रास्वपाले टुंग्यायो ४ मन्त्रीको नाम
आर्थिक परिवेश संवाददाता

काठमाडौं, २३ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी सभापति एवं सांसद रवि लामिछानेको नेतृत्वमा सरकारमा जाने भएको छ । रास्वपाले सरकारमा सहभागी हुने चार जना मन्त्रीको नाम पनि टुंगो लगाइसकेको छ । रास्वपाले गृह मन्त्रालयमा सभापति रवि लामिछाने, श्रममा उपसभापति डीपी अर्याल, युवा तथा खेलकुदमा विराजभक्त श्रेष्ठ र शिक्षामा सुमना श्रेष्ठलाई पठाउने निर्णय गरेको हो । रास्वपाले पार्टीबाट मन्त्री बन्नेहरूको सूची प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाइसकेको छ । सभापति लामिछाने यसअघि पनि उपप्रधान तथा गृहमन्त्री बनेका थिए भने उपसभापति अर्यालले पनि पुरानै मन्त्रालयको जिम्मा पाउने भएका हुन् ।

धादिङ बस दुर्घटना: सात जनाको मृत्यु, ३० जना घाइते
आर्थिक परिवेश संवाददाता

धादिङ, २३ फागुन । धादिङको गजुरी गाउँपालिका–५ घाटबेंसीमा आज भएको बस दुर्घटनामा सात जनाको मृत्यु भएको छ । रुपन्देहीबाट काठमाडौंतर्फ जाँदै गरेको लु२ख २१२१ नम्बरको यात्रुवहाक बस पृथ्वीराजमार्गको गजुरीस्थित दुर्घटना भएको हो । दुर्घटनामा एक जना महिलासहित सात जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । बस सडकबाट त्रिशूली नदीमा खसेको थियो । मृतकको सनाखत हुन बाँकी छ । त्यस्तै घटनामा अन्य ३० जना भन्दा बढी घाइते भएको प्रहरीले जनाएको छ । उनीहरुलाई उपचारका लागि काठमडौं पठाइएको छ । बस चालक रुपन्देही लुम्बिनी संस्कृति नगरपालिका –९ का ३८ वर्षीय हरिराम हरिजनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको १ लाख २३ हजार
आर्थिक परिवेश संवाददाता

काठमाडौं, २२ फागुन । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै नयाँ रेकर्ड कायम भएको । आइतबार दुई हजार रुपैयाँले बढेर प्रतितोला १ लाख २१ हजार रुपैयाँ कारोबार भएको सुनको मूल्य सोमबार स्थिर रह्यो भने मंगलबार पुनः २ हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला १ लाख २३ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख२२ हजार चार सय ५० रूपैयाँमा कारोबार भइरहेको छ। त्यसैगरी मंगलबार चाँदी तोलामा १ हजार ४४५ रुपैयाँमा कारोबार भइरहेको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा…

कर्णाली सरकारबाट बाहिरियो कांग्रेस
आर्थिक परिवेश संवाददाता

सुर्खेत, २२ फागुन । कर्णाली प्रदेश सरकारबाट नेपाली कांग्रेस बाहिरिएको छ । केन्द्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन फेरेपछि प्रदेश सरकारमा नेपाली कांग्रेसबाट सहभागी रहेका तीन मन्त्रीले राजीनामा दिएका हुन् । ८ सदस्यीय मन्त्रिपरिषद्मा कांग्रेसबाट मन्त्री बनेका सबै तीन जना मन्त्रीले राजीनामा दिंदै सरकारबाट बाहिरिएको जानकारी गराएका हुन् । अर्थमन्त्री बेदराज सिंह, सामाजिक विकासमन्त्री खड्गबहादुर पोख्रेल र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री कृष्णकुमार बिसीले राजीनामा दिएका छन् । उनीहरू गत वैशाखमा मात्रै मन्त्री बनेका थिए ।

सुदूरपश्चिममा माओवादीका मन्त्री बर्खास्त
आर्थिक परिवेश संवाददाता

धनगढी, २२ फागुन । केन्द्रमा कांग्रेस–माओवादीको गठबन्धन भंग भएर एमालेसहितको नयाँ गठबन्धन बनेपछि प्रदेशमा पनि त्यसको प्रत्यक्ष असर देखिएका छन् । प्रदेशमा माओवादीबाट मन्त्री बनेकाहरुलाई भटाभट बर्खास्त गरिएको छ । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले नेकपा माओवादी केन्द्रबाट सरकारमा सहभागी दुई जना मन्त्री र एक राज्यमन्त्रीलाई बर्खास्त गरेका छन् । बर्खास्त हुनेमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रमेश धामी, सामाजिक विकास मन्त्री झपट साउँद र उद्योग राज्यमन्त्री गीतादेवी माल रहेका छन् । सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसका १८, माओवादी केन्द्रका ११, एमालेका १०, नाउपाका ७, नेकपा (एकीकृत समाजवादी) का ४, राप्रपा एक र स्वतन्त्र एक जना सांसद छन् भने एउटा सिट…