शिलान्यास भएको २१ वर्षपछि कालोपत्रे भयाे सहिदभूमि-खाल्सा सडक
आर्थिक परिवेश संवाददाताधनकुटा । धनकुटाको एक सडक शिलान्यास भएको २१ वर्षपछि सडक कालोपत्रे हुने भएको छ । सहिदभूमिस्थित खाल्सा क्षेत्रमा रहेकेा सडक शिल्यान्याश भएकाे घज्ञ वर्षपछि कालाेपत्रे हुन लागेकेा हाे । यो क्षेत्रमा २०५८ सालमा कच्ची सडक पुगेको याे क्षेत्रमा रहेकाे सडक हिउँदमा धुलाे र वर्षामा हिलाेका कारणा जाेखिमपुर्रण यात्रा गर्नु पर्ने वाध्यता रहेकाे थियाे । खाल्सा क्षेत्रका हाल सहिदभूमि गाउँपालिकाको आँखीसल्ला, खोकु र छिन्ताङसम्मको सडक धनकुटाका तत्कालीन प्रमुख जिल्ला अधिकारी शम्भु कोइरालाले शुभारम्भ गरेका थिए । प्रदेश १ सरकारको प्रादेशिक विशेष सडक आयोजनाअन्तर्गत २९ करोड ७२ लाख ९८ हजारको लागतमा उक्त सडक कालोपत्रे हुन लागेको हो । मध्यपहाडी लोकमार्गमा अवस्थित धनकुटा नगरपालिका–१ को…
आगामी बजेटमा खेलकुद क्षेत्रको रकम बढाउने प्रधानमन्त्रीको घोषणा
आर्थिक परिवेश संवाददाताकाठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी आर्थिक वर्षको बजेटमा खेलकुद क्षेत्रमा बजेट बढाउने घोषणा गरेका छन् । मंगलबार ललितपुरको च्यासल रंगशाला उद्घाटन गर्दै उनले खेलकुदमा बजेट बढाउने बताए । प्रधानमन्त्री प्रचण्डले खेलकुद क्षेत्रले समाजलाई अनुशासित बनाउने उल्लेख गर्दै मर्यादा र संस्कृति स्थापित गर्नका लागि पनि खेल क्षेत्र महत्वपूर्ण रहेको बताए । उनले खेलकुदले राजनीतिक, कुटनीतिक र भाइचारा सम्बन्धको विकास हुने दाबी गर्दै सरकारको तर्फबाट देशका सबै प्रदेशहरुमा, सबै पालिकाहरुमा पनि खेल पूर्वाधार निर्माण गर्न नीति, योजना र कार्यक्रम बनाएको बताए । “यो क्षेत्रमा विगतमा बजेटको व्यवस्था निकै कम हुने गरेको छ,” उनले भने, “आउने बजेटमा यो क्षेत्रमा पहिलेको भन्दा गुणात्मक…
कर्णाली प्रदेशको २८ प्रतिशत खेतीयोग्य जमिन बाँझै
आर्थिक परिवेश संवाददाताकर्णाली । कर्णाली प्रदेशको २८ प्रतिशत खेतीयोग्य जमिन बाँझै रहेको तथ्याङ्क छ । बाँझो जमिन सदुपयोग गर्ने सरकारले नीति लिएपनि कर्णाली प्रदेशभर अहिले पनि २८ प्रतिशत जमिन बाँझै रहेको पाइएको हो । कर्णालीमा बर्सेनि खाद्यान्न अभाव हुने गर्दछ । कर्णाली प्रदेशको खेतीयोग्य जमिनमध्ये ७२ प्रतिशत जमिनमा खेती हुँदै आएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेशको तथ्याङ्कमा छ । मन्त्रालयका प्रवक्ता धनबहादुर कठायतका अनूसार देशको २२ प्रतिशत क्षेत्रफल ओगटेको कर्णाली प्रदेशका ७४ प्रतिशत नागरिक कृषिमा निर्भर छन् । दुई लाख ९९ हजार तीन सय ३९ हेक्टर खेतीयोग्य जमिनमा तीन लाख ३९ हजार नौ सय नौ मेट्रिकटन खाद्यान्न उत्पादन हुने गरेको छ…
११ जना सांसदले अझै बुझाएनन् सम्पत्ति विवरण
आर्थिक परिवेश संवाददाताकाठमाडौं । संघीय संसदमा निर्वाचित भएको ६० दिनभित्र बुझाउनुपर्ने सम्पत्ति विवरण ११ जना सांसदले अझै बुझाएका छैनन् । सघीय संसद् सचिवालयले भ्रष्टाचार निवारण ऐन ०५९ को दफा ५० अनुसार प्रतिनिधि सभाका नवनिर्वाचित ११ सांसदले ६० दिनभित्र बुझाउनुपर्ने सम्पत्ति विवरण नबुझाएको जनाएको छ। यसरी सम्पत्ति विवरण नबुझाउनेमा फरार सूचिमा रहेका एमाले सांसद लक्ष्मी महतो कोइरी र निलम्बित सांसद नेपाली कांग्रेसका टेकबहादुर गुरुङसमेत रहेका छन् । विवरण नबुझाउनेमा कांग्रेसका सांसदहरू उदय शमशेर जबरा,अजयकुमार चौरसिया, मोहन बस्नेत, मनोरमा शेरचन र निलम्बित सांसद गुरुङ छन्। त्यसैगरी, नेकपा एमालेका फरार सांसद लक्ष्मी कोइरीसहित राजकुमार गुप्ता, माओवादी केन्द्रका वर्षमान पुन, नेकपा (एकीकृत समाजवादी पार्टी)का सांसद मेटमणि चौधरी,…
प्रधानमन्त्री प्रचण्डकाे काँधमा १६ वटा मन्त्रालयकाे जिम्मेवारी
आर्थिक परिवेश संवाददाताकाठमाडाैं । नेकपा एमालेका मन्त्रीले राजीनामा दिएपछि उनीहरूले सम्हालेका मन्त्रालयकाे जिम्मेवारी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकाे काँधमा आएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले मङ्गलवार थप आठ वटा मन्त्रालयको कार्यभार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नै ताेकेकी हुन् । यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीले छाडेका तीन मन्त्री र एक राज्यमन्त्री तथा राप्रपाले छाडेका तीन मन्त्री र एक राज्यमन्त्रीको जिम्मेवारी आफैँसँग राखेका प्रधानमन्त्री प्रचण्डले एमालेका आठ मन्त्रीले छाडेका मन्त्रालय पनि आफैँसँग राखेका हुन् । एमालेले छाडेपछि अर्थ, कृषि, उद्योग, भूमि व्यवस्था, स्वास्थ्य, रक्षा, परराष्ट्र र महिला तथा बालबालिका मन्त्रालयको जिम्मा प्रधानमन्त्री प्रचण्डलाई आएको हो । यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीले छाडेका गृह, शिक्षा, विज्ञान तथा प्रविधि, श्रम,…

