पूर्व डिआइजी माझी सवार सवारी दुर्घटनामा

निकासखबर संवाददाता

विराटनगर । नेपाल प्रहरीका पूर्व डिआइजी भक्ति माझीको सवारी दुर्घटनामा परेको छ । नेपाली काँग्रेस मोरङको जिल्ला उपसभापति समेत रहेका माझी चढेको प्रदेश १–०४–००१ च ०६६२ नम्बरको कार विराटनगर १९ घिनाघाटाम दुर्घटनामा परेको हो ।

कारमा सवार माझीसहित अन्य तीन जना सामान्य घाइते रहेका छन् । पूर्वबाट पश्चिम पुष्पलाल चोक तिर आउने क्रममा कारको टायर पम्चर हुँदा अनियन्त्रित भएर कार सडकदेखि बाहिर खेतमा पुगेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले जनाएको छ ।

माझीले चलाएको कारमा भीम रिफाल, पुष्पा राई र दुर्गा कोइराला रहेको प्रहरीले जनाएको छ ।

मा प्रकाशित