ओखलढुंगा दुर्घटनाका ४ जनालाई हेलिकोप्टरमा काठमाडौं ल्याइयो

निकासखबर संवाददाता

ओखलढुंगा । ओखलढुंगामा आज बिहान भएको जिप दुर्घटनाका चार जना गम्भीर घाइतेलाई काठमाडौं ल्याइएको छ । मृतक दुईको सनाखत भएको छ भने सिकिस्त घाइतेलाई हेलिकोप्टरमा राजधानी ल्याइएको बताइएको छ ।
जिल्रलाको चिशंखुगढी गाउँपालिका–३, दियालेमा आज बिहान बोलेरो जिप दुर्घटनामा परेको हो । ना १ ज ८४७३ नम्बरको जिप दुर्घटनामा चिशंखुगढी–३ का ७० वर्षीय भक्तबहादुर थापा र ५२ वर्षीय मीनबहादुर श्रेष्ठको मृत्यु भएको ओखलढुंगा प्रहरीले बताएको छ ।

दुर्घटनामा ११ जना घाइते भएका छन् । धेरै यात्रु बोकेका कारण दुर्घटना भएको प्रहरीले बताएको भए पनि दुर्घटना के कारणले भएको खुलेको छैन । जिपमा १३ यात्रु थिए ।

मा प्रकाशित