पर्यटन मन्त्रीले सार्वजानीकगरे आगामी समयमा गर्ने १० कामकाे सुची

निकासखबर संवाददाता

काठमाडाैं ।  सँस्कृति पर्यटना तथा नागरिक उडड्यनमन्त्री सुदन किरातीले अब गर्ने १० कामको सुची सर्वजानिक गरेका छन्  । पदबहार ग्रहण गरेको ४२ दिनमा सुधार गरेको ५ ओटा बुँदा सार्वजानिक गर्दै मन्त्री किरातीले अव गर्ने १० कामको सुची सार्वजानिक गरेका हुन् ।

साेमबार मन्त्रलयमा पत्रकारहरु संग भेटघाट गर्दै १० बुँदामा अव गर्ने कामहरुको सुचि सार्वजानिक गरेका हुन् ।  मन्त्री किरातीले पशुपती विश्वविद्यालय स्थापना, पशुपती सरसफाई ३ महिने अभियान, नेपाल नागरिक उडड्यन तथा प्राधिकरण क्षेत्रमा महिलाहरुमाथी हुने दुरव्यवहार सम्बन्धी उजुरी लिने स्थायी यूनिट निर्माण गर्ने तयारी रहेको जनाएका छन् ।

त्यस्तै सरसफाई सँस्थागत गर्न निर्देशिका तयार गरिने, सम्पदा क्षेत्रमा ९हप एण्ड हप अप० यातायत सञ्चालन गर्ने , ग्राउनडेट जहाज छानविन समिति गठन गर्ने तयारी रहेको बताए । हवाई नागरिक उडड्यन विद्येक प्रकृया बढाउने, गौत्तमबुद्ध अन्तराष्ट्रिय विमानस्थल सञ्चालन गर्न कुटनितिक पहल थाल्ने, भरतपुर विमानस्थल विस्तार गर्ने र नमस्ते पर्यटक सेवा विस्तार गर्ने १० बुँदामा समेटिएकाछन् ।

मन्त्री किरातीले यस अगाडी ५ काम सम्पन्न भएको जानकारी गराएका थिए  । जसमा अनलाइन टिकेटिङ, सरसफाई र व्यवस्थापकिय सुधार, हवाई सुरक्षा सम्बन्धी सेवामा काम गर्ने निर्देशन, लुम्वीनी गुरुयोजना अध्यान र प्रतिवेदन साथै विमानस्थल तथा अन्य विभागिय क्षेत्रमा इन्टरनेटको चुस्त व्यवस्थापन रहेका छन् ।

मा प्रकाशित