रियामा उहाँले नेपालको राजनीतिक परिवर्तनमा अद्वितीय योगदान गर्ने सहिदको उच्च सम्मानसहित राष्ट्रिय सहिद घोषणा गर्ने तयारी भइरहेको उल्लेख गरे । प्रधानमन्त्री दाहालले भने “आज जनयुद्धका क्रममा पहिलो बलिदान गर्ने सहिद दिलबहादुर रम्तेलको स्मृति दिवस पनि हो । विसं २००७ को क्रान्तिदेखि झापा विद्रोह, जनआन्दोलन र जनयुद्धका सहिद हाम्रा राष्ट्रिय गौरव हुन्, उनीहरूको उच्च सम्मान गर्नुपर्छ । त्यसैले वर्तमान सरकार जनयुद्धलगायत सबै आन्दोलनका सहिदलाई राष्ट्रिय सहिद घोषणा गर्ने तयारीमा छ ।” सत्यनिरूपण तथा मेलमिलापसम्बन्धी विधेयक…
म, जनयुद्ध र जनयुद्धसंग मेरो साइनो
रोहित दहालसाँझ झमक्क भएको थियो । दुई जना मानिस बिराटनगरको मुनालपथमा अवस्थित हाम्रो घरमा आए । अँध्यारोले मानिसको अनुहार नजिकै गएर नियाल्दा मात्र चिन्न सकिन्थ्यो । २०४७ सालको कार्तिक अन्तिम वा मंसिरको पहिलो हप्ता थियो होला । म त्यतिबेला आई. ए. मा पढ्दै थिएँ र बिराटनगरको महेन्द्र मोरंग आदर्श बहुमुखी क्याम्पस जाने गर्थें । “को छ घरमा ?” उनीहरुले बोलाए । म घरको भुइँतले कोठाबाट बाहिर निस्किएँ । एकजना गोरे गोरे अनुहारको अग्लो र अर्को कालो वर्णको अलि होचो मानिस थिए । उनीहरुले असल स्वभावको बिद्यार्थीको खोजी गर्दै आएको बताउँदै चितवनमा हुने एउटा कार्यक्रममा प्रतिनिधित्व गर्न जानुपर्ने आग्रह गरे । उनीहरुले…
कांग्रेस सिहत ८ दलकाे सहमति राष्ट्रिय सहमति हाेः प्रधानमन्त्री प्रचण्ड
आर्थिक परिवेश संवाददाताकाठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आठ राजनीतिक दलहरूबीच राष्ट्रपति निर्वाचनबारे भएको सहमति राष्ट्रिय सहमति भएको बताएका छन् । संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रलाई स्वीकार गर्न नसक्नेहरूसँगको सहकार्यले जटिलता, संशय र भ्रम मात्रै पैदा गर्ने भएकाले पनि ८ राजनीतिक दलहरूसँग सहमति गरेर अघि बढ्नु परेको बताएका हुन् । शनिबार काठमाडौंमा आयोजित महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानले आयोजना गरेको एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले राष्ट्रिय सहमतिका लागि कांग्रेसलाई राष्ट्रपति दिन एमाले अध्यक्ष केपी शर्मा ओलीलाई गरेको आग्रह अस्वीकार गरेपछि आफूले नयाँ गठबन्धन बनाएर राष्ट्रिय सहमतिका साथ अघि बढ्ने निर्णय लिएको बताए । लोकतान्त्रिक शक्तिहरूसँग सहकार्य गरेर अघि बढ्ने निर्णयबाट आफू खुसी र गौरवान्वित समेत…

