एमालेका मन्त्रीहरुले बुझाए प्रधानमन्त्रीलाई राजीनामा

निकासखबर संवाददाता

काठमाडौं । नेकपा एमालेका मन्त्रीहरुले प्रधानमन्त्री समक्ष राजीनामा बुझाएका छन् । पार्टी सरकारलाई दिएको समर्थन फिर्ता लिने र मन्त्रीहरु फिर्ता बोलाउने निर्णय गरेसँगै उप्रधानमन्त्री विष्णु पौडेल लगायत मन्त्रीहरुले प्रधानमन्त्री समक्ष राजीनामा बुझाएका हुन् ।

यसअघि एमाले पार्टी कार्यालय च्यासलमा बसेको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको थियो ।परराष्ट्रमन्त्री विमला राई पौडेललाई जेनेभा जान प्रधानमन्त्री प्रचण्डले रोक लगाएपछि आफ्नो अपमान भएको महशुस गर्दै एमाले सरकारबाट बाहिरिएको छ ।

एमाले सरकारबाट बाहिरिएर समर्थन फिर्ता लिएपछि अब प्रधानमन्त्रीले संसद्बाट ३० दिन भित्र विश्वासको मत लिनुपर्छ । प्रचण्डले अब विश्वासको मत प्राप्त गर्न नसकेमा संसद्मा सबैभन्दा बढी सदस्य रहेको दलको संसदीय दलको नेताका हैसियतले कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने पक्का भएकाे छ ।

 

मा प्रकाशित