धनकुटामा चार सय किलाे गाँजा जलाएर नष्ट

निकासखबर संवाददाता

धनकुटा । जिल्ला प्रहरी कार्यालय धनकुटाले ४ सय किलो अवैध लागुऔषध गाँजा जलाएर नष्ट गरेको छ । आइतबार जनप्रतिनिधी, स्थानीय र संचारकर्मीहरुकोे रोहवरमा प्रहरीले गाँजा जलाएर नष्ट गरेको हो ।

गत माघ २८ गते रातको समयमा ईलाका प्रहरी कार्यालय छिन्ताङबाट खटिएको प्रहरीको टोलीले गस्ती गर्दै जाने क्रममा गाँजा फेला पारेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएकाे छ । चेकजाँच गर्ने क्रममा सहिदभूमि गाँउपालिका वडा नं. ४ मा छिन्ताङबाट हिलेतर्फ जादै गरेको को १ ज ३११८ नम्बरको पिक अप गाडी रोक्न खोज्दा नरोकी गाडीको बत्ती समेत बन्द गरी भागे पश्चात उक्त गाडीलाई खानतलासी गर्ने क्रममा गाडीको पछाडी डाला भित्र १५ वटा प्लाष्टिकको बोरा भित्र जम्मा ४ सय ९ किलो गाँजा फेला पारेको जिल्ला प्रहरी कार्यालय धनकुटाका निरिक्षक मानबहादुर श्रेष्ठले बताए  ।

घटनास्थलबाट फरार भएका गाडीका चालकलाई खोजतलास गर्दै इटहरी नगरपालिका वडा नं. २ मा लुकिछिपी वसिरहेको अवस्थामा फेला पारेको प्रहरीले जनाएकाे छ  ।

मा प्रकाशित