सहकारीको सहयोगमा स्वरोजगार बन्दै महिला
आर्थिक परिवेश संवाददातादाङ । पछिल्लो समय सहकारी संस्थाका कारण दाङका महिला स्वरोजगार बन्दै गएका छन् । जिल्लामा खुलेका सहकारी संस्था महिलाका लागि आम्दानीको स्रोत बन्दै गएका हुन् । विगतमा घरको काम र घाँसपातमा व्यस्त हुने महिला गाउँघरमा सहकारी खुलेपछि अहिले आफ्नो र परिवारका लागि रकम जम्मा गर्नाका साथै ऋण लिएर आयआर्जनसमेत गर्न थालेका छन् । बेफुर्सदिला हुन थालेका जिल्लाका अधिकांश महिलाले रकम झिक्ने र राख्ने गर्दा सहकारी संस्था पनि फलदायी तथा नाफामुखी बन्दै गएका छन् । महिलाले सञ्चालन गरेका सहकारीका कारण अन्य स्थानीय महिलाले पनि गाउँमै रोजगारीसमेत पाएको घोराही उपमहानगरपालिका–१८ फुर्सेखालीस्थित एकता महिला बहुउद्देश्य सहकारी संस्थाका अध्यक्ष रेबा अधिकारीले बताईन् । यो…
ओखलढुंगामा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु
आर्थिक परिवेश संवाददाताओखलढुंगा ।ओखलढुंगामा बोलेरो दुर्घटना हसँदा दुईजनाको मृत्यु भएको छ । चिशैखुगढी गाउँपालिकाको दियालेबाट ओखलढुंगा सदरमुकाम जादै गरेको जीप दुर्घटना भएको हो । दुर्घटनामा २ जना को मृत्यु भएको छ भने ७ जनाको अवस्था गम्भीर रहेको बताइएको छ । दुर्घटनाको थप विवरण आउन बाँकी रहेको छ ।
ताप्लेजुङकाे फक्ताङलुङमा शल्यक्रियासहितको निःशुल्क आँखा शिविर
आर्थिक परिवेश संवाददाताताप्लेजुङ। विश्वप्रसिद्ध पुरस्कार ग्रहण गरेपछि आफ्नै गाउँमा पुगेर वरिष्ठ नेत्र चिकित्सक सन्दुक रुइतले शल्यक्रियासहितको आँखा शिविर सुरु गरेका छन् । शनिबार आफ्नै जन्म गाउँ ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा ७ ओलाङचुंगोला आँखा शिविर सुरु गरेका हुन् । उनको नेतृत्वमा रहेको चिकित्सक तथा आँखा प्राविधिकहरूको टोलीले शनिवार र आइतबार फक्ताङलुङ गाउँपालिकाको केन्द्र तापेथोकमा शल्यक्रिया सहितको आँखा शिविर सञ्चालन गर्ने छ। यस अभियानका एक अभियन्ता मिङ्माडण्डु शेर्पाका अनुसार प्रतिष्ठित ईसा अवार्ड प्राप्त गरेपछि उनी शल्यक्रिया सहितको निःशुल्क आँखा शिविर कार्यक्रम लिएर पूर्वी नेपाल छिरेका छन्। यो शिविर अघि उनले तेह्रथुम जिल्लाका विभिन्न स्थानमा निःशुल्क आँखा शिविर सञ्चालन गरेका थिए।
रामेछापका अग्नि पिडित हायूलाई आर्थिक सहयोग
आर्थिक परिवेश संवाददातारामेछाप । रामेछाप काठमाडौं सृजनशिल समाज र रामेछापका युवाहरुको समूह सहयोगी मनहरुको सहकार्यमा अग्नि पिडितलाई आर्थिक सहयोग उपलब्ध गराएका छन् । रामेछाप नगरपालिका ८ निवासी ग्नि पिडितलाई जित बहादुर हायुलाई आर्थिक सहयोग उपलब्ध गराएको हो । उनको घरमा फागुन ४ गते आगोलागि भएर घर तथा गोठ पुर्णरुपमा क्षति पुगेको थियो । आगोलागिबाट क्षति पुगेको घरगोठ जलेर नष्ट भएको र हायुको आर्थिक अवस्था समेत कमजोर भएको कारण उक्त युवा समुहले आर्थिक सहयोग जुटाउन पहल गरेको थिए । युवाहरुको पहलमा विभिन्न पेशा व्यवसाय गर्ने तथा संघ संस्थामा आबद्ध रहेका दाताहरुसँग ५० हजार ५ सय ५४ रुपैया रकम संकलन गरि शनिबार हायूलाई उपलब्ध…
पहिचानको आन्दोलन जारी रहन्छ: मन्त्री मोदी
आर्थिक परिवेश संवाददाताझापा । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमन लाल मोदीले पहिचानको आन्दोलन जारी रहने बताएका छन् । झापाको कन्काई नगरपालिका वडा नं= ९ मा राजवंशी समाज विकास समितिद्धारा आयोजित राजवंशी धर्म संस्कार प्रथम राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्ने क्रममा मन्त्री मोदीले यस्तो बताएका हुन् । मन्त्री मोदीले आफू सम्बद्ध पार्टी माओवादी केन्द्रले नै पहिचानको मुद्दा उठाएको स्मरण गर्दै प्राप्त हुन बाँकी उपलब्धिका लागि संघर्ष जारी रहने बताए । “एमाले कांग्रेसले यो देशमा गणतन्त्र आउनै सक्दैन भन्थे, आज हामी संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा छौँ” मन्त्री मोदीले भने, “कुनै न कुनै बेला संघर्षको प्रतिफल प्राप्त हुन्छ, ढिला हुन सक्ला तर पहिचानको आन्दोलनले…

