एक लाख ५० हजार जनालाई एक रुपैयाँको चिया

निकासखबर संवाददाता

झापा । बिर्तामोडमा सञ्चालित ‘बिर्तामोड अन्तरष्ट्रिय औद्योगिक महोत्सव’मा एक लाख ५० हजार कप चिया विक्री भएको छ । झण्डै साढे सात लाख रुपैयाँ खर्चेर आएका अगन्तुकलाई मेजमान नामक चिया प्रदान गरिएको हो ।

नेपाली चियालाई अन्तराष्ट्रिय वजारमा चिनाउने उद्देश्य सहित स्थानीय व्यवसायी चक्र कार्की र नरेश सापकोटाले महोत्सव अवधिभर एक रुपैयाँमा चिया उपलब्ध गराएका थिए । एक रुपैयाँमा चिया उपलब्ध गराएसंगै महोत्सव अवलोकनकर्ताले चियाको प्रशंसा गरेका गरेका थिए । जसमा एक लाख ५० हजार रुपैयाँ चिया बिक्रीबट संकलन भएको बताइएको छ ।

सीता चिया तथा घरेलु मसला उद्योगले अग्र्यानिक र विना मिसावटको शुद्ध चिया उपलब्ध गराएसँगै महोत्सवमा आएका अवलोकनकर्ताले चियाको गुणस्तरको समेत तारिफ गरेका थिए । ‘रंग छिटो खाँदा मिठो’ भन्ने नारा सहित आएका अबलोकनकर्तालाई मेजमान चिया प्रदान गरिएको थियो ।

महोत्सव अवधिभर एक रुपैयाँमा चिया उपलब्ध गराएपछि बिर्तामोड उद्योग वाणिज्य संघका पदाधिकारी र महोत्सव मूल आयोजक समितिले समेत मेजमान चियाको प्रशंसा मात्रै गर्दै व्यवसाय प्रवद्र्धनका लागि खेलेको भूमिकाको उच्च मूल्याङ्कग गरिएको जनाए ।

यसैबीच अर्जुनधारा नगरपालिका वडा नम्वर ६ का वडा अध्यक्ष हरिशचन्द्र वास्तोलाले आफ्नो वडामा सञ्चालित उद्योग र उद्योग सञ्चालकले नमूना काम गरेको भन्दै कदर पत्रद्वारा सम्मान गरेका छन् । उनले व्यवसाय प्रवद्र्धन र औद्योगिक मेलामा एक रुपैयाँमा चिया उपलब्ध गराएर सह्रानीय काम गरेको भन्दै कदरपत्र प्रदान गरेका हुन् ।

१४ दिनसम्म सञ्चालित महोत्सवमा एक रुपैयाँमा नै चिया उपलब्ध गराएर महोत्सवमा छुट्टै रौनकता प्रदान गरेका व्यवसायीद्वयले नेपाली चिया विश्व वजारमा पु¥याएर आर्थिक रुपान्तरणमा भूमिका खेल्न सकिने सञ्देश दिएका थिए ।

मा प्रकाशित