शिलान्यास भएको २१ वर्षपछि कालोपत्रे भयाे सहिदभूमि-खाल्सा सडक

निकासखबर संवाददाता

धनकुटा । धनकुटाको एक सडक शिलान्यास भएको २१ वर्षपछि सडक कालोपत्रे हुने भएको छ । सहिदभूमिस्थित खाल्सा क्षेत्रमा रहेकेा सडक शिल्यान्याश भएकाे घज्ञ वर्षपछि कालाेपत्रे हुन लागेकेा हाे ।

यो क्षेत्रमा २०५८ सालमा कच्ची सडक पुगेको याे क्षेत्रमा रहेकाे सडक हिउँदमा धुलाे र वर्षामा हिलाेका कारणा जाेखिमपुर्रण यात्रा गर्नु पर्ने वाध्यता रहेकाे थियाे ।  खाल्सा क्षेत्रका हाल सहिदभूमि गाउँपालिकाको आँखीसल्ला, खोकु र छिन्ताङसम्मको सडक धनकुटाका तत्कालीन प्रमुख जिल्ला अधिकारी शम्भु कोइरालाले शुभारम्भ गरेका थिए ।

प्रदेश १ सरकारको प्रादेशिक विशेष सडक आयोजनाअन्तर्गत २९ करोड ७२ लाख ९८ हजारको लागतमा उक्त सडक कालोपत्रे हुन लागेको हो । मध्यपहाडी लोकमार्गमा अवस्थित धनकुटा नगरपालिका–१ को व्यापारिक केन्द्र हिले बजारबाट सहिदभूमि गाउँपालिकाको थलथले बजारसम्म १० किमी सडक सन् २०२१ सेप्टेम्बर २२ बाट सुरु भई सन् २०२३ मार्च २२ मा सम्पन्न हुने गरी ठेक्का लागेकाे थियाे ।

ठेक्का पाएको रायमाझी आजद जेभी प्रालि काठमाडौंका  प्रमुख प्रेम मगरले निर्धारित समय भन्दा केही दिन ढिलागरी सडक हस्तान्तरण गर्ने बताए । उनले हाल सम्म सडक कालाेपत्रेकाे काम ८०  प्रतिशत  पूरा भएको जानकारी बताए ।

यस सडकले सहिदभूमि गाउँपालिकालाई अरुण, तमोर र दूधकोसी नदीको सङ्गममा रहेको त्रिवेणीमा अवस्थित भोजपुर, खोटाङ, उदयपुर र सुनसरी  जिल्लासँग जोड्ने छ । यस सडकको निर्माण पूरा भएपछि गाउँपालिकाको आर्थिक विकासमा महत्वपूर्ण टेवा पुग्ने गाउँपालिकाकाले जनाएकाे छ ।

सुनसरी र भोजपुर जिल्लासँग प्रत्यक्ष पहुँच राख्न सहयोग राख्ने यस सडकले गाउँपालिका क्षेत्रमा उत्पादित कृषिउपज बजारसम्म लान विशेष सहयोग पुग्ने गाउँपालिका अध्यक्ष मनोज राईले जानकारी दिए ।

मा प्रकाशित