आहारा नपाउँदा रूखका बोक्रा खाँदै छाडा चौपाया
झलनाथ खनालभजनी । सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुरमा छाडा चौपाया व्यवस्थापन चुनौतिपूर्ण बन्दै गएको छ । आहारा अभाव हुँदा छाडा चौपाया रुखका बोक्रा खाएर बाँचेका छन् । छाडा छोडिएका चौपाया व्यवस्थापनका लागि दुवै जिल्लाका स्थानीय तहले लाखौँ रुपैयाँ खर्च गरेका छन् । खर्च गर्ने क्रम बर्सेनी बढ्दै गएको छ । तर छाडा चौपायको समस्या भने उस्तै छ । कतिपय स्थानीय तहले छाडा चौपाया व्यवस्थापनका लागि गरेको लगानी हिनामिना भएको पाइएको छ । यसरी हिनामिना गर्ने व्यक्ति तथा सम्बन्धित निकायलाई कारवाही हुन सकेको छैन । छाडा चौपायाबाट सबैभन्दा बढी चिन्तित किसान स्वयम छन् । उनीहरुले लगाएको अन्न बाली छाडा चौपायाले सखाप पार्ने…
बारा र पर्सामा छुट्टा छुट्टै दुर्घटनामा तीन जनाको मृत्यु
आर्थिक परिवेश संवाददातावीरगन्ज । बारा र पर्सामा भएका छुट्टा छुट्टै मोटरसाइकल दुर्घटनामा एक भारतीय सहित तीन जनाको मृत्यु भएको छ। बाराको कलैया उपमहानगरपालिका-१४ हनुमान मन्दिरस्थित सडकमा ना २ प ९७०५ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री कलैया-९ रामपुरका ३५ वर्षीय रहिम अन्सारीको मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएका अन्सारीको वीरगन्जस्थित वीरगन्ज हेल्थकेयर हस्पिटलमा उपचारका क्रममा शनिबार दिउँसो मृत्यु भएको बाराका प्रहरी उपरिक्षक होविन्द्र बोगटीले जानकारी दिए । ठक्कर दिने मोटरसाइकल चालक कलैया १४ का २५ वर्षीय सागर चौधरीलार्ई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको बोगटीले बताए । यस्तै बाराकै सुवर्ण गाउँपालिका-६ धरमपुरमा फागुन १५ गते भएको मोटरसाइकल दुर्घटनामा घाइते भएका भारतीय नागरिकको…
होलीलाई लक्षित गरेर धनुषामा ५६० जना प्रहरी परिचालन
आर्थिक परिवेश संवाददाताधनुषा । होलीलाई लक्षित गरेर धनुषा जिल्लामा ५६० जना प्रहरी परिचालन गरिने भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाबाट ४८७ र प्रदेश प्रहरी कार्यालयबाट ७३ जना गरी कूल ५६० जना प्रहरी परिचालन गरिने भएको हो । विशेष सुरक्षा योजना बनाएर सो संख्यामा प्रहरी परिचालन गरिने धनुषाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिए । उनले होली पर्वलाई व्यवस्थित, मर्यादित र कुनै अप्रिय घटना हुन नदिन उक्त संख्यामा प्रहरी परिचालन गर्न लागिएको बताए । होलीमा जिल्लाको शान्ति सुरक्षामा कुनै कमी आउन नदिन प्रहरी कर्मचारीलाई उच्च सतर्कतामा राखिएको उनले जानकारी दिए । उच्छृङ्खल गतिविधि गर्ने, इच्छाविपरीत लोला हान्ने, रङ दल्नेमाथि निगरानी…
माओवादी कांग्रेसको ढोक्सामा परेको हैन्: महरा
आर्थिक परिवेश संवाददाताकाठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महराले माओवादी नेपाली कांग्रेसको ढोक्सामा परेको नभई संविधान र गणतन्त्रको रक्षा गर्दै शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्न सहकार्य गरेको बताएका छन् । उदयपुरको कटारीमा आजदेखि सुरु भएको एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन, कोशी प्रदेशको दोस्रो सम्मेलनका क्रममा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उपाध्यक्ष महराले आठ दलका साझा उम्मेदवार रामचन्द्र पौडेल राष्ट्रपतिमा जित्ने बताए । राष्ट्रपतिको दायित्व नै संविधान तथा गणतन्त्रको रक्षा एवं शान्ति प्रक्रियाको काम पुरा गर्नु भएकाले हामीले यो समीकरण बनाइएको उनको भनाइ छ ।
एक लाख ५० हजार जनालाई एक रुपैयाँको चिया
आर्थिक परिवेश संवाददाताझापा । बिर्तामोडमा सञ्चालित ‘बिर्तामोड अन्तरष्ट्रिय औद्योगिक महोत्सव’मा एक लाख ५० हजार कप चिया विक्री भएको छ । झण्डै साढे सात लाख रुपैयाँ खर्चेर आएका अगन्तुकलाई मेजमान नामक चिया प्रदान गरिएको हो । नेपाली चियालाई अन्तराष्ट्रिय वजारमा चिनाउने उद्देश्य सहित स्थानीय व्यवसायी चक्र कार्की र नरेश सापकोटाले महोत्सव अवधिभर एक रुपैयाँमा चिया उपलब्ध गराएका थिए । एक रुपैयाँमा चिया उपलब्ध गराएसंगै महोत्सव अवलोकनकर्ताले चियाको प्रशंसा गरेका गरेका थिए । जसमा एक लाख ५० हजार रुपैयाँ चिया बिक्रीबट संकलन भएको बताइएको छ । सीता चिया तथा घरेलु मसला उद्योगले अग्र्यानिक र विना मिसावटको शुद्ध चिया उपलब्ध गराएसँगै महोत्सवमा आएका अवलोकनकर्ताले चियाको…

