२१ मिनेट छोट्ट्याइएको ‘रङ्गेली’ आजबाट प्रदर्शनमा
आर्थिक परिवेश संवाददाताकाठमाडौं, २८ फागुन । शुक्रबारदेखि रिलिज भएको चलचित्र ‘रङ्गेली’मा केही छोट्याइएको भाग पनि दर्शकले हेर्न पाउने भएका छन् । पुनः सम्पादन गरेर ‘‘रङ्गेली’को लम्बाई घटाइएको छ । आजबाट दर्शकले केही छोट्ट्याइको ‘रङ्गेली’ हेर्न पाउने भएका छन् । यसअघि २ घण्टा ५१ मिनेट लम्बाईसहित हलमा रिलिज भएको यो चलचित्र आजदेखि २ घण्टा ३० मिनेट लम्बाइमा प्रदर्शन हुनेछ । चलचित्रका निर्देशक अर्जुन सुवेदीले दर्शकको चाहना अनुरूप नै चलचित्र लम्बाई घटाइएको बताएका छन् । उनका अनुसार चलचित्र २१ मिनेट घटाइएको छ । ‘रङ्गेली’मा दयाहाङ राई, मिरुना मगर, अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी, रुपेश झा, सुन्दर धिताललगायत कलाकारको प्रमुख भूमिका रहेको छ ।
कान्तिपथ चैत १ देखि डेढ महिना बन्द हुने
आर्थिक परिवेश संवाददाताललितपुर, २८ फागुन । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौंडा पुग्ने कान्तिपथ ४५ दिनका लागि बन्द हुने भएको छ । ललितपुरको काल्चे खण्डको सडक चौडा गर्नका लागि आगामी चैत १ गतेदेखि वैशाख १५ सम्म कान्तिपथ बन्द लागिएको हो । ‘मर्मतसम्भारका लागि काल्चेदेखि बगुवा खण्ड चैत १ गतेदेखि वैशाख १५ गतेसम्म बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म बन्द हुने योजनाका इन्जिनियर रवीन्द्र महर्जनले जानकारी दिए । सो अवधिमा एम्बुलेन्सलगायत अन्य अत्यावश्यक सेवाका यातायातलाई भने सञ्चालन गर्न दिइने भएको छ । विसं २०१३ मा शिलान्यास गरिएको काठमाडौंलाई हेटौंडासँग जोड्ने सडक मार्गको करिब पाँच किलोमिटर भाग अझै…
मेचीनगरको प्लाइउड उद्योगमा आगलागी
आर्थिक परिवेश संवाददाताविराटनगर, २८ फागुन । नेपालकै ठूलो दाबी गरिएको प्लाइउड उद्योगमा आगलागी भएको छ । झापाको मेचीनगर नगरपालिका– १५ ज्यामिरगढीमा अवस्थित भगवती लेमिनेट्स प्रा.लि.मा आज विहानखदेखि आगलागी भएको हो । आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेको प्रहरीले जनाएको छ । आगलागीको कारण खुलेको छैन ।
इटहरी दुर्घटनामा काका भतिजको मृत्यु
आर्थिक परिवेश संवाददातासुनसरी,२६ फागुन । सुनसरीको इटहरी उपमहानगरपालिका–१२ खनार चोकमा शुक्रबार मोटरसाइकललाई ट्रककले ठक्कर दिँदा दुई जनाको ज्यान गएको छ । मृत्यु हुनेहरुमा मोटरसाइकल चालक मोरङको बेलबारी–८ का २३ वर्षीय विपिन दाहाल र उनका भतिज आठ वर्षीय अभि दाहाल रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए । विराटनगरबाट इटहरीतर्फ आउँदै गरेको प्र १–०२–०४१ प ६६१९ नं को मोटरसाइकललाई विपरीत दिशाबाट जाँदै गरेको प्र १–०२–००१ क ४५७८ नं को ट्रकले ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रक चालक इटहरी–२ का ३० वर्षीय प्रदीप कोइरालालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे…
अर्थमन्त्रीमा पुन परराष्ट्रमन्त्रीमा श्रेष्ठ
आर्थिक परिवेश संवाददाताकाठमाडौं, फागुन २३ । नेकपा एमाले(माओवादी केन्द्रसहितको गठबन्धनले केही मन्त्रालयको टुंगो लगाएको छ । जसमा माओवादी उपमहासचिव वर्षमान पुन फेरि एकपल्ट अर्थमन्त्री बन्ने भएका छन् । माओवादीले बुधबार पुनलाई अर्थमन्त्री बनाउने निर्णय गरेको हो । पुन यसअघि पनि अर्थमन्त्री बनेका थिए । त्यस्तै नारायणकाजी श्रेष्ठ परराष्ट्रमन्त्री हुने भएका छन् ।

