काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले माओवादीलाई अपराधी नबनाउन चेतावनी दिएका छन्। आइतवार नेपाल प्रज्ञा प्रतिष्ठानमा सहिद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेसनले आयोजना गरेको अन्तरक्रियामा विप्लवले यस्तो गर्न खोजे क्रान्ति रिभाइभ हुने चेतावनी समेत दिए।
‘यो लोक्तन्त्रमा माओवादीलाई अपराधी बनाउन खोजियो, इतिहास दोहोरिन सक्छ हेक्का राखे हुन्छ फेरि माओवादी फर्किन्छ’ विप्लवले भने,‘माओवादीलाई अपराधी भन्नेहरु जनयुद्धमा भेटिएको भए त्यही सिद्धिन्थे। माओवादीलाई अपराधी भन्नेहरुलाई ठेगान लगाउने तागत हामीसँग छ।’
यो व्यवस्थामा सहिदहरुको सम्मान नहुने उनको दाबी रह्यो। ‘दलालहरुको चकचकी भएको सत्तामा सहिदहरुलाई सम्मान भेटिदैँन,ु विप्लवले भने। ‘जसले सम्मान खानुपर्ने उनीहरु अपराधीजस्तो। कठघरामा उभिनुनपर्ने चै सम्मान खाँदै हिँडेको,ु उनले भने।
सहिद परिवारलाई दुःख दिनेलाई तह लगाउन ‘को हो त्यो सिडिओ, को हो त्यो डिएसपी, त्यसलाई एक साइनमा सिध्याउनुपर्दैन ? भने आफूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सुझाव दिएको उनले बताए।