अन्तर्वार्ताः संविधान र लोकतन्त्रको रक्षा नै मेरो पहिलो कर्तव्य हुन्छ : नेता पौडेल
आर्थिक परिवेश संवाददाता

आठदलीय गठबन्धनका तर्फबाट राष्ट्रपतिका उम्मेदवार बन्नुभएका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जीवनभर लडेर ल्याएको लोकतन्त्र र संविधानको रक्षा एवं परिपालनाको विषयलाई नै आफूले महत्वपूर्ण ठानेको बताएका छन् । यही फागुन २५ गते हुने राष्ट्र प्रमुखको उम्मेदवारीका सन्दर्भमा रासससँग कुराकानी गर्दै उहाँले आफू प्रजातन्त्रका लागि छ दशकदेखि लड्दै आएकाले वर्तमान संविधान र लोकतन्त्रको रक्षा नै पहिलो कर्तव्य र जिम्मेवारी हुने उल्लेख गरे । पूर्वसभामुख समेत रहेकाे पौडेलले भने, “संविधान र लोकतन्त्रसहित परिवर्तनका उपलब्धिको रक्षा गर्ने सन्दर्भमा राष्ट्रपतिको महत्वपूर्ण भूमिका हुन्छ । राष्ट्रपतिको उम्मेदवारीका लागि भएका छलफलमा सबै दल र साथीहरूको सहमतिपछि म उम्मेदवार भएँ, जनताले अपेक्षा गरेअनुसारको यदि मैले आचरण…

प्रशासकहरु भित्र दबिएको विज्ञता
कुमार दाहाल

संजय बारूद्वारा लिखित पुस्तक “The accidential prime minister ” मा भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको आकर्षक व्यक्तित्व र राजनीति, कर्मचारीतन्त्रले उनलाई गरेको तटस्थ र प्रतिबद्ध सहयोगकाे यथार्थ चित्रण गरिएको छ । प्रधानमन्त्री मनमोहन सिंहका प्रेस सल्लाहकार हुन संजय बारू। पुस्तकले अन्य बिज्ञ सल्लाहकारको भुमिका, प्रतिपक्ष दलहरूको सोच र व्यवहारले पहिले देश, अनि मात्र नीति र राजनीतिक दल भन्ने विषय यथार्थमा भारतको उच्च राजनीतिक सोचलाई चित्रण गर्छ । प्रधानमन्त्री मनमोहन सिंहको सत्यनिष्ठा बुझ्ने कर्मचारितन्त्र आलोचनात्मक पनि छ। तर राजनीतिसँगकाे सम्बन्धमा कहिँकतै स्वार्थ देखिँदैन। राजनीतिसँग सोच हुन्छ। तथ्य कर्मचारीसँग । तथ्यले सोचलाई विश्लेषणात्मक बनाउँछ र रणनीतिक नतिजा ल्याउँछ। राजनीति र कर्मचारीको असल सम्बन्ध…

बिदेशी मुद्राको लाटो कुरो
आर्थिक परिवेश संवाददाता

हामीले बजारबाट नेपाली रुपियाँ तिरेर किनिरहेका अधिकांश वस्तुहरु बिदेशी मुद्रा तिरेर आयात गरिएको हो । चामल, दाल, नून, तेल, खुर्सानी, जिरा, मरिच, साइकल, मोटरसाइकल, कार, हवाइजहाज, रेड लेभल, ब्ल्याक लेभल, ब्लु लेभल, मोबाइल, घडी, क्यामेरा, कम्प्युटर, सुन, चाँदी, हिरा जवाहरात आदि कुरा बिदेशी मुद्रा तिरेर आयात गरिएको हुन्छ । तर देशमा भित्रिने बिदेशी मुद्राको स्रोत सिमित छ । यसको मुख्य स्रोत भनेको हाम्रा युवा युवतीहरुले खाडिको पचपन्न डिग्री सेल्सियस को तातो बालुवामा पाइताला पोलेर कमाएर स्वदेशमा पठाएको बिदेशी मुद्रा नै ‌प्रमुख हो । देश श्रीलङ्का वा पाकिस्तान जस्तो बन्ने भनेको यस्तो बहुमूल्य बिदेशी मुद्रा खर्च गर्दा जनताले बिचार नपुर्याउनाले र…

लोकप्रिय बन्न सस्ता, मिठा कुरा नगर्न व्यवसायीलाई वरिष्ठ उपाध्यक्ष ढकालको आग्रह
आर्थिक परिवेश संवाददाता

काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले व्यवसायीहरु माझ लोकप्रिय बन्नका लागि सस्ता र मिठा कुरा नगर्न व्यवसायीहरूलाइ आग्रह गरेका छन् । शुक्रबार सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीको ६४औँ वार्षिक साधारण सभा तथा अधिवेशनलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले निजी क्षेत्रका नेतृत्वमा रहेका व्यक्तिले व्यवसायीहरु माझ लोकप्रिय बन्ने होडबाजीमा सस्ता मिठा कुरा नगरी जिम्मेबार भएर कुरा उठाउन पनि आग्रह गरेका हुन् । निजी क्षेत्रको नेतृत्वमा रहेका व्यक्तिहरुले सस्तो लोकप्रियताका लागि व्यवसायीहरु माझ गैर जिम्मेबार भई जथाभावी बोल्नु नहुने बताउँदै उनले पपुलर हुनकै लागि बैंकको ऋण र व्याज तिर्दिन भन्ने कुरा गर्नु गलत भएको बताए…

मस्तिष्क मृत्यु भएका व्यक्तिबाट एकै पटक तीन जनामा अङ्ग प्रत्यारोपण
आर्थिक परिवेश संवाददाता

काठमाडौं । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा मस्तिष्क मृत्यु भएका व्यक्तिबाट एकै पटक तीन जनामा अङ्ग प्रत्यारोपण गरिएको छ।  नेपालमा पहिलो पटक एक जना मस्तिष्क मृत्यु भएका व्यक्तिबाट दुई वटा मिर्गौला र एउटा कलेजो गरी तीन वटा अङ्ग प्रत्यारोपण गरिएको हो । भक्तपुरको एक अस्तपालमा मस्तिष्क मृत्यु भएका व्यक्तिको केन्द्रमा शल्यक्रिया गरेर मिर्गौला र कलेजो प्रत्यारोपण गरिएको केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले बताए । केन्द्रमा शुक्रबार आयोजीत पत्रकार सम्मेलनमा मस्तिष्क मृत्यु भएका व्यक्तिको फागुन १६ गते रुपन्देही मायादेवी गाउँपालिका–४ का ४७ वर्षीय पुरुष र सिराहाको सिराहा नगरपालिका–१ का ३५ वर्षीय पुरुषमा मिर्गौला प्रत्यारोपण तथा ललितपुर महानगरपालिका–२५ का ६८ वर्षीय पुरुषको…