माओवादीलाई अपराधी भन्नेहरुलाई ठेगान लगाउने तागत हामीसँगः विप्लव
आर्थिक परिवेश संवाददाता

काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले माओवादीलाई अपराधी नबनाउन चेतावनी दिएका छन्। आइतवार नेपाल प्रज्ञा प्रतिष्ठानमा सहिद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेसनले आयोजना गरेको अन्तरक्रियामा विप्लवले यस्तो गर्न खोजे क्रान्ति रिभाइभ हुने चेतावनी समेत दिए। ‘यो लोक्तन्त्रमा माओवादीलाई अपराधी बनाउन खोजियो, इतिहास दोहोरिन सक्छ हेक्का राखे हुन्छ फेरि माओवादी फर्किन्छ’ विप्लवले भने,‘माओवादीलाई अपराधी भन्नेहरु जनयुद्धमा भेटिएको भए त्यही सिद्धिन्थे। माओवादीलाई अपराधी भन्नेहरुलाई ठेगान लगाउने तागत हामीसँग छ।’ यो व्यवस्थामा सहिदहरुको सम्मान नहुने उनको दाबी रह्यो। ‘दलालहरुको चकचकी भएको सत्तामा सहिदहरुलाई सम्मान भेटिदैँन,ु विप्लवले भने। ‘जसले सम्मान खानुपर्ने उनीहरु अपराधीजस्तो। कठघरामा उभिनुनपर्ने चै सम्मान खाँदै हिँडेको,ु उनले भने। सहिद परिवारलाई…

ओखलढुंगा दुर्घटनाका ४ जनालाई हेलिकोप्टरमा काठमाडौं ल्याइयो
आर्थिक परिवेश संवाददाता

ओखलढुंगा । ओखलढुंगामा आज बिहान भएको जिप दुर्घटनाका चार जना गम्भीर घाइतेलाई काठमाडौं ल्याइएको छ । मृतक दुईको सनाखत भएको छ भने सिकिस्त घाइतेलाई हेलिकोप्टरमा राजधानी ल्याइएको बताइएको छ । जिल्रलाको चिशंखुगढी गाउँपालिका–३, दियालेमा आज बिहान बोलेरो जिप दुर्घटनामा परेको हो । ना १ ज ८४७३ नम्बरको जिप दुर्घटनामा चिशंखुगढी–३ का ७० वर्षीय भक्तबहादुर थापा र ५२ वर्षीय मीनबहादुर श्रेष्ठको मृत्यु भएको ओखलढुंगा प्रहरीले बताएको छ । दुर्घटनामा ११ जना घाइते भएका छन् । धेरै यात्रु बोकेका कारण दुर्घटना भएको प्रहरीले बताएको भए पनि दुर्घटना के कारणले भएको खुलेको छैन । जिपमा १३ यात्रु थिए ।

सडक निर्माणको माग गर्दै विप्लव नेतृत्वको नेकपाले गर्यो चक्काजाम
आर्थिक परिवेश संवाददाता

काठमाडौं । सडक निर्माणको माग गर्दै नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले चक्काजाम गरेको छ। तुलसीपुर–घोराही चार लेन सडकखण्ड छिटो निर्माण हुनुपर्ने माग गर्दै नेकपा तुलसीपुर नगर समितिले आइबार बिहान ११ बजेदेखि तुलसीपुरको हात्तीखौवामा आधा घन्टा चक्काजाम गरेको हो। चक्काजामका कारण सर्वसाधारण आधा घन्टा सडकमै रोकिनु परेको थियो । तुलसीपुर–घोराही सडकखण्ड समयमै निर्माण कार्य पूरा नहुँदा सर्वसाधारणले सास्ती व्यहोर्नु परेको भन्दै चक्काजाम गर्नु परेको उक्त पार्टीका एक नेताले बताए । तुलसीपुरको हात्तीखौवा चोकदेखि घोराहीको कुइरेपानीसम्म २८.१९ किलोमिटर सडक बनाउने जिम्मा भारतको मुम्बईस्थित तथ्य इञ्जिनियरिङ एन्ड इन्फ्रा प्रोजेक्ट प्रालिले पाएको छ । यो पनि पुरै चारलेन छैन। कतै चारलेन त…

पूर्व डिआइजी माझी सवार सवारी दुर्घटनामा
आर्थिक परिवेश संवाददाता

विराटनगर । नेपाल प्रहरीका पूर्व डिआइजी भक्ति माझीको सवारी दुर्घटनामा परेको छ । नेपाली काँग्रेस मोरङको जिल्ला उपसभापति समेत रहेका माझी चढेको प्रदेश १–०४–००१ च ०६६२ नम्बरको कार विराटनगर १९ घिनाघाटाम दुर्घटनामा परेको हो । कारमा सवार माझीसहित अन्य तीन जना सामान्य घाइते रहेका छन् । पूर्वबाट पश्चिम पुष्पलाल चोक तिर आउने क्रममा कारको टायर पम्चर हुँदा अनियन्त्रित भएर कार सडकदेखि बाहिर खेतमा पुगेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले जनाएको छ । माझीले चलाएको कारमा भीम रिफाल, पुष्पा राई र दुर्गा कोइराला रहेको प्रहरीले जनाएको छ ।

सर्वोच्चको आदेश संवैधानीक स्वतन्त्रताको विरुद्ध छः माओवादी
आर्थिक परिवेश संवाददाता

काठमाडौं । नेकपा माओवादी केन्द्रले गत शुक्रबार सर्वोच्च अदालतले दिएको आदेश प्रति ध्यान आकर्षण भएको जनाएको छ । पार्टीका महासचिव देव प्रसाद गुरुङले एक विज्ञप्ती जारी गर्दै सर्वोच्च अदालतले संविधान प्रदक्त वाक स्वतन्त्रताको खिल्ली उडाएको बताएका हुन् । गत शुक्रबार सर्वोच्च अदालतबाट रिट निवेदक ज्ञानेन्द्र राज आरणले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड विरुद्ध दायर गरेको रिट निवेदनमा सर्वोच्च अदालतका रजिष्ट्रारले दर्ता गर्न नमिल्ने भनी दरपीठ गरेको आदेशलाई अदालतका न्यायाधिश ईश्वर खतिवडा र न्यायाधिश हरि फुयालको संयुक्त ईजलासबाट बदर गरी रिट दर्ता गर्न भनी रजिष्ट्रारको नाममा आदेश दिएको थियो । १० वर्षे महान जनयुद्ध, र १९ दिने जनआन्दोलन र त्यसको जगमा सम्पन्न…