राष्ट्रियसभा अध्यक्षको निर्वाचनका लागि आज उमेदवारी दर्ता

निकासखबर संवाददाता

काठमाडौं, २८ फागुन । राष्ट्रियसभा अध्यक्षको निर्वाचनअन्तर्गत आज उमेदवारी दर्ता गरिएको भएको छ ।

संघीय संसद् सचिवालयले फागुन २९ गते (भोलि)का लागि निर्वाचनको तालिका सार्वजनिक गरेको छ । सार्वजनिक तालिकाअनुसार आज बिहान ११ बजे देखि १ दिउँसो बजेसम्मका लागि उमेदवारी दर्ताको समय निर्धारण गरिएको छ ।

साढे १ बजे उमेदवारको नामावली प्रकाशित गरिनेछ भने मंगलबार बिहान ११ः०९ बजे बस्ने बैठकमा अध्यक्ष चयन प्रक्रिया अघि बढाइने कार्यतालिका छ ।

मा प्रकाशित