अब सरकारी तथ्याङ्क व्यवस्थापन एउटै सफ्टवेयरबाट: मन्त्री शर्मा

निकासखबर संवाददाता

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारी तथ्याङ्कलाई थप सुरक्षित बनाउन नेपालभरका सबै स्थानीय तहको तथ्याङ्क व्यवस्थापन एउटै सफ्टवेयरबाट गर्ने तयारी भइरहेको बताएकी छन् ।

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहसँग आज सिंहदरवारस्थित मन्त्रालयमा भएको भेटका क्रममा सरकारका प्रवक्ता शर्माले भनिन्, “फरक फरक डाटा सेन्टर हुँदा सरकारी तथ्याङ्क असुरक्षित देखिएकोले सरकारले आफ्नै सफ्वेयरबाट गर्ने तयारी गरेको छ ।”

मन्त्री शर्माले सडकका पोलमा अव्यवस्थित रुपमा रहेका तारलाई व्यवस्थित गर्नका लागि मन्त्रालयले दूरसञ्चार ऐन नै परिमार्जन गरी एउटै तारबाट सेवा लिन सक्ने व्यवस्था मिलाउने तयारी गरिरहेको बताइन् । अब पोलमा छरिएर रहेका तारहरुलाई व्यवस्थित गर्न एउटै तारबाट लिन मिल्ने गरी कानूनी प्रावधान ल्याइँदै छ, उनले भनिन्, “भूकम्प, बाढी र पहिरो जस्ता सङ्कटकालिन अवस्थामा पनि तत्काल सुचारु गर्ने उद्दार टोली बनाउनका लागि कानूनमै व्यवस्था गर्न थालिएको छ ।”

भेटका क्रममा प्रमुख शाहले नेपालमा सञ्चालित सामाजिक सञ्जाल (फेसबुक, ट्वयटर, युटुव र टिकटकलगायत) को नेपालमा पनि दर्ता हुनुपर्ने व्यवस्था गर्न मन्त्रीसमक्ष अनुरोध गरेकी थिइन् । मन्त्री शर्माले डिजिटल साक्षरता अभियान सञ्चालन गर्न स्थानीय तहसँग आग्रहसमेत गरिन् ।

मा प्रकाशित