रुसी सेनामा भर्ती भएका थप सात नेपालीको मृत्यु
आर्थिक परिवेश संवाददाताकाठमाडौं, १ चैत । रुसी सेनामा गैरकानुनी रुपमा भर्ती भएर युक्रेनसँगको युद्धमा थप ७ जना नेपालीको मृत्यु भएको छ । परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै सो जानकारी दिएको हो । मृत्यु हुनेमा धादिङका पूर्णबहादुर गुरुङ, जाजरकोटका नवीन शाही, उदयपुरका पदमबहादुर घिमिरे, झापाका गंगाराम अधिकारी, बाग्लुङका जितबहादुर विक, बाँकेका सञ्जय केसी र रसुवाका सुन्दर मोक्तान रहेका छन् । सरकारले रुसी सेनामा भर्ना भएका नेपाली नागरिकहरुलाई नेपाल फिर्ता गराउन नेपाल सरकारले उच्च प्राथमिकताका साथ कूटनीतिक प्रयास जारी राखेको पनि विज्ञप्तिमा जनाएको छ । सरकारले यसअघि रुसी सेनामा रहेका १४ जनाको मृत्यु भएको जानकारी दिएको थियो । यससँगै रुस–युक्रेन युद्धमा मर्ने नेपालीको…
राष्ट्रपतिबाट तीन प्रदेश प्रमुख पदमुक्त
आर्थिक परिवेश संवाददाताकाठमाडौँ, ३० फागुन । राष्ट्रपति रामचन्द्र पौडेलले तीन प्रदेश प्रमुखलाई पदमुक्त गरेका छन् । सरकारको सिफारिसमा मधेस प्रदेश प्रमुख हरिशंकर मिश्र, गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ र सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीलाई राष्ट्रपति पौडेलले पदमुक्त गरेका हुन् । नेपालको संविधानको धारा १६५ को उपधारा १ को खण्ड ९ख० बमोजिम तीन प्रदेश प्रमुखलाई राष्ट्रपतिले पदमुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । फागुन २८ गते बसेको मन्त्रिपरिषदको बैठकलेलाई उनीहरुलाई पदमुक्त गर्ने निर्णय गरेको थियो । सरकारको सोही निर्णयलाई सदर गर्दै तीन प्रदेश प्रमुख पदमुक्त भएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले पाए तेस्रो पटक विश्वासको मत
आर्थिक परिवेश संवाददाताकाठमाडौं, ३० फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेस्रो पटक विश्वासको मत प्राप्त गरेका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा विश्वासको मतका लागि भएको मतदानका क्रममा उनले तेस्रो पटक विश्वासको मत प्राप्त गरेका छन । प्रतिनिधिसभामा उपस्थित २ सय ६८ मध्ये प्रधानमन्त्रीको विश्वासको पक्षमा १५७ मत, विपक्षमा ११० मत परेको थियो । एक मत दिन्न भन्नेमा परेको सभामुख देवराज घिमिरेले बताए । मतदान प्रक्रियामा २६८ सांसदको उपस्थित थियो। प्रधानमन्त्रीलाई विश्वासका लागि १३८ सांसदको मत आवश्यक थियो । सभामुख घिमिरेले प्रधानमन्त्रीको पक्षमा परेको विश्वासको मत तत्काल सदनमा कायम संख्याको बहुमत भएकाले विश्वासको प्रस्ताव बहुमतले पारित भएको घोषणा गरे । प्रधानमन्त्रीलाई एमाले, माओवादी,…
क्यान्सरका बिरामीलाई यती एयरलाइन्सकाे निःशुल्क टिकट
आर्थिक परिवेश संवाददाताकाठमाडौं, २८ फागुन । क्यान्सरका बिरामीलाई यती एयरलाइन्सले निःशुल्क हवाई टिकट प्रदान गर्ने भएको छ । उपचारका निम्ति विराट मेडिकल कलेज टिचिङ हस्पिटल (विराट क्यान्सर इन्स्टिच्युट)मा जाने क्यान्सरका बिरामीलाई यतीले निःशुल्क हवाई टिकट प्रदान गर्ने भएको हो । नेपालभरका क्यान्सरका बिरामीलाई हवाई टिकट निःशुल्क उपलब्ध गराउने गरी यती एयरलाइन्स र विराट क्यान्सर इन्स्टिच्युटबीच सम्झौता भएको छ । क्यान्सरका बिरामीलाई सहयोग गर्ने उद्देश्यले यो सुविधा ल्याइएको यतीका चिफ बिजनेस अफिसर युवराज विष्टले जानकारी दिए । निःशुल्क टिकट लिन बिरामीले आवश्यक कागजातसहित विराट क्यान्सर इन्स्टिच्युटमा सम्पर्क गर्नुपर्नेछ ।
राष्ट्रियसभा अध्यक्षको निर्वाचनका लागि आज उमेदवारी दर्ता
आर्थिक परिवेश संवाददाताकाठमाडौं, २८ फागुन । राष्ट्रियसभा अध्यक्षको निर्वाचनअन्तर्गत आज उमेदवारी दर्ता गरिएको भएको छ । संघीय संसद् सचिवालयले फागुन २९ गते (भोलि)का लागि निर्वाचनको तालिका सार्वजनिक गरेको छ । सार्वजनिक तालिकाअनुसार आज बिहान ११ बजे देखि १ दिउँसो बजेसम्मका लागि उमेदवारी दर्ताको समय निर्धारण गरिएको छ । साढे १ बजे उमेदवारको नामावली प्रकाशित गरिनेछ भने मंगलबार बिहान ११ः०९ बजे बस्ने बैठकमा अध्यक्ष चयन प्रक्रिया अघि बढाइने कार्यतालिका छ ।

